एजेन्सी। युद्धको ६१ औँ दिन अमेरिकाको घातक घोषणाले विश्वभर बढ्यो त्राश बढेको छ। युक्रेनलाई युद्धका लागि अमेरिकाले ७१.३ करोड डलरको अतिरिक्त सैन्य मद्दत प्रदान गर्नेछ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफूले रुस कमजोर राष्ट्र भएको देख्न चाहेको बताएका छन्।सोमबार युक्रेनको भ्रमणपछि अस्टिनले भनेका छन्, कसैमाथि आक्रमण गर्न नसक्ने हदसम्म रुस कमजोर भएको हेर्न चाहन्छु।
अमेरिका लगायत अन्य राष्ट्रको सहयोगले युक्रेनले रुसविरुद्धको युद्ध जित्ने पनि उनको भनाइ छ। रुससँगको यद्धबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन युक्रेन पुगेका थिए।
रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिन युद्धग्रस्त युक्रेन पुगेका हुन्।सबीचमा रक्षामन्त्री लोयड अस्टिनले गतिलो हतियार भएको खण्डमा युक्रेनले रुसलाई युद्धमा हराउने पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्,‘युद्ध जित्न सुरुमा युद्ध जित्छु भन्ने आत्मविश्वास हुनुपर्छ र गतिलो हतियार हुनुपर्छ।’यस क्रममा रुसविरुद्ध लड्न युक्रेनलाई अमेरिकाले थप ७१.३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।
सीएनएनका अनुसार अमेरिकाले १६.५ करोड डलरको हतियार युक्रेनलाई बेच्ने सम्झौता पनि भएको छ। सोमबार अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनको किभ भ्रमणपछि यस्तो घोषणा गरिएको हो।
अधिकारीले बताए अनुसार यीमध्ये आधार राशी युक्रेनले सिधै पाउनेछ जबकी बाँकी रकम नेटोका ती सदस्य देशबीच बाँडिनेछ जसले युक्रेनको मद्दत गरेको छ।
यसबाहेक अमेरिकाले १६.५ करोड डलरको हतियार र गोला–बारुद युक्रेनलाई बेच्नेछ। युक्रेनमाथि रुसको हमलापछि पहिलोपटक अमेरिकाका शीर्ष अधिकारीले किभको भ्रमण गरेका छन्।
सिएनएनले विदेश मन्त्रालयको वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीबाहेक ब्लिङ्कन र अस्टिनले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेजनीकोव र गृहमन्त्रीसँग पनि भेटघाट गरे।
त्यस्तै रुसी राष्ट्रपति पुटिनकी कथित प्रेमिकामाथि अमेरिकाले जानीजानी प्रतिबन्ध नलगाएको भन्ने दाबीलाई ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले खारेज गरेकी छिन्। सोमबारको दैनिक प्रेस ब्रिफिङमा जेन साकीले यस्तो बताएकी हुन्।
साकीलाई रुसी राजनीतिज्ञ तथा जिमनास्टसमेत रहेकी अलिना कबाएवामाथि हालसम्म किन कारवाही गरिएन भनेर सोधिएको प्रश्नमा उनले भनिन्, हामी लगातार प्रतिबन्धको समीक्षा गरिरहेका छौँ।
साकीले थपिन्, हाम्रो प्रतिबन्धबाट कोही पनि बच्न सक्दैन। उनी भन्छिन्, ‘हामीले राष्ट्रपति पुटिनलाई मात्रै होइन, उनका छोरीहरु र आफन्तमाथि प्रतिबन्ध लगाएका छौँ र पछि पनि यसको समीक्षा जारी रहनेछ।
पुटिन र उनका दुई छोरीमाथि जस्तो खालको प्रतिबन्ध अमेरिकाले लगाएको छ त्यस्तै प्रतिबन्ध ३८ वर्षीया ओलम्पिक स्वर्ण पदक बिजेतामाथि पनि लगाउनुपर्ने माग बढ्दो छ।
पुटिन सधैँ आफ्नो नीति जीवनलाई गोप्य राख्छन्। उनले कहिल्यै पनि रुसकी ‘गोप्य फर्स्ट लेडी’ सँग आफ्नो कथित सम्बन्धलाई स्वीकार गरेका छैनन्। वाल स्ट्रिट जनरलको एक रिपोर्ट अनुसार,
अमेरिकी अधिकारी कबाएवामाथि यसकारण प्रतिबन्ध लगाउन बचिरहेका छन् किनभने यसलाई पुटिनले व्यक्तिगत आक्रमणको रुपमा हेर्न सक्छन् र यसले रुस र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धमा थप तनाव ल्याउन सक्छ।
त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुभवी कुटनीतिज्ञ ब्रिजेट ब्रिङ्कलाई युक्रेनमा अमेरिकाका लागि नयाँ राजदूतको रुपमा चयन गरेका छन्।यसअघि ह्वाइट हाउसले ब्रिङ्कले तीन वर्षदेखि खाली रहेको एउटा महत्वपूर्ण पद सम्हाल्ने घोषणा गरेको थियो।
अमेरिकाले ब्रिङ्कको नियुक्ति यस्तो समयमा भएको बताएको छ जब उसको देशले रुसको आक्रमणको सामना गर्न युक्रेनलाई हर सम्भव सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको छ।
ब्रिङ्क हाल स्लोभाकियाका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत छिन् र विगत २५ वर्षदेखि कुटनीतिज्ञ छन्। ह्वाइट हाउसले ब्रिङ्कको दशकौंको अनुभवले उनलाई युक्रेनको इतिहासको महत्वपूर्ण समयमा यो पदका लागि योग्य बनाएको बताएको छ।
रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ। यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन्। यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन्।
रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी प्रान्त ल्भिभ र रिभ्नेमा पनि गोली चलेको खबर आएको छ। युक्रेनको वायुसेनाले खार्किभ क्षेत्रमा रुसी विमान खसालेको दाबी गरेको छ, यद्यपि पाइलट बाहिर निस्कन सफल भएका छन्।
अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीआईए र अन्य विदेशी गुप्तचर निकायले रुसमा आतंकवादी हमलाको योजना बनाएको आरोप लगाएका छन्। पुटिनले अमेरिका र युरोपले अनौठो कूटनीति गरिरहेको र युक्रेनमा हतियार पठाइरहेको बताए।
प्रतिक्रिया