आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनी सेनाले रुसी सहरमा आक्रमण थाल्यो, रुसको हतियार डिपो ध्वस्त

प्रकाशित
2.8K
SHARES

काठमाडौं। मंगलबार रातभर रुसका तीन प्रान्तमा विस्फोटनहरु लगातार भएको आवाज सुनिएको थियो। सो क्रममा रुसको बेलगोरोड प्रान्तमा रहेको एक हतियार डिपो आगलागीका कारण बुधबार बिहानै नष्ट भएको रोयटर्सले जनाएको छ।

त्यहाँका क्षेत्रीय गभर्नर भ्याचेसलाभ ग्लादकोभले स्टाराया नेलीदोभ्को गाउँमा रहेको हतियार भण्डार नष्ट भएको पुष्टि गरेका छन्। यद्यपी घाइते भने कोही नभएको जनाइएको छ।

युक्रेनको जुहान्स्क नजिकै सो क्षेत्र पर्दछ। युक्रेनी सेनाले आफ्नो क्षेत्रबाट क्षेप्यास्त्रहरु हानेको आशंका गरिएको छ। यसअघि पनि युक्रेनी सेनाले रुसका आधा दर्जन तेल भण्डार आक्रमण गरी नष्ट गरिदिएको थियो।

सो क्षेत्र वरपर युक्रेनी सेना र रुसी सेनाबीच गोलाबारी पनि हुँदै आएको छ।रुसले एउटा नयाँ र शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफल परीक्षण गरेको छ।

युक्रेनमा सैन्य कारवाही सुरु गरेको दुई महिना पुग्नैलाग्दा रुसले नयाँ आणविक क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरेको हो। रुसी अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले एकै पटक १० भन्दा धेरै परमाणु ब म बोकेर मार हान्न सक्छ।

यसले १० हजार किलोमिटरसम्म मार हान्न सक्ने बताइएको छ। क्षेप्यास्त्र उत्तरपश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो भने करिब ६००० किलोमिटर टाढा खसेको थियो। यसले अमेरिकाका जुनसुकै शहरमा पनि आणविक हमला गर्न सक्ने बताइएको छ।

यसले १८ हजार टाढासम्म मार हान्न सक्छ। क्षेप्यास्त्रको सफल परीक्षणपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसविरुद्ध लाग्नेहरुले आफ्नो बारेमा दुई पटक सोचेर मात्रै लाग्न चेतावनी दिएका छन्।

शत्रुहरुले रुसविरुद्ध लाग्नुभन्दा पहिले अब दुई पटक सोच्नुपर्ने हुन्छ पुटिनले भने। पुटिनले यस्तो क्षेप्यास्त्र कुनै पनि देशसँग नभएको बताउँदै विश्वमै पहिलो पटक परीक्षण गरिएको बताए।

उनले क्षेप्यास्त्रद्वारा एकैपटकमा १० वा सोभन्दा धेरै परमाणु ब म प्रहार गर्न सकिने बताए। उनका अनुसार उक्त क्षेप्यास्त्र एन्टी मिसाइल रहेकोले अन्य हतियार वा मिसाइलले त्यसमा कुनै क्षति गर्न सक्दैन।

याे मिसाइल १६ हजार किलाेमिटर प्रतिघण्टा र ध्वानीभन्दा १० गुणा बढी मार हान्न सक्छ। अमेरिका सहित पश्चिमा देशहरुले रुसविरुद्ध युक्रेनलाई हतियार दिइरहेको बेला रुसले कसैसँग नभएको क्षेप्यास्त्र सफल परीक्षणलाई अर्थपूर्ण हेरिएको छ।

रुसले युक्रेनका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ। तर, पश्चिमा देशहरुले हतियार सहयोग गरेका कारण ठूलो मानवीय क्षति हुने भन्दै रुसले घेराबन्दी गर्दै युक्रेनी जस्थालाई गलाउँदै लगेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ