आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले युक्रेनमा घातक हतियार ‘तोपखाना’ पठाउने निर्णय गरे सँगै रुसले गर्यो डरलाग्दो घोषणा

प्रकाशित
2.7K
SHARES

एजेन्सी। अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आणविक चेतावनी हान्ने चेतावनी दिएका छन्।रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ।

विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले वार्ताको नाटक गरेको आरोप लगाए। उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए।लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको चेतावनी दिँदै अगाडि भने,

‘जोखिम गम्भीर छ। यो वास्तविक हो। यसलाई नजरअन्दाज गर्न मिल्दैन।वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले अगाडि भने, ‘सम्झौतामा हस्ताक्षर गरेसँगै अवश्य पनि हरेक चिज समाप्त हुनेछ। ’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरिरहेका बेला लाभरोभको नयाँ चेतावनी आएको हो। भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ। अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका हुन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरेपछि लाभरोभको नयाँ चेतावनी आएको हो। भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

यसैबीच विदेशमन्त्री लाभरोभले परमाणु युद्धको खतरा बढेको र यसलाई नकार्न नसकिने बताएका छन्।अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियार दिइरहँदा नेटो गठबन्धन नै रुससँग युद्ध लडिरहेको जस्तो भएको पनि उनको भनाइ छ।

पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियार दिएर युद्ध लम्ब्याएको पनि रुसले आरोप लगाउँदै आएको छ।यस सन्दर्भमा लाभरोभले तेस्रो विश्वयुद्धको खतरा पनि बढेको बताउँदै यस्तो हुँदै गयो भने परमाणु युद्ध निम्तनसक्ने पनि चेतावनी दिए।

रुसले आफ्नो डिटरेन्ट फोर्सलाई तयार हुन निर्देशन दिइसकेको अवस्था छ। रुसले स्पष्ट भाषामा यो भनेको छ कि विदेशी सेना युक्रेनमा पुगेमा रुसले परमाणु हतियार प्रयोग गर्नेछ जसले विश्व विनाशको बाटोमा जानसक्छ।

पश्चिमा राष्ट्र, नेटो गठबन्धन युक्रेनमा सेना पठाउन तयार त छैनन् यद्यपी युक्रेनलाई हतियार भने दिइरहेका छन्। जसले गर्दा युक्रेनी सेनालाई हराउन रुसलाई निकै हम्मेहम्मे परिरहेको अवस्था छ। रुससँग हान्नका लागि तयारी अवस्थामा छन् १६ सय परमाणु अस्त्र, कोसँग कति छ?

रुसले युक्रेनमा आक्रमण गरिरहँदा पश्चिमा राष्ट्रले रुसमाथि आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका छन्।हालैमात्र रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पश्चिमा राष्ट्रहरुले आक्रामक गतिविधि देखाएको भन्दै आफ्ना डिटरेन्ट फोर्सलाई तयार भएर बस्न निर्देशन दिएका छन्। डिटरेन्ट फोर्स रुसको विशेष सैन्य समूह हो जहाँ परमाणु हतियार पनि सामेल छ।

उनको यो घोषणालाई रुसले परमाणु हतियार प्रयोग गर्नसक्छ भन्ने संकेतको रुपमा हेरिएको छ। यससँगै विश्वभर परमाणु हतियारको बहस बुलन्द रुपमा छेडिएको छ।बीबीसीका अनुसार शीत युद्धपछि परमाणु हतियारको भण्डारणमा कमी आएको छ।

तर अझैपनि विश्वमा सयौं परमाणु हतियार छन् जसलाई पल भरमै छाड्न सकिन्छ।परमाणु हतियार ज्यादै शक्तिशाली विस्फोटक बम हो। परमाणु हतियारको प्रयोगपछि धेरै मात्रामा विकिरण पैदा हुन्छ त्यसैले यसको धमाका धेरै बेरसम्म रहिरहन्छ।

विश्वमा अहिलेसम्म दुईपटक मात्र परमाणु बमको प्रयोग भएको छ जसले विश्वमा ठूलो नोक्सानी भएको थियो।आजभन्दा ७७ वर्ष अगाडि अमेरिकाले दुईवटा परमाणु बम प्रहार गरेको थियो।

७७ वर्ष अगाडि ६ अगष्टमा अमेरिकाले जापानको हिरोसिमामा र ९ अगष्टमा नागासाकीमा परमाणु बम खसाएको थियो। अन्तर्राष्ट्रिय दस्तावेजका अनुसार हिसोसिमामा त्यसबेला ८० हजार र नागासाकीमा एकैपटक ७० हजारले ज्यान गुमाएका थिए।

परमाणु हतियार भएका देशविश्वमा अहिलेसम्म ९ देशसँग परमाणु हतियार छ। अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग परमाणु हतियार छन्।

परमाणु हतियारको विषयमा कुनै देशले खुलेर जानकारी दिएका छैनन्। यद्यपी परमाणु शक्ति सम्पन्न देशहरुसँग कुल मिलाएर ९ हजारभन्दा बढी त्यस्तो हतियार भएको अनुमान गरिन्छ।

स्वीडेनस्थित थिंक ट्यांक संस्था स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युट सिप्रीले गतवर्ष आफ्नो एक प्रतिवेदन सार्वजनिक गरेको थियो।जहाँ सन् २०२० को सुरुवातसम्मको तथ्यांक सार्वजनिक गरिएको छ।

त्यहाँ ९ देशसँग लगभग १३ हजार ४ सय परमाणु हतियार भएको बताइएको छ। तीमध्ये ३ हजार ७२० तैनाथ भएको जनाइएको छ। सिप्रीका अनुसार लगभग १८ सय परमाणु हतियार उच्च सतर्कताका साथ तैनाथ गरिएको छ।

यसको अर्थ ती हतियार जतिबेला पनि प्रयोग गर्न सकिन्छ।रिपोर्टअनुसार सबैभन्दा बढी परमाणु हतियार भएको देश रुस हो। उसँग ६ हजार ३७५ परमाणु हतियार छ, यस्तै अमेरिकासँग ५ हजार ८ सय परमाणु हतियार छ।

सो रिपोर्टअनुसार रुससँग तयारी अवस्थामा १६ सय २५ परमाणु हतियार छन् जुन आवश्यकता अनुसार रुसले प्रयोग गर्न सक्दछ।अमेरिकासँग भने १८ सय तयारी अवस्थाका परमाणु हतियार छन्। बीबीसीको सहयोगमा

प्रतिक्रिया

आजको ट्रेन्डिङ