आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रातभरको आक्रमणमा पाँच सय युक्रेनी सेना मारिए, २६ युक्रेनी ट्यांक ध्वस्त

प्रकाशित
3.2K
SHARES

काठमाडौं। रुसले गएरातिको आफ्नो कारवाहीमा पाँच सय युक्रेनी सेनाको मृत्यु भएको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार उनीहरुका वायु सेनाले रातभर ८७ स्थानमा आक्रमण गरेको थियो।

युक्रेनी सैन्य क्षेत्रलाई लक्षित गरिएको सो आक्रमणमा कम्तिमा ५ सय युक्रेनी सेनाको ज्यान गएको रुसको भनाइ हो। सो आक्रमणमा युक्रेनी सेनाका २६ ट्यांक, सवारी साधन, हतियार, दस्तावेजहरु नष्ट भएको पनि बताइएको छ।

रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ। अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका हुन्।

विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले वार्ताको नाटक गरेको आरोप लगाए। उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको चेतावनी दिँदै अगाडि भने, ‘जोखिम गम्भीर छ। यो वास्तविक हो। यसलाई नजरअन्दाज गर्न मिल्दैन।’वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले अगाडि भने, ‘सम्झौतामा हस्ताक्षर गरेसँगै अवश्य पनि हरेक चिज समाप्त हुनेछ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरेपछि लाभरोभको नयाँ चेतावनी आएको हो। भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

यसैबीच विदेशमन्त्री लाभरोभले परमाणु युद्धको खतरा बढेको र यसलाई नकार्न नसकिने बताएका छन्।अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियार दिइरहँदा नेटो गठबन्धन नै रुससँग युद्ध लडिरहेको जस्तो भएको पनि उनको भनाइ छ।

पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियार दिएर युद्ध लम्ब्याएको पनि रुसले आरोप लगाउँदै आएको छ।यस सन्दर्भमा लाभरोभले तेस्रो विश्वयुद्धको खतरा पनि बढेको बताउँदै यस्तो हुँदै गयो भने परमाणु युद्ध निम्तनसक्ने पनि चेतावनी दिए।

रुसले आफ्नो डिटरेन्ट फोर्सलाई तयार हुन निर्देशन दिइसकेको अवस्था छ। रुसले स्पष्ट भाषामा यो भनेको छ कि विदेशी सेना युक्रेनमा पुगेमा रुसले परमाणु हतियार प्रयोग गर्नेछ जसले विश्व विनाशको बाटोमा जानसक्छ।

पश्चिमा राष्ट्र, नेटो गठबन्धन युक्रेनमा सेना पठाउन तयार त छैनन् यद्यपी युक्रेनलाई हतियार भने दिइरहेका छन्। जसले गर्दा युक्रेनी सेनालाई हराउन रुसलाई निकै हम्मेहम्मे परिरहेको अवस्था छ।

त्यस्तै, रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ।यस युद्धका क्रममा १५ हजारभन्दा बढी रुसी सेना मारिएको अमेरिकी भनाइ छ। युक्रेनको भने ७ हजार सेनाको ज्यान गएको बताइएको छ।

पश्चिमा राष्ट्रहरुले अत्याधुनिक हतियार सहयोग गरिरहँदा युक्रेनले रुसको बेजोडका साथ प्रतिकार गरिरहेको छ।यसबीचमा हालै युक्रेनी सेनाको आक्रमणमा रुसको एक युद्धक विमान सुखोइ एसयू–३४ विमान नष्ट भएको छ।

सो क्रममा रुसी सेनाका दुई पाइलटको भने ज्यान जोगिएको छ। उनीहरु विमानमा आक्रमण हुनासाथ आकाशमा प्यारासुट खोलेर भाग्न सफल भएका थिए।यस्तै युक्रेनी सेना दोस्रोपटक पनि रुसी भूमिमा पुगेर आक्रमण गर्न सफल भएका छन्।

हालै रुसको दुईवटा तेल भण्डारमा युक्रेनी सेनाले आक्रमण गरिदिएको हो।यसअघि महिना दिन अगाडि पनि युक्रेनले यस्तै प्रकृतिको आक्रमण गरेको थियो। डेलीमेलको सहयोगमा तयार पारिएको।

प्रतिक्रिया

आजको ट्रेन्डिङ