आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भरतपुरकाे मेयरमा रेणु दाहालकाे उम्मेदवारी दर्ता

प्रकाशित
197
SHARES

काठमाडौं। नेकपा एकीकृत समाजवादीले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ। नेकपा एसले मंगलबार सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो।

आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ, घोषणापत्रमा भनिएको छ।

यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाउने छन्।

नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेकोले यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु रहेको घोषणापत्रमा औंल्याइएको छ।

यस कामबाट आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास हुने र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने छ, नेकपा एसको घोषणापत्रमा उल्लेख छ।

त्यस्तै,एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ। काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले सोमबार आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन्। यसअघि सुनिता डंगोलले काठमाडौंको मेयरमा उठ्ने भन्दै आफ्नो प्रतिवद्धता पनि सार्वजनिक गरेकी थिइन्।

उनले स्वतन्त्र तर्फबाट मेयरमा लड्ने बुझिएको थियो।यद्यपी आज उम्मेदवारी दर्ता गराएसँगै आफूले कहिल्यै स्वतन्त्र रुपमा उम्मेदवार हुन्छु भनेर नभनेको उनले प्रतिक्रिया दिएकी छिन्।

मुख्य पार्टीमा आफूजस्तो युवाको खाँचो भएकाले आफूले विभिन्न पार्टीसँग लबिङ गर्दा एमालेले आफूलाई अवसर दिएको उनको तर्क थियो।मेयरबाट किन उपमेयरमा झर्नु भयो भन्ने प्रश्नमा उनले युवाहरुले पदमा लोभ गन्र्नुहुन्न भन्ने उत्तर दिएकी छिन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ