आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काँग्रेस नेतासहित १० जनाको सामुहिक हत्या, प्रहरी घटनास्थल पुग्दै ?

प्रकाशित
7.7K
SHARES

एजेन्सी। भारतको पश्चिम बंगालमा एकैदिन १० जनाको हत्या भएको छ। आज साँझ बिरभूम जिल्लाको रामपुरहाट क्षेत्रमा अज्ञात व्यक्तिहरुले तृणमूल काँग्रेस पार्टीका चर्चित एक नेतासहित बोक्तइ गाउँका उपप्रधान भादु शेखको हत्या गरेपछि उनका समर्थकले हुलदंगा गरेका थिए।

समर्थकले आक्रमणमा संलग्न भएको आशंकामा केही मानिसका घरहरुमा आगजनी गर्दै कुटपिट गर्दा अन्य ८ जनाको मृत्यु भएको बताइएको छ। खबरअनुसार हालसम्म १० जनाको शव बरामद भएको छ भने धेरै घरमा आगो पनि लगाइएको पाइएको छ।

यो घटनामा केन्द्रिय गृहमन्त्रीले अनुसन्धानको गर्न आदेश जारि गरिसकेका छ। प्रहरीले सत्य- तथ्य अनुसन्धान गरि पर्दाफास गर्ने जनाएको भारतीय संचारमाध्यमहरुले जानाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे सार्वजनिक भएको एउटा खबरले भारतमा हल्लीखल्ली मच्चाएको हो। इमेल द्वारा दिइएको धम्कीमा प्रधानमन्त्री मोदीलाई जसरि भएपनि सिद्द्याउने भनिएको छ।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएको मुम्बई एकाइमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने धम्की दिँदै इमेल पठाइएको छ। यस्तो मेलपछि एनआईएको राष्ट्रिय एकाइले अनुसन्धान सुरु गरेको छ।

इमेल गर्नेले यो षड्यन्त्र पर्दाफास नहोस् भनेर आत्महत्या गरिरहेको बताएको छ। उनले मेलमा आफू र आफ्ना जनता प्रधानमन्त्री मोदीलाई मार्न तयार रहेको लेखेका छन्। तिनीहरूसँग २० किलो आरडीएक्स र २० स्लिपर सेल छन्।

तेस्तै, भारतीय राज्य उत्तराखन्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्। चुनाव पराजयपछि पनि उनी उत्तराखन्डको मुख्यमन्त्री बन्न लागेका हुन्। मार्चको दोस्रो साता सार्वजनिक भएको विधान सभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।

उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएका छन्। भाजपा विधायक दलको नेता निर्वाचित भएपछि धामीले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई मतदान गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन्।

‘पुस्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन्। उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ,’ रक्षामन्त्री राजनाथ सिंहले भने। आगामी १० वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए।

उनले बुधबार २३ मार्चमा मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ।

धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरु इच्छुक रहेका छन्। ७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको थियो। विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो।

कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतअन्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए। तेस्तै,नेपाल–भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ।

स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो।

भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड–लास्कुखोलामहाकाली नदी किनार–नमसिकारकिम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन्।

भारतले पहिलेको तटबन्धभन्दा ९ मिटर वरै नेपालतर्फ सीमा रहेको महाकाली नदीको पानी नेपालतर्फ धकेलिने गरी तटबन्ध बनाउन थालेको हो। भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ १ मिटर वरै पुनः जेसिवी चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको छ।

सदरमुकाम खलंगाका स्थानीय भोजराज जोशीले भने, हामीले पटकपटक विरोध गरेका छौं, तर पनि नत भारतीय पक्ष पछि हट्छ, नत नेपालतर्फको स्थानीय प्रशासनले नै सुन्छ।

भारतले यसरी आफूखुसी महाकाली नदी साँघुरिनेगरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुगने आँकलन गरिएको उनले बताए।

उनले भने, महाकाली नदीलाई भारतले आफ्नोतर्फको जमिनमा ड्याम बाँधेर तटबन्ध गरिँदा नदी साँघुरिने भई त्यसले नेपालतर्फको भू–भागमा क्षति पुग्ने निश्चित छ। आजको नागरिक दैनिकमा समाचार छ।

तेस्तै, भारतको छत्तिसगढको राजधानी रायपुरमा अबेर राती एक व्यक्तिले एक दर्जनभन्दा बढी गाडीलाई ठक्कर दिएपछि थुप्रै घाइते भएका छन्। अन्त्यमा एउटा भित्तामा ठोक्किएपछि उनको कार दुर्घटनाग्रस्त भयो।

कार चालकको ठक्करले पानीपुरीको ठेलालाई धकेल्दै आफ्नो घर फर्किरहेका एक युवकको मृत्यु भएको छ। पुरानो बस्ती प्रहरीका अनुसार रायपुरको तेलीबान्धा इलाकामा बस्ने देवराज पलले आफ्नो साथीको कार मागेका थिए।

उनले नसामा चुर भएर भाटागाँवबाट कार चलाउन सुरु गरे र बाटोमा थुप्रै गाडीलाई ठक्कर दिँदै तीब्र गतिमा थुप्रै किलोमिटरसम्म अघि बढ्यो ।यतिबेला पैदल हिँडिरहेका थुप्रै मानिस यो तीब्र गतिको कारको चपेटामा आए।

पानी पुरीको ठेला गुडाएर आफ्नो घर फर्किरहेका एक युवक पनि यो तीब्र गतिको कारको चपेटामा आए। उनको घटनास्थलमा नै मृत्यु भयो । प्रहरीका अनुसार मृतक लक्ष्मीकान्त जाटव मूलतः उत्तरप्रदेशको जालौनका बासिन्दा थिए।

त्यसपछि तीब्र गतिको कार बुढातालाब नजिकै एउटा भित्तामा गएर ठोक्कियो जसका कारण कार चालक देवराज पल पनि घाइते भए । प्रहरीका अनुसार कार चालक अस्पतालमा भर्ना छन् र पूरा घटनाको अनुसन्धान भइरहेको छ।

रतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ। यद्यपी आइबार मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २५ हजार १०६ पुगेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ३१ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ५१० को मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ६५२ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६७ हजार ७७४ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८३ करोड ५२ लाख २५ हजार ६० डोज खोप लगाइएको छ।

प्रतिक्रिया