आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२२ चिनियाँ नागरिक पक्राउ, यस्तो गम्भीर छ काण्ड

प्रकाशित
739
SHARES

काठमाडौँ। नेपालमा बिजनेस भिसामा बसेर अनलाइन जुवालगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग र प्रहरीले अनुसन्धान अघि बढाएको छ।

शुक्रबार बेलुका ठमेल, नयाँबजार, बानेश्वरलगायतका क्षेत्रमा छापा मारी अध्यागमन र प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट ३३ वटा ल्यापटप र पाँच सयभन्दा धेरै मोबाइल बरामद भएको छ।

अनलाइन जुवा खेलाउन ती डिभाइस प्रयोग भएको आशंका गरिएको छ। पक्राउ परेका २२ मध्ये २१ जना बिजनेस भिसामा लामो समयदेखि बस्दै आएका थिए। एकजना पहिला बिजनेस भिसामा बसेर पछि पर्यटक भिसामा थिए।

एक वर्षअघि नै उनको भिसाको म्याद सकिएको अनुसन्धानमा खुलेको छ। अध्यागमन विभागले उनीहरू अवैध गतिविधिमा संलग्न भएको भन्ने सूचना प्राप्त गरी प्रहरीको सहयोगमा छापा मारेर पक्राउ गरेको हो।

तर, दुई दिन थुनामा राखी सोमबार उनीहरूलाई मुद्दा नचलाई तारेखमा छाडिएको छ। उनीहरूबाट बरामद डिभाइसको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मेवारी दिइएको छ।

बरामद डिभाइसको फरेन्सिक ल्याबमा परीक्षण गर्छाैं, अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी वसन्त कुँवरले भने, त्यसपछि के मुद्दामा अनुसन्धान गर्ने भन्ने तय हुन्छ ।पक्राउ परेकाहरूले नेपालमा वैदेशिक लगानी ल्याइसकेका थिएनन्।

उनीहरूले लगानी ल्याउने प्रतिबद्धता जनाएर बिजनेस भिसा लिएका थिए। तर, नेपालमा व्यवसाय गर्नेभन्दा लामो समय बसेर अनलाइन जुवालगायतका धन्दा चलाउने मात्र उद्देश्य देखिएको अध्यागमन विभाग स्रोत बताउँछ।

लगानी नल्याए पनि पटक–पटक उनीहरूको बिजनेस भिसा थपिएको थियो। पर्यटक भिसामा एक वर्षमा पाँच महिनाभन्दा धेरै बस्न नपाइने भए पनि यसरी बिजनेस भिसाको दुरुपयोग भएको हो।

विभागबाट नियमन नहुँदा बिजनेस भिसामा बसेर उनीहरूले गैरकानुननी काम गर्दै आएका हुन्। त्यस्तै,चीनमा मात्र होइन, नेपालमार्फत युरोपियन तथा अमेरिकालगायत देशमा पनि यसरी अनलाइन जुवा खेलाउने गरिएको प्रहरीले पत्ता लगाएको छ।

दुई सिफ्टमा कर्मचारी राखेर २४सै घन्टा अनलाइन जुवा खेलाउने गरेको देखियो। जुवामा भएको हार–जितअनुसार उनीहरूले निश्चित कमिसन पाउने रहेछन्। बुधबार प्रहरीले अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर यस्तो धन्दामा संलग्न १२ जना नेपालीलाई पक्राउ गरेको छ।

उनीहरूले तीनवटा घर भाडामा लिएर २४सै घन्टा अनलाइन जुवा खेलाउने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए। दुई सिफ्टमा कर्मचारी राखेर २४सै घन्टा अनलाइन जुवा खेलाउने गरेको देखियो, एसएसपी कुँवरले भने, जुवामा भएको हार–जितअनुसार उनीहरूले निश्चित कमिसन पाउने रहेछन्।

चोभारका सुजेन्द्र थापा, प्रदीपमानसिंह बस्नेत र बुद्ध महर्जनले यसरी जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्य नौजनालाई उनीहरूले कर्मचारीका रूपमा राखेका थिए ।विगत १० महिनादेखि उनीहरूले यो धन्दा चलाएको प्रहरी दाबी छ।

उनीहरूले जुवा, फायर किरिङ, रिभर स्विप्स, रिभर मोनस्टर, भेगास–एस जस्ता एपमार्फत जुवा खेलाउने गर्दथे। जुवा भने विदेशीलाई नै खेलाउँदै आएका थिए। उनीहरूले जुवा खेलाउन सातवटा एप प्रयोग गरेको र एउटाबाट मासिक दुईदेखि तीन हजार डलरसम्म लिने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाले महिनामै एक लाखभन्दा धेरै डलरको हारजित हुने गरी आफूहरूले जुवा खेलाउँदै आएको बताएका छन्। सो गिरोहको मुख्य नाइके भने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्यमा मनीष थापा, समीर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना, रमादेवी श्रेष्ठ छन्। उनीहरूलाई जुवा ऐनअनुसार प्रहरीले कारबाही अघि बढाएको छ।

उनीहरूबाट १४ वटा ल्यापटप र १७ वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ। प्रहरीलाई प्राप्त सूचनाअनुसार यसरी नेपालमार्फत अनलाइन जुवा खेलाउने दर्जनौँ समूह यहाँ सक्रिय छन्।

अनलाइन जुवा खेलाउँदा नियमित रूपमा कर्मचारी चाहिने र नेपालमार्फत गर्दा सस्तो पर्ने भएकाले धेरैवटा अन्तर्राष्ट्रिय समूहले नेपाललाई सेल्टर बनाएका छन्। महाशाखाका एसएसपी कुँवर भन्छन्, ‘अरू धेरैवटा समूह सक्रिय छन् भन्ने सूचना छन्, हामी अनुसन्धान गरिरहेका छौँ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ