आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुरक्षा निकायका प्रमुखहरु जंगी अड्डामा

प्रकाशित
292
SHARES

काठमाडौँ। सुरक्षा निकायका प्रमुखहरुले भद्रकालीस्थित सैनिक मुख्यालय ‘जंगी अड्डा’मा भेला भएका छन्। स्थानीय निर्वाचनको सुरक्षाबारे छलफलका लागि उनीहरु भेला भएका हुन्।

आइतबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले छलफल गरेका हुन्।

स्थानीय तह निर्वाचनको सुरक्षा जिम्मेवारी समन्वय र सहकार्य गरेर कार्यान्वयन गर्ने विषयमा सुरक्षा प्रमुखहरुको बिीचमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

छलफलमा सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरु तथा उच्च सुरक्षा अधिकारीहरुको सहभागिता थियो। त्यस्तै,श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर छलफल गरेका छन्।

आइतबार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग विदेशी भूमिमा नेपालीहरुले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन्।

मन्त्री श्रेष्ठले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयमा आफूले उच्च प्राथमिकता दिएको बताए । नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए।

मलेसियामा लामो समय गैरकानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी १० जना श्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको थियो।

मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्वन्धित देशको सरकारसँग कुरा गर्ने बताए। मन्त्री श्रेष्ठले उद्धार गरिएका श्रमिकहरुलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सवै प्रक्रिया बुझेर जान आग्रह गरे।

रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ