आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विदेशमा ‘कालोधन’ लुकाउने सुह्दराजसँग गभर्नर अधिकारीको ‘कालो सम्बन्ध’ एकै पटक ६३० गाडीको…

प्रकाशित
1K
SHARES

काठमाडौ। विदेशमा करछली गरी आर्जन गरेको धन लुकाएर पटकपटक विवादमा आइरहने व्यापारी सुहृद घिमिरेसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कालो सम्बन्ध भएको खुसाला भएको छ।

सरकारले बिलासी वस्तुको आयातको प्रतीतपत्र एलसी खोल्न रोक्ने निर्णयको पूर्वसूचना अधिकारीले घिमिरेलाई गरेको स्रोतको दाबी छ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सवारी साधनसहितका वस्तुको आयात रोक्ने सूची अर्थमन्त्रालयमा बुझाउनु अघि र बुझाएको अवधिको सूचना अधिकारीबाट लिक भएको भन्दै सरकारले छानविन समिति गठन गरेको थियो।

अधिकारीबाट गोप्य सूचना पाएपछि घिमिरेले किया मोटर्सका लागि एकैपटक ६३० थान कार आयातको एलसी जारी गरेको स्रोतको दाबी छ। एलसी रोकिनुभन्दा चार दिनअघि मात्रै उक्त गाडीको एलसी खोलिएको भेटिएको छ।

विवादित व्यपारी घिमिरेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि कोरियन कम्पनी किया मोटर्सको आधिकारिक बिक्रेता हो। उक्त कम्पनीले ७० करोडभन्दा बढी मूल्यका बिसाली गाडी आयतका नबिल बैंकमार्फत एलसी खोलेको भेटिएको छ।

कम्पनीले डीईए सोनेट ३८० थान र किया सेल्टोस २८० थान गाडी ७० करोड ८ लाख ८६ हजार ८७२ रुपैयाँमा गाडी किन्ने गरी एलसी खोलेको हो।व्यपारी घिमिरे कर छली गरी आर्जन गरेको धन विदेशमा कम्पनी स्थापना गरेरै लुकाउन गरेका छन्।

इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ आईसीआईजेले विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा सार्वजनिक गरेको प्यान्डोरा पेपर्स’मा घिमिरे र उनका व्यावसायिक साझेदार पौड्यालको ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता गरी कालोधन लुकाएको पुष्टि गरेको थियो।

आईसीआईका अनुसार सन् २००९ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेर कर छलि गरेकाे रकम लुकाएका थिए।

यस्तै गोप्य सूचना लिक गरेको भन्दै सरकारले चैत २३ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्ने निर्णय गरेको थियो। सो निर्णयसँगै अधिकारी स्वतः निलम्बनमा परेका थिए।

तर, सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट अधिकारी पुनः काममा फर्किएका छन्। गभर्नर अधिकारी र व्यपारी घिमिरेबीच एक दशक पहिलेबाटै सम्बन्ध रहेकाे स्राेतकाे दाबी छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ