आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनमा अमेरिकी नागरिकलाई दिइयो मृत्युदण्ड, यस्तो छ कसुर

प्रकाशित
1.5K
SHARES

बेइजिङ। चीनको एक अदालतले एकजना २१ वर्षिया युवतीको सुनियोजित ढंगले हत्या गरेको अभियोगमा अमेरिकी नागरिक सादिद अब्दुलमाटिनलाई मृत्युदण्डको सजाय सुनाएको छ।

चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीकाअनुसार चेन नामक ती चिनियाँ युवती उनकी प्रेमिका हुन्। झेजियाङ प्रान्तस्थित निन्गवो मध्यवर्ती जन अदालतले निर्णय सुनाउने क्रममा भनेको छ।

सन् २०१९ को जुनमा ती दुईबीच ब्रेक –अप भएको र निन्गवोस्थित एउटा बस स्टपमा कुरा गर्न भनी बोलाएर अभियुक्तले चेनको ’फोल्डिङ नाइफ’बाट ह’त्या गरेको हो।

बदला लिने हिसाबले शरीरका अन्य भागलगायत चेनको अनुहार र घाँटीमा पटक पटक छुरा प्रहार गरेबाटै अभियुक्तको क्रुर र नियोजित मनशाय स्पष्ट देखिन्छ। तसर्थ प्रचलित कानुन बमोजिम नै उनलाई सजाय दिइनुपर्दछ।

अमेरिकी विदेश विभागका एकजना अधिकारीले यस घटनाबारे अवलोकन गरिरहेको तर गोपनियताका कारण थप टिप्पणी गर्न नमिल्ने बताएका छन्। रोयटर्सबाट।

त्यस्तै,संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार काँग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ।

मिडियाको अनुरोधको जवाफ दिँदै, दूतावासका प्रवक्ताले भनेका छन्, उक्त भ्रमणले एक-चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तीको सर्तहरूको गम्भीर उल्लङ्घन गर्दछ। हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न।

एक चीन सिद्धान्त र तीन चीन-अमेरिकी संयुक्त विज्ञप्तीको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सबैप्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न र गलत संकेतहरु पठाउनबाट जोगिन आग्रह गर्दछौं।

ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिहरूलाई, नत्र यसले चीन-अमेरिका सम्बन्ध र ताइवान स्ट्रेटमा शान्ति र स्थायित्वलाई अझ कमजोर बनाउन नपरोस्, प्रवक्ताले भनेका छन्। चिनियाँ पक्षले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्ने छ।

प्रवक्ताले थपे। सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब मेनेन्डेज, न्यू जर्सीका डेमोक्र्याट र दक्षिण क्यारोलिना रिपब्लिकन लिन्डसे ग्राहमको नेतृत्वमा अमेरिकी काँग्रेसको प्रतिनिधिमण्डल बिहीबार ताइवान आइपुगेको हो।

अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउन बेइजिङले कुनै कोसिस गर्न नहुने बताएका छन्।रुसलाई पश्चिमा प्रतिबन्ध छल्न चीनले सहयोग गरे परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीहरूले चेतावनी दिएका छन्।

रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन् । चीनले भने आफू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बीबीसले जनाएको छ।

वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको उनको भनाइ छ।

चीनले हालसम्म रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गरिरहेको छ। तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन।

त्यस्तै,चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ। सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो।

तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ। चीनको संसदको वार्षिक वैठकलाइ सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए।

एक चीन नीतिअनुसार ताइवान चीनको एउटा महत्वपूर्ण अंश भएको उनले बताए ।हामी ताइवान स्ट्रेटमा शान्तिपूर्ण सम्बन्धको विकास र चीनको पुनर्मिलनलाई अगाडि बढाउनेछौं’, प्रधानमन्त्री लीले भने।

स्वतन्त्र ताइवान चाहने जुनसुकै विखन्डकारी गतिविधि र विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छों। उनले अगाडि थपे, ‘ताइवान स्ट्रेटको दुबै छेउमा रहेका चिनियाँहरू हामी सबै चीनकोे महान र गौरवपूर्ण उद्देश्यलाई अगाडि बढाउन एकजुट हुनुपर्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ