आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकालाई झट्का दिदै चीनले गर्यो डरलाग्दो घोषणा, विश्वभर बढ्यो त्राश

प्रकाशित
2K
SHARES

बेइजिङ। अमेरिकालाई झट्का दिदै चीनले डर लाग्दो घोषणा गरेको छ। चीनले अमेरिका सहित ३ देशलाई सुरक्षा चुनौती दिएपछि बिश्वभर तरङ्ग पैदा भएको छ। सम्झौता गरेको सोलोमोन टापु नजिकै अमेरिकी सेना बसिरहेको छ।

यो घटनाले अमेरिकालाई ह्जन तनाव दिएको बुझीएको छ। चीनले सोलोमोन टापुसँग यसै साता एउटा सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

उक्त सम्झौताले सोलोमोनमा चीनले नौसैनिक अखडा निर्माण गर्न सक्ने चिन्तालाई बढावा दिएको छ। अष्ट्रेलियाले सो सम्झौता रोक्न गरेको प्रयासलाई सोलोमन टापुले अस्वीकार गरेको थियो।

अष्ट्रेलिया सोलोमोन टापुलाई सबैभन्दा धेरै अनुदान दिने दातृ मुलुक हो। यसैबीच, सोलोमोनका प्रधानमन्त्री मानास्सेह सोगाभारेले यस सम्झौताले क्षेत्रीय शान्ति र सौहार्दतामा कुनै आँच नपुग्ने बताएका छन्।

सम्झौताको उद्देश्य परम्परागत गठबन्धन तर्फ लक्षित नरहेको उनको भनाइ छ। सोगाभारेले आन्तरिक सुरक्षा परिस्थितिका लागि सम्झौता गरिएको पनि प्रष्ट पारेका छन्। तर उनले सम्झौताका सर्तहरु सार्वजनिक गरेका छैनन्।

सम्झौताको चुहिएको एउटा दस्तावेजको आधारमा अष्ट्रेलियाली सरकारले अबदेखि चीनले त्यहाँ युद्धपोत रोक्न पाउने र सामाजिक सुरक्षा कायम राख्न सहयोग पुर्याउन बेइजिङले सुरक्षा फौज त्यहाँ पठाउन पाउने जनाएको छ।

त्यस्तै, अमेरिकाबाट चेतावनी आइरहँदा पनि भारतले रुससँग तीव्र रूपमा तेल व्यापार गरिरहेको छ। युक्रेनमा झन्डै तीन महिनादेखि युद्ध गरिरहेको रुसमाथि पश्चिमा राष्ट्रहरूले कडा प्रतिबन्ध लगाइरहेका बेला भारतले चाहिँ विगतमा भन्दा दुई गुणा बढी कच्चा तेल खरिद गरेको बताइएको छ।

यसमा राष्ट्रद्वारा सञ्चालित तेल रिफाइनरहरूले ‘पब्लिक टेन्डर’को सट्टा सहुलियतपूर्ण मूल्यमा खरिद गर्न निजी रूपमा सम्झौता अघि बढाइरहेको भारतीय रिफाइनरी अधिकारी तथा व्यापारीहरूले बताएका छन्।

भारतले पश्चिममा कारोबार गर्ने युरल्सदेखि पूर्वतर्फको एस्पो कार्गोसम्म सबैबाट तेल खरिद गरिसकेको छ।रुससँग भारतको धेरै पुरानो सम्बन्ध छ। भारतले ठुलो संख्यमा रुसबाट हतियारहरू खरिद गर्दै आएको छ।

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठकमा भारतको ऊर्जा आयातमा तालमेल मिलाउन मद्दत गर्ने प्रस्ताव गरेका थिए।

तर, रुसी कच्चा तेलको व्यापारमा सबैतिरबाट बन्देज लाग्नुले यसलाई एकदम सस्तो र आकर्षक डिल’ बनाइदिएको छ, जसकारण पश्चिमा राष्ट्रहरू रुसलाई रोक्ने आफूहरूको प्रायस खेर जाने चिन्तामा परेका हुन्।

यसअघि बाइडेन प्रशासनका शीर्ष आर्थिक सल्लाहकारले रुससँग कारोबार गर्नेबारे अमेरिकाले भारतलाई धेरैपटक चेतावनी दिएको बताएका थिए। उक्त युद्धले विश्वभर मुद्रास्फीति बढाएको छ भने तेलको भाउ अब १०० डलर प्रति ब्यारेलमाथि पुग्ने खतरा भएको छ।

यति हुँदा पनि भारतले रुसबाट फेब्रुअरीको अन्त्यसम्ममा दसौँ लाख ब्यारेल कच्चा तेल खरिद गरेको थियो। आगामी दिनहरूमा रुसी तेल झन सस्तो बन्दै जाने बताइएको छ।

भारत र चीनले मौकामा चौका हानेका छन्। रुसले तेल र ग्याँस विक्री एशियामा केन्द्रित गर्न थालेको छ। उसले भारी छूटमा भारत र चीनलाई कच्चा तेल बेचिरहेको खुलेको छ।

विश्वको आधा जनसंख्या भएको भारतसहित दक्षिण एशिया र चीनमा रुसको ध्यान बढी खिचिनुमा यूरोपमा उसको तेल र ग्याँस खरिद कटौती हो। अमेरिका र बेलायतले रुसको तेल र ग्याँस किन्न छाडेका छन्।

यूरोपेली यूनीयनका कतिपय देशले पनि खरिदमा कटौती गरेका छन्। यूरोपेली यूनीयनका देशहरुले रुसी ग्याँस र तेल नै खरिद रोक्ने गरी तयारी गरिरहेका छन्। यसलाई दृष्टिगत गरी रुसले भारत र चीनमा आफ्नो व्यापार बढाउन थालेको छ।

रुसी तेल उत्पादक कम्पनीहरुले भारतलाई २५ देखि ३० डलर छूटमा प्रति ब्यारल तेल विक्री गरिरहेको खुलेको छ। भारी छूट पाएपछि भारतले रुससँग ६ महिनामा खरिद गर्ने गरेको तेल एक महिनामै खरिद गरिसकेको छ।

रुसी कच्चा तेल बोकेको जहाजहरु समुन्द्रमा भारततर्फ बढिरहेको विषयहरु आएका छन्। यसैगरी, चीनले पनि रुससँग तेल खरिद बढाएको छ। उसले भारी छूटमा तेल खरिद गरिरहेको छ। चीनसँग रुसको ग्याँस पाइपलाइन पनि छ।

हजारौं किलोमिटर दूरीको ग्याँस पाइपलाइन सञ्चालनमा छ। रुसले यूरोपबाट आफ्नो ध्यान एशियामा बढाएको छ। रुस यूरोप र एशिया दुवैमा पर्छ। तर, उसको सामिप्यता यूरोपसँग रहँदै आएको छ।

युक्रेनमाथि हमलापछि यूरोपेली देशहरुले रुसमाथि आर्थिक प्रतिबन्धहरु लगाएका छन्। यसकारण पनि रुसले एशियातर्फ ध्यान बढाएको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ