आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसले फिल्मी शैलीमा युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त बनायो

प्रकाशित
794
SHARES

किभ। रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो। र

क्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाले धेरै सैन्य क्षेत्रमा हमला गरेको जनाएको छ।

प्रवक्ता कोनासेन्कोभले भने, ‘रुसी सशस्त्र बलहरूले युक्रेनमा विशेष सैन्य कारबाही जारी राखेका छन्। लामो दूरीका हतियारहरूले क्रेमेन्चुक सहरको बाहिरी भागमा रहेको तेल प्रशोधन केन्द्र ध्वस्त पारेका छन्।

रुसी फौजले युक्रेनका ५६ ओटा सैन्य आधारहरूमा हमला गरेको मस्कोले दाबी गरेको छ। यद्यपि, मस्कोको दाबी पुष्टि हुन बाँकी नै छ।

रुसले मारिओपोलमा रहेको एजोभस्टल स्टिल कारखानामा आक्रमण रोक्ने र त्यहाँबाट सर्वसाधारणलाई बाहिर निस्कन दिने बताएको छ। तर, युक्रेनले लिखित सुरक्षा सुनिश्चितताको माग गरेको छ।

यसैबीच, सो सहरबाट भागेका मानिसहरूले आफूहरूलाई एउटा प्रशोधन केन्द्रमा राखिएको बीबीसीले जनाएको छ।

त्यस्तै,रुसी वायु रक्षा प्रणालीले रुसको युक्रेनको सीमावर्ती कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालेको कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले सोमबार बताएका छन्।

‘रूसी वायु रक्षा प्रणालीको टोलीले र्ल्यस्की जिल्ला बोरोभोस्कोए गाउँमा दुई युक्रेनी ड्रोनहरू खसाले’ गभर्नरले टेलिग्राममा उल्लेख गरेका छन्।उक्त घटनाबाट कुनै हताहत चोटपटक वा विनाश भएको छैन। स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ’ उनले थपे।

शनिबार, गभर्नरले भने कि युक्रेनले यस क्षेत्रमा एक सीमा चेकपोस्टमा गोलाबारी गरेको थियो जसले आगलागी निम्त्याएको थियो तर कुनै हताहती भने भएन।

त्यस्तै,अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफूले रुस कमजोर राष्ट्र भएको देख्न चाहेको बताएका छन्। सोमबार युक्रेनको भ्रमणपछि अस्टिनले भनेका छन्,‘कसैमाथि आक्रमण गर्न नसक्ने हदसम्म रुस कमजोर भएको हेर्न चाहन्छु।’

अमेरिका लगायत अन्य राष्ट्रको सहयोगले युक्रेनले रुसविरुद्धको युद्ध जित्ने पनि उनको भनाइ छ।रुससँगको यद्धबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन युक्रेन पुगेका थिए।

रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिन युद्धग्रस्त युक्रेन पुगेका हुन्।

यसबीचमा रक्षामन्त्री लोयड अस्टिनले गतिलो हतियार भएको खण्डमा युक्रेनले रुसलाई युद्धमा हराउने पनि उल्लेख गरेका छन्।उनले भनेका छन्,‘युद्ध जित्न सुरुमा युद्ध जित्छु भन्ने आत्मविश्वास हुनुपर्छ र गतिलो हतियार हुनुपर्छ।

यस क्रममा रुसविरुद्ध लड्न युक्रेनलाई अमेरिकाले थप ७१.३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।सीएनएनका अनुसार अमेरिकाले १६.५ करोड डलरको हतियार युक्रेनलाई बेच्ने सम्झौता पनि भएको छ। बीबीसी

प्रतिक्रिया

आजको ट्रेन्डिङ