आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेका मेयरमाथि आफ्नै नेताबाट कुटपिट, बालबाल भागेर बाँचे

प्रकाशित
627
SHARES

काठमाण्डौ। गौशाला नगरपालिकाको एमाले पार्टीबाट मेयर पदको उम्मेदवार अजय कुशवाहामाथि आफ्नै पार्टीका नेताबाट कुटपिट भएको छ। सोमबार गौशाला नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न आएको समयमा कुटपिट गरिएको हो।

सोही पार्टीका देवेन्द्र महासेठले कुशवाहा माथि हातपात गरिएको हो। महासेठले बावु रामऔतार महासेठको लागि टिकट माग गरेको र सो नदिदाँ आफूमाथि कुटपिट गरिएको कुशवाहाले बताए।

कुशवाहाले भने, आफूलाई पार्टीले टिकट दिएको निहुँमा यहाँका नेता कार्यकर्ताहरु बिहानैदेखि तनाव दिँदै आएका थिए। उनीहरु दिनभरि नै मानसिकरुपमा दबाव दिएको र पछि निर्वाचन अधिकृतको कार्यालयमा आउँदा आफूलाई घेरेर कुटपिट गरका हुन्।

उनलाई निर्वाचन आयोगबाट खटिएको कर्मचारी र सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित स्थलतर्फ भगाएको हो। अहिले नेकपा एमालेका पदाधिकारीहरु मनोनयन दर्ता गराउदैँछन्।

त्यस्तै, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने तयारी गरेका छन्।पार्टीभित्र गुटको पेलानमा परेका घिमिरेले स्थानीय तह निर्वाचनको मुखमा सक्रिय राजनीतिबाट विदा लिने मनस्थिति सार्वजनिक गरेका छन्।

सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु, उनले आफ्नो तयारीबारे ट्वीटरमार्फत जानकारी गराएका छन् । घिमिरे पछिल्लो समय पार्टीभित्र उपेक्षामा पारिएका नेता हुन्।

२०५९ मा नवौं महाधिवेशनबाट नेविसंघको सभापति बनेका गुरुराज पार्टीभित्र विधि, पद्धती र प्रणालीको आवाज उठाउने विद्रोही नेताका रुपमा चिनिन्छन्। यसको मूल्य उनले आफ्नो राजनीतिक करियरमा चुकाएका छन्।

पार्टीभित्र संस्थापनइतर मानिने घिमिरेले अघिल्लो संसदीय चुनावमा टिकट नै पाएनन्। यसलाई उनले आफूमाथिको राजनीतिक हिंसा भन्दै आएका छन्।

संसदीय निर्वाचनमा आफू जनमत योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलोपटक राजनीतिक हिंसा गरेको उनको भनाइ रहँदै आएको छ।

१३औं महाधिवेशनबाट शेरबहादुर देउवाको निर्वाचित केन्द्रीय कार्यसमितिमा सदस्य रहेका घिमिरे १४औं महाधिवेशनमा प्रदेशमा झरेका थिए।

उनले प्रदेश १ को कांग्रेस प्रदेश कार्यसमितिमा संस्थापन इतर समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका थिए। तर संस्थापन पक्षका उद्धव थापासँग दुई मतले पराजित भए।यो पराजयमा पनि सभापति देउवाको भूमिका रहेको भन्दै उनले आक्रोश पोखेका थिए।

अघिल्लो चुनावमा टिकट नदिएका पार्टी सभापति एवं प्रधानमन्त्रीले सत्ताको चरम दुरुपयोग गरेको आफूलाई प्रदेशमा हराई दोस्रोपटक राजनीतिक हिंसा गरेको उनले आरोप लगाएका थिए।

अहिले पार्टीभित्र भूमिकाविहीन गुरु घिमिरे अन्ततस् वितृष्णा जागेर सक्रिय राजनीतिबाटै सन्यास लिने मनस्थितिमा पुगेका छन्। त्यस्तै,नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

आठौं केन्द्रीय समितिको १२ औं बैठकको निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन नेकपाले भनेको हो । पार्टीको तर्फबाट केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले जारी गरेको विज्ञप्तिमा पार्टीको नीति अनुसरण नगरी दर्ता भएका उम्मेदवारको मनोनयन फिर्ता लिन आह्वान गरिएको हो।

पार्टीको आठौं केन्द्रीय समितिको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय भएको थियो ।

यस्तै पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएको थियो ।जसबमोजिम पार्टीले चुनाव उपयोग गर्ने नीतिको तात्पर्य स्वाभाविक रूपले केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने भन्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।

तर, सो विपरीत कतिपय केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीले नै विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू प्रकाशित भएको भन्दै विज्ञप्तिमा भनिएको छ,

पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ