आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रेणु दाहाललाई जुन कुराको डर थियो त्यही भयो, बज्यो खतराको घण्टी

प्रकाशित
5.8K
SHARES

चितवन। भरतपुर महानगरपालिकामा जे नहुनु थियो त्यही भएको गठबन्धनका नेताकार्यकर्ताहरुले प्रतिक्रिया दिन थालेका छन्। गठबन्धनकी साझा उम्मेदवार बनाइएकी भरतपुरकी पूर्व मेयर रेणु दाहालका लागि खतराको घण्टी बजेको हो।

भरतपुरका कांग्रेसीले रेणुलाई भोट नहाल्ने सम्भावना ह्वात्तै बढेको छ त्यसको मुख्यकारण बागी उम्मेदवार। सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेको भरतपुर महानगरपालिकामा कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्वारी दायर गराएका छन्।

सोमबार दिउँसो काँग्रेसको झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए। भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केको छ।

कांग्रेस जोगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएको पौडेलले बताए। पौडेलसँगै आएका कांग्रेस चितवनका पूर्व सभापति वयोवृद्ध नेता कृष्णलाल सापकोटाले पौडेललाई भरतपुरका सवै कांग्रेसले मत दिएर जिताउने बताए।

पौडेल २०४९ सालको चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए। पौडेल वरिष्ठ अधिवक्ता राष्ट्रिय सभाका सांसद भइसकेका व्यक्ति हुन् ।

भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदमा विजय सुवेदीले मनोनयन दर्ता गरेका छन्। कांग्रेसबाटै बागी उठेपछि सुवेदी उत्साहित बनेका छन्।

त्यस्तै,स्थानिय चुनावको मुखैमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र साइलेन्ट विद्रोहको कालो बादल मडारिएको छ । आउँदो स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस तथा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिए पनि एमालेभित्र भने ‘साइलेन्ट’ विद्रोहको खतरा बढेको छ ।

एमालेमा १० बुँदे सहमति गरी बसेका पार्टी निकट रहेका नेता कार्यकर्तालाई कत्लेआम हुने गरी टिकट वितरण गरेपछि साइलेन्ट विद्रोहको खतरा बढेको हो । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको अवस्था हेर्दा दुई पार्टीबीच प्रतिस्पर्धा हुने देखिए पनि साइलेन्ट विद्रोहले एमालेलाई घाटा हुने अवस्था देखिएको छ।

देशभर एमालेका नेता कार्यकर्ताहरुबीच असन्तुष्टि देखिएको छ। केन्द्रीय कमाण्ड बलियो हुँदा बाहिर कसैले बोल्न सकेका छैनन्। तर भित्रभित्रै असन्तुष्टि बढेको छ’, एमालेका एक उच्च नेताले भने। उनका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा यसको असर देखिएको छ।

पूर्वमा उदयपुर, ओखलढुंगा, सुनसरी, मोरङ, ईलाम, ताप्लेजुङ लगायतका जिल्लाका १० बुँदेलाई पाखा लगाइएको छ। त्यसैगरी डा. भीमबहादुर रावलको क्षेत्रमा पनि यसैगरी टिकट वितरणमा असमानता भएको भन्दै चरम असन्तुष्टि देखिएको छ।

साथै बागमती प्रदेशमा पनि यसको असर देखिएको छ। मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन दल मध्येको कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

त्यहाँ पनि १० बुँदेलाई कत्लेआम गरिएको छ। कोही कसैलाई टिकट दिइएको छैन। अर्को पार्टीबाट प्रवेश गरेका नेताहरुलाई टिकट दिएर संगठनमा काम गरेका नेताहरुलाई बेवास्ता गरिएको छ।

काठमाडौंंको १४ नम्बर वडामा स्थानीय कार्यकर्ताले विरोध गरेको अवस्था छ भने, ३ नम्बर वडाका वर्तमान वडाध्यक्षले पार्टी नै परिवर्तन गरेका छन्। त्यसैगरी १० बुँदे सहमति गरेर एमालेका क्रियाशील रहेका उदयपुरका पार्टी अध्यक्ष इश्वरमणी राउतलाई बाहिर राखिएको छ।

एमालेबाट ललितपुर महानगरपालिकाको वडाध्यक्ष जितेका पुरूषोत्तम खड्काले असन्तुष्टि व्यक्त मात्रै गरेनन् नेकपा माओवादी केन्द्र प्रवेश गरेलगत्तै उम्मेदवार बने । नेकपा माओवादी केन्द्रका तर्फबाट उनी ललितपुर महानगर वडा नं १८ को उम्मेदवार बनेका छन् ।

सोलुखुम्बूमा पार्टीका कार्यकर्तालाई वेवास्ता गरेर भर्खरै नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका विवादास्पद छविका आङकाजी शेर्पालाई टिकट दिएपछि जिल्ला कमिटीका सचिवालय सदस्य विरुदास श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी पोखराका दीपक पौडेलले पनि असन्तुष्टि व्यक्त गरेका छन् । सोलुमा पूर्व उपमेयर कल्पना राई पनि ‘साइलेन्ट’ बसेकी छिन् । खोटाङमा मझुवागढी नगरपालिकाकी वर्तमान उपमेयर विणा राईले पनि असन्तुष्टि व्यक्त गरेकी छिन् ।

त्यसैगरी एमालेका केन्द्रीय सदस्य रहेका व्यक्तिले समेत टिकट नपाएपछि विद्रोह गरेका छन् । एमालेका केन्द्रिय सदस्य हरिनारायण महतोले पार्टी परित्याग गरेका छन । मिथिला नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका उनले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिँदै मिथिला नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिए।

पार्टीले स्थानीय नेता कार्यकर्ता र जनभावना विपरीत जग्गा व्यापारीलाई टिकट दिएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । त्यसैगरी एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन् ।सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको थियो। राईले सोमबार मनोनयन दर्ता गराएका हुन्।

गाउँपालिकाको निर्वातमान अध्यक्ष समेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ