आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ककपिटमा पाइलटले चुरोट सेवन गर्दा इजिप्ट एअर दुर्घटनाग्रस्त, ६६ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित
834
SHARES

काठमाडौं। सन् २०१६ अर्थात् ६ वर्ष अगाडि मे १९ का दिन इजिप्ट एअरको फ्लाइट ८०४ विमान दुर्घटनाग्रस्त बनेको थियो।

फ्रान्सको पेरिस चार्ल्स डि गाउले विमानस्थलबाट उडेको विमान काइरो अन्तर्राष्ट्रिय एअरपोर्टमा अवतरण गर्नुपर्ने थियो तर विमानमा आगो लागेपछि त्यो भूमध्य सागरमा खसेर दुर्घटनाग्रस्त बन्यो।

विमानमा सवार सबै ६६ जनाको ज्यान गएको थियो। विमानमा ५६ यात्रु, ३ सुरक्षाकर्मी र ७ चालक दलका सदस्य थिए। यतिबेला विमान दुर्घटनामा पर्नुको कारणबारे अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ।

न्युयोर्क पोस्टकाअनुसार विमानका पाइलटले ककपिटमै चुरोट सेवन गर्दा चुरोटको आगोका कारण विमानमा आगलागी भएको थियो।अनुसन्धानअनुसार विमानको इमरजेन्सी मास्कको अक्सिजन लिक भएको थियो।

त्यसबारे थाहा नपाएका पाइलटले चुरोट सेवन गरेपछि विमानमा आगलागी भएको थियो। रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ। यस युद्धका क्रममा १५ हजारभन्दा बढी रुसी सेना मारिएको अमेरिकी भनाइ छ।

युक्रेनको भने ७ हजार सेनाको ज्यान गएको बताइएको छ। पश्चिमा राष्ट्रहरुले अत्याधुनिक हतियार सहयोग गरिरहँदा युक्रेनले रुसको बेजोडका साथ प्रतिकार गरिरहेको छ।

यसबीचमा हालै युक्रेनी सेनाको आक्रमणमा रुसको एक युद्धक विमान सुखोइ एसयू–३४ विमान नष्ट भएको छ। सो क्रममा रुसी सेनाका दुई पाइलटको भने ज्यान जोगिएको छ।

उनीहरु विमानमा आक्रमण हुनासाथ आकाशमा प्यारासुट खोलेर भाग्न सफल भएका थिए। यस्तै युक्रेनी सेना दोस्रोपटक पनि रुसी भूमिमा पुगेर आक्रमण गर्न सफल भएका छन्।

हालै रुसको दुईवटा तेल भण्डारमा युक्रेनी सेनाले आक्रमण गरिदिएको हो। यसअघि महिना दिन अगाडि पनि युक्रेनले यस्तै प्रकृतिको आक्रमण गरेको थियो।

मंगलबार रातभर रुसका तीन प्रान्तमा विस्फोटनहरु लगातार भएको आवाज सुनिएको थियो। सो क्रममा रुसको बेलगोरोड प्रान्तमा रहेको एक हतियार डिपो आगलागीका कारण बुधबार बिहानै नष्ट भएको रोयटर्सले जनाएको छ।

त्यहाँका क्षेत्रीय गभर्नर भ्याचेसलाभ ग्लादकोभले स्टाराया नेलीदोभ्को गाउँमा रहेको हतियार भण्डार नष्ट भएको पुष्टि गरेका छन्। यद्यपी घाइते भने कोही नभएको जनाइएको छ।

युक्रेनको जुहान्स्क नजिकै सो क्षेत्र पर्दछ। युक्रेनी सेनाले आफ्नो क्षेत्रबाट क्षेप्यास्त्रहरु हानेको आशंका गरिएको छ। यसअघि पनि युक्रेनी सेनाले रुसका आधा दर्जन तेल भण्डार आक्रमण गरी नष्ट गरिदिएको थियो।

सो क्षेत्र वरपर युक्रेनी सेना र रुसी सेनाबीच गोलाबारी पनि हुँदै आएको छ। त्यस्तै,पाकिस्तानको कराँची विश्वविद्यालयमा मंगलबार बम विस्फोटन हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो।

बीबीसीका अनुसार उक्त बम विस्फोटन विश्वविद्यालयको विदेशी संकायबाट कन्फ्युसियस सेन्टरमा जाँदै गरेको भ्यानमा भएको हो।उक्त विस्फोटनमा सेन्टरका नवनियुक्त निर्देशक, दुई शिक्षक र एक चालकको मृत्यु भएको छ।

चालकबाहेक सबै चिनियाँ नागरिक हुन्। यो आक्रमण चिनियाँ नागरिकमाथि लक्षित गरेर भएको नियोजित आक्रमण भएको आशंका गरिएको छ। यसअघि पनि चिनियाँ इन्जिनियरलाई लक्षित गरेर पाकिस्तानमा आक्रमण भएको थियो।

गतववर्ष कोहिस्तान क्षेत्रमा गुडिरहेको बसमा बम आक्रमण हुँदा ९ चिनियाँ इन्जिनियरसहित १३ जनाको मृत्यु भएको थियो। यो घटनापछि चीन रुष्ट बनेको छ।

चीनले पाकिस्तानमा चिनियाँ नागरिक लक्षित आक्रमण भइरहँदा त्यहाँको सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै दोषीलाई पत्ता लगाएर तत्काल कडा कारवाही गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ