आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी सेनाले एकसाथ २५ मिसाइल हमला गर्यो, विश्वयुद्ध भए उत्तर कोरिया सहभागी हुने

प्रकाशित
3.5K
SHARES
211110-F-AF202-0232

काठमाडौ।रुसी सेनाद्वारा एकसाथ २५ मिसाइल हमला गरेपछि अमेरिकाको समेत खुट्टा कमाएको छ। युद्ध  गम्भीर मोडमा पुगेका बेला अमेरिकी नेताहरुको रुसी दौडाह सुरु भएको छ।

रुसले युक्रेन सैन्य कारवाही थालेको आज ५८  दिन भएको छ। टर्की शान्तिवार्ताप्रति युक्रेन इमान्दार नभएको भन्दै अघि बढेको रुसी सेनाले राजधानी किभ, मारियोपोल, खार्किव, ओडेसालगायतका शहरमा हमला तेज बनाएको छ।

युक्रेनका राजधानी किभ शहर नजिक पुगेको रुसी सेना टर्की बार्तालगत्तै पछि हटेको थियो। तर, शान्ति वार्तापछि युक्रेन इमान्दार नभएर उल्टै रुसविरुद्ध मिडिया वार गरेपछि रुसी सेना पुनः अघि बढेको हो।

पछि हटेसँगै रुसी सेनाले नियन्त्रण लिएका क्षेत्रमा पुनः युक्रेनी फौजले उपस्थिति जनाएका थिए। बुचा शहरमा भएको लडाइँमा रुसी सेनाले नरसंहार मच्चाएको भन्दै युक्रेनले प्रपोगण्डा मच्चाएपछि रुस आक्रोसित बनेको थियो।

पछिल्लो २४ घण्टामा रुसी सेनाले हवाई र जमिनबाट युक्रेनमाथि हमला थप तेज बनाएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले रुसले २४ घण्टामा २५ मिसाइल प्रहार गरेको बताएका छन्।

हमलाबाट राजधानी किभमा अहिलेसम्मकै ठूलो क्षति पुगेको बताइएको छ।किभाट नजिक रहेका इरपिन शहरमा पनि रुसी सेनाले महला जारी राखेको छ। इरपिन शहर राजधानीबाट सबैभन्दा नजिक पर्छ ।

रुसले दुई दिन पहिले गरेको हमलाले युक्रेनको मिसाइल संरचना र गोदाम पूरै ध्वस्त भएको थियो भने गएराति भएको हमलामा राजधानी किभमा रहेको हतियार भण्डार ध्वस्त भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

उता मारियोपोल शहरमा रहेको युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसी सेनाले समय सीमा दिएको थियो । तर, सो समयभित्र केही युक्रेनी सेनाले आत्मसमर्पण गरेपनि एउटा सानो समूहले प्रतिरोध गरिरहेको छ।

रुसले आत्मसमर्पण नगरे स्टिल कम्पनीमा लुकेर प्रतिरोध गरिरहेको टीममाथि भिषण हमला गर्ने चेतावनी दिएको थियो । युक्रेनी प्रधानमन्त्रीले मारियोपोलमा सेनाले लडिरहेको बताएका छन् ।

यसैबीच युक्रेनलाई सैन्य सहयोग नगर्न पश्चिमा देशहरुलाई रुसले औपचारिक रुपमा चेतावनी दिएको छ । तर, त्यसको बेवास्ता गर्दै अमेरिकाले युक्रेनलाई दिएको हातहतियार युक्रेन पुगेको छ ।

यसले रुसलाई थप आक्रोसित गरेको बताइएको छ । हिजै रुसी सेनाले पश्चिमा देशहरुले दिएको हतियार बोकेको एउटा विमानलाई क्षेप्यास्त्र प्रहार गरेर खसालेको दाबी गरेको थियो ।

पश्चिमा देशहरुसँग युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले परमाणु हमला गर्न सक्ने बताएका छन्। जेलेन्स्कीले रुसविरुद्ध नाकाबन्दी कडाई गर्न आग्रह गरेका छन् ।

रुसको परमाणु हमला युक्रेनको लागि मात्रै नभएर पश्चिमा देशहरुलाई लागि खतरा भएको जेलेन्स्कीले बताउँदै त्यसको प्रतिवाद गर्न आग्रह गरेका छन् । जेलेन्स्कीले आफूले मागेअनुसारको हतियार नदिएको भन्दै नेटोसँग आक्रोस समेत व्यक्त गरेका छन् ।

यसैबीच जनवादी गणतन्त्र कोरियाले नयाँ अत्याधुनिक प्रविधिसहितको क्षेप्यास्त्र सफल परीक्षण गरेको छ । तेस्रो विश्वयुद्धको चर्चाबीच कोरियाका सर्वोच्च नेता किम जोङ उनको प्रत्यक्ष उस्थितिमा नयाँ ब्यालेष्टिक क्षेप्यास्त्रले परीक्षण गरिएको हो ।

यसले उत्तर कोरियाको शक्तिलाई देखाएको छ। नयाँ क्षेप्यास्त्रले परणमु हितयार बोक्न सक्ने बताइएको छ। नेता उनले सत्ता समालेको दश वर्ष पूरा भएको अबसरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा पनि उत्तर कोरियाले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो। अन्तर्राष्ट्रिय संचारमाध्यमले उत्तर कोरियाको पछिल्लो शक्ति प्रदर्शनलाई तेस्रो विश्वयुद्ध भएमा सहभागी हुने संकेत भएको बताएका छन्।

भारतीय संचारमाध्यमहरुले त उत्तर कोरियाले रुसको साथमा विश्व लड्ने बताएका छ। पछिल्लो भिडन्तमा रुसी सेनाले पूर्बि युक्रेन पूर्ण रुपमा कब्जामा लिएको छ। राष्ट्रपति पुटिनले चाडै युक्रेन माथि कब्जा जमाउने उदघोस गरेका छन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ