आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका र राष्ट्रपति जेलेन्स्की बिच भयो डरलाग्दो सम्झौता, विश्वभर तरङ्ग

प्रकाशित
3.6K
SHARES

काठमाडौं। अमेरिका र राष्ट्रपति जेलेन्स्की बिच डरलाग्दो सम्झौता भएपछि विश्वभर तरङ्ग पैदा भएको छ। अमेरिकाले युक्रेन सित शक्तिशाली हतियार खरिद सम्झौता अगाडी बढाएको छ।  यो घातक सम्झौताले युद्ध लम्ब्याउने संकेत दिएको छ।

युक्रेन पुगेरै अमेरिकी रक्षामन्त्री र विदेशमन्त्रीले अनौठो खुलासा गरेपछि फेरि नयाँ तरङ्ग पैदा भएको छ। रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन्।

रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिन युद्धग्रस्त युक्रेन पुगेका हुन्।

रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार मागिरहेको छ।

यसबीचमा युक्रेनको भ्रमणपछि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गतिलो हतियार भएको खण्डमा युक्रेनले रुसलाई युद्धमा हराउने बताएका छन्।

उनले भनेका छन्, युद्ध जित्न सुरुमा युद्ध जित्छु भन्ने आत्मविश्वास हुनुपर्छ र गतिलो हतियार हुनुपर्छ। यसैबीच रुसविरुद्ध लड्न युक्रेनलाई अमेरिकाले थप ७१.३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।

सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरेपछि अमेरिकाबाट युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता आएको हो।

सीएनएनका अनुसार अमेरिकाले १६.५ करोड डलरको हतियार युक्रेनलाई बेच्ने सम्झौता पनि भएको छ। त्यस्तै,रुस र युक्रेनबीच भएको युद्धबीच टर्कीले इराकमा सैन्य कारबाही सुरु गरेको छ। टर्कीले उत्तरी इराकको कुर्दिस्तानमा सैन्य आक्रमण सुरु गरेको छ।

टर्कीका रक्षामन्त्री हुलुसी अकरले यसको पुष्टि गरेका छन्। टर्कीका रक्षामन्त्रीले टर्कीका लडाकु विमान, हेलिकप्टर र ड्रोनले कुर्द लडाकुहरूलाई निशाना बनाएर उनीहरूको शिविर, सुरुङ, आश्रयस्थल र हतियार भण्डारमा आक्रमण गरेको बताए।

रक्षामन्त्रीले भने, ‘टर्कीतर्फबाट कुर्दिस्तान वर्कर्स पार्टीको लक्ष्यलाई निशाना बनाइएको थियो। उनले यसअघि टर्कीका सेनाका कमाण्डोहरू पनि इराकको सीमामा प्रवेश गरेको बताए ।’

रक्षामन्त्री हुलुसी अकरले भने, ‘टर्कीका लडाकु विमानहरूले पीकेकेसँग सम्बन्धित आश्रयस्थलहरू, बंकरहरू, सुरुङहरू, हतियार भण्डारहरू र मुख्यालयहरूमा सफलतापूर्वक आक्रमण गरेका छन्।

उत्तरी इराकमा कुर्द लडाकुहरूको पकड छ र उनीहरूले टर्कीमा आक्रमण गर्न यो क्षेत्र प्रयोग गर्छन्। रक्षा मन्त्रीले टर्कीले विगत दशकहरूमा कुर्द लडाकुहरू विरुद्ध धेरै सीमापार हवाई र जमिनी अभियान सञ्चालन गरेको बताए।

यस पटक आक्रमणहरू उत्तरी इराकको माटिना, जाप र अवाशिन-बास्यान क्षेत्रमा गरिएको थियो’, उनले भने। टर्कीले कुर्दिश लडाकुहरूको संगठन पीकेकेको आधारमा कारबाही गर्‍यो।

पीकेकेलाई अमेरिका र युरोपेली संघले पनि आतंकवादी संगठन घोषणा गरिसकेको छ । कुर्दहरू सिरिया, इरान र आर्मेनियामा बस्छन्। तिनीहरूको जनसंख्या करिब २.५ देखि ३.५ करोड छ।

यस्तो अवस्थामा कुर्दहरूले आफ्नो नयाँ देश निर्माणको माग निरन्तर उठाइरहेका छन्। यसका लागि उनीहरुले जनमत संग्रह पनि गरेका छन्।यसैबीच टर्कीको इस्तानबुलमा सोमबार ठूलो विस्फोटको आवाज सुनिएको छ।

यसमा १० जना घाइते भएको बताइएको छ। विस्फोट इस्तानबुलको बेयोग्लु जिल्लामा भएको हो। यहाँ उद्धार कार्य जारी छ। यो विस्फोट एक आवासीय भवनको भूमिगत केबल लाइनमा भएको बताइएको छ।

विष्फोटपछि उक्त आवासीय भवनबाट मानिसहरूलाई बाहिर निकालिएको थियो। त्यस्तै, युक्रेनमा रुसी आक्रमण भएको ६० दिनभन्दा बढी भइसक्यो तर दुई देशबीच युद्ध जारी छ। युक्रेनले मारिउपोलमा रहेको स्टिल कारखानामा रुसले लगातार बमबारी गरिरहेको दाबी गरेको छ।

यसैबीच टर्कीले ठूलो दाबी गरेको छ। टर्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ४८ घण्टाभित्र इस्तानबुलमा भेट्न सक्ने बताएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने।

हामी आशा गर्छौं कि रुस र युक्रेनबीचको युद्ध आगामी ४८ घण्टामा अन्त्य हुनेछ। उनले छिट्टै दुवै देशका राष्ट्राध्यक्ष मिलेर समस्या समाधान गर्ने बताए। ‘हामी दुवै देशका नेताहरूसँग सम्पर्कमा छौं’ उनले भने।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार मस्को जाने भएका छन्। उनले त्यहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्। संयुक्त राष्ट्रसंघका प्रवक्ताले पुटिन र गुटेरेसबीच मंगलबार मस्कोमा भेट्ने प्रस्ताव राखेको बताए।

गुटेरेसले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग पनि भेट गर्नेछन्। गुटेर्रेसले बिहीबार युक्रेन पनि जाने कार्यक्रम रहेको द किभ इन्डिपेन्डेन्टले रिपोर्ट गरेको छ।

उनले त्यहाँ राष्ट्रपति जेलेन्स्कीसँग पनि भेट गर्नेछन्। गुटेरेसले यसै साता रुस र युक्रेनलाई पत्र लेखेका थिए । यसमा दुवै देशका राष्ट्रप्रमुखलाई भेट्न अपिल गरिएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ