आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रेणु दाहालको चुनावी गीत सार्बजनिक, सुनेपछि नेताकार्यकर्ता चकित

प्रकाशित
715
SHARES

काठमाडौ। रेणु दाहालको चुनावी गीत सार्बजनिक भएपछि नेता कार्यकर्ता चकित परेका छन। सत्ता गठबन्धनले भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई दिन सहमतिसँगै चुनावी चहलपहल सुरु भएको छ।

माओवादी नेता कार्यकर्ताहरु सक्रिय भएका छन्। माओवादीले वर्तमान मेयर रेणु दाहाललाई पुनः दोहोर्याउने सैद्धान्तिक निर्णय गरिसकेको छ।

सबै महानगर भन्दा भरतपुरमा उत्कृष्ठ भएको र रेणुले अगाडि सारेका केही योजना बाँकी नै रहेको बताउँदै माओवादीले रेणुलाई नै दोहोर्याउने नेताहरु बताउँछन्।

गठबन्धनले सहमति गरेलगत्तै रेणु दाहालले चुनावी गीत पनि सार्वजनिक गरेकी छन्। मंगलबार महानगर र उपमहानगरको सहमति टुंग्याएसँगै गीतको भिडियो सार्वजनिक गरिएको हो।

सन्ताेष देउजाले परिकल्पना र निर्माण गरेकाे भिडियाेमा रेणु आउनुअघि हिल्लामे सडक अहिले चिल्ला भएका, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा समेटिएको छ।

त्यसैगरी भूमिहीनहरुलाई रेणुले जग्गाधनी पूर्जा वितरण गरेका, विकास निर्माणलाई अनुगमन गरेको दृश्यलाई पनि भिडियोमा उतारिएको छ। त्यस्तै, गीतमा नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशालालगायत स्थानका ड्रोनबाट लिएका दृश्य पनि समेटिएका छन्।

सन्तोष देउजाको शब्दलाई प्रदिप त्रिपाठीको संगीत भरेका छन् भने विष्णु खत्री र टिका पुनको स्वरमा गीत तयार भएको हो। त्यस्तै, भिडियोमा विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटीलगायतको अभिनय गरेको छन्।

भने गीतको शब्द सन्तोष देउजाकै हो। त्यसैगरी पत्रकार रवि अधिकारीले निर्देशन गरेको भिडियोको छायाँकन गरेका हुन् भने नृत्य निर्देशन रविन शाहले गरेका छन्।

त्यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा पुनः रेणु दाहाल उम्मेदवार बन्ने चर्चा चलेको छ। सत्तारुढ गठबन्धनमा भएको सहमतिमा भरतपुर नेकपा माओवादी केन्द्रको भागमा परेसँगै पुनः रेणुको चर्चा सुरु भएको हो।

मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धन बैठकमा ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति भएको छ।

त्यसैगरी गठबन्धनमा भरतपुर महानगर माओवादी, पोखरा एकीकृत समाजवादी, वीरगञ्ज महानगरपालिकाको नेतृत्व जनता समाजवादीले गर्ने सहमति पनि भएको छ। माओवादीको भागमा भारतपुर परेसँगै मेयर रेणु दाहालको चर्चा सुरु भएको हो।

माओवादी नेताहरुले पनि भरतपुरमा सबैभन्दा राम्रो काम गरेको र केही कामहरु बाँकी रहेकोले पुनः रेणु दाहाललाई नै उम्मेदवार बनाउने बताइसकेका छन्।

त्यसैगरी नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनमा सहमति भएको छ।महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ।

गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक÷एकवटा महानगरको उपमेयर लिने पनि सहमति गरेका छन्। सहमति अनुसार काठमाडौ, ललितपुर र विराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा पाउनेछ।

यस्तै पोखराको मेयर पाएको एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौं र ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार दिने सहमति भएको छ । त्यस्तै, बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ।

गठबन्धनले ११ वटा उपमहानगरपालिकाको पनि टुंगो लगाएको छ। जसमा कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने सहमति भएको थियो।

तर, नेपाली काँग्रेसले पोखरा महानगरपालिका छोडेबापत कांग्रेसले सातवटा उपमहानगर पाउने र त्यसको लागि माओवादीले योगदान गर्ने सहमति पनि भएको छ। यसअघि माओवादीले ३ उपमहानगर पाउने भनिएपनि अब दुईवटा मात्रै पाउने बताइएको छ।

बैठकमा कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने दाबी गरेपछि अन्तिम टुंगो आज लगाउने सहमति पनि भएको छ।

यसअघिको सहमति अनुसार घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले, हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ।

अहिलेसम्मको सहमति अनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट उम्मेदवार उठाउनेछ। एक नेताका अनुसार अन्तिम टुंगो आज लााग्ने भएकोले यसमा थोरी हेरफेर हुन सक्ने हुन सक्छ।

गठबन्धनमा सहमति भएको समाचार सार्वजनिक भएसँगै भरतपुरका मतदाताले पुनः रेणु नै चाहिने बताएका छन्। उनले सुरु गरेको विकासलाई अगाडि बढाउन रेणु नै आवश्यक भएको उनीहरुले सामाजिक संजालमा आफ्नो मत व्यक्त गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ