आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनी सेना भटाभट आत्मसमर्पण गर्दै, मुख्य शहर मारियोपोल रुसी सेनाले कब्जामा लियो

प्रकाशित
1.7K
SHARES

एजेन्सी। रुसी सेना युक्रेनको सैन्य कारवाही थालेको ५७ दिनपछि मारियोपोल शहर कब्जामा लिएको छ। युक्रेनको मुख्य शहर मारियोपोल कब्जामा लिएको छ। रुसले मारियोपोलमा लुकेर प्रतिरोध गरिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न समय सीमा दिएको थियो।

उक्त सयम सीमा भित्र स्टील कम्पनीको बंकरमा लुकेर प्रतिरोध गरिरहेका युक्रेनी सेनाले भटाभट आत्मसमर्पण गरेपछि रुसले पूरै शहर कब्जमा लिएको घोषणा गरेको हो।

युक्रेनी सैन्य कारवाहीको कमाण्ड गरेका कमाण्डरले मारियोपोल शहर पूर्ण रुपमा नियन्त्रणमा लिएको जानकारी गराएको रुसी संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले मारियोपोल कब्जामा लिएको पुष्टि गरेका छन्।

मारियोपोल शहर युक्रेनको मुख्य शहर हो। यूरोपको सबैभन्दा ठूलो स्टील कम्पनी पनि मारियोपोलमै छ। समुन्द्री बन्दरगाहसँग जोडिएको यही शहरबाट हुँदै युक्रेनले आयत र निर्यत गर्दै आएको छ।

यहाँबाट रुससँग गाभिएको क्राइमिया, डोनबास, लुहान्सलगायतका पूर्वी क्षेत्रमा सँग जोडिन्छ। रुसले पूर्वी युक्रेनमा जानलाई मारियोपोल नियन्त्रणमा लिनु अनिवार्य जस्तै भएको बताइएको छ।

मारियोपोलको महत्वलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियोपोल युक्रेनीको मुटु भएको भन्दै यो गुमेपछि ढककन नै रोकिने बताएका थिए। जेलेन्स्कीले यो कुरा गरेर पश्चिमा देशबाट हतियार माग्ने र मोरियोपोलबासीलाई रुसी सेनासँग प्रतिरोध गर्न भिडियो सन्देशमार्फत भनेका थिए।

तर, नभन्दै रुसी सेनाले मारियोपोल कब्जामा लिएको छ। युद्धमैदानमा रहेका रुसी सैनिकहरुले मारियोपोल कब्जामा लिएको खुशीयाली मनाइरहेको भिडियो भारतीय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन्।

मारियोपोल बन्दगाहसँग जोडिएकाले पनि युक्रेनले अन्तिमसम्म लडेको थियो भने रुसी सेनाले पनि घेराबन्दी गर्दै मारियोपोलमाथि भिषण हमला गरेको थियो। रुसले अन्य शहरभन्दा सेना पनि मारियोपोलमा बढी नै पठाएको थियो। यससँगै रुसले आफूले पूर्वी युक्रेनमा पूर्ण नियन्त्रण चाहेको बताएको छ।

मारियोपोलमा १ हजार युक्रेनी सेनाले एकै पटक आत्मसमर्पण गरेका थिए। दोस्रो विश्वयुद्धको बेला तत्कालिन सोभियत सेनाले मारियोपोलमा बनाएको सुरुङमा लुकेर अहिलेसम्म युक्रेनी सेनाले प्रतिरोध गरिहेको थियो।

बंकरमा स्थानीय नागरिकलाई सँगै लिएको कारण रुसी सेनाले ठूलो मानवीय क्षति नगरेरै मारियोपोल कब्जामा लिन चाहेकोले युद्ध लम्बिएको थियो ।दुई दिन पहिले मात्रै रुसले १८ हजार किलोमिटर टाढासम्म आरणविक ब म खसाल्न सक्ने अन्तरदेशीय ब्यालेष्टिक मिसाइल सफल परीक्षण गरेको थियो ।

यसले अमेरिकासहित विश्वका कुनै देशमा सजिलै हमला गर्न सक्ने बताइएको छ। यो क्षेप्यास्त्रको परीक्षणसँगै रुसले आफ्नो विरुद्धमा उभिनेहरुले दश पटक आफ्नोबारेमा सोच्नुपर्ने चेतावनी दिएको थियो।

राष्ट्रपनि पुटिनले क्षेप्यास्त्र परीक्षणपछि बोल्दै सो चेतावनी दिएका दिएका थिए। रुसी सेनाले राजधानी किभ, खार्किभलगायतका ठूला शहरमा हमला जारी राखेको छ। मे ९ भन्दा पहिले नै रुसले युक्रेन कब्जामा लिने योजना बनाएको बताइएको छ।

रुसले दोस्रो विश्वयुद्धमा जर्मनलाई हराएको सम्झनामा मे ९ राष्ट्रिय दिवस मनाउँदै आएको छ। यसमा रुसले आफ्नो शक्ति प्रदर्शन गर्नुको साथै भावि योजना पनि बनाउने गरेको छ। मे ९ भन्दा पहिले नै रुसले युक्रेनमा विजयका झण्डा फराउने छ।

मारियोपोल आफ्नो मुटु भएको बताएका राष्ट्रपति जेलेन्स्कीले कब्जाको सन्देश पाएसँगै तनावमा रहेको बताइएको छ। मारियोपोल गुमे आफ्नो धडकन रोकिने बताएका थिए जेलेन्सकीले। त्यसैले केही भारतीय संचारमाध्ममहरुले जेलेन्स्कीको ढुकढुकी बढेको बताएका छन्।

युक्रेनी सेनाले भटाभट आत्मसमर्पण गरिरहेका छन्। रुसी सेनाले हतियार बिसाएर हात उठाउन गरेको आग्रहलाई स्वीकार गर्दै युक्रेनी सेनाले मारियोपोलमा आत्मसमर्पण गरिरहेका छन्। यसअघि १ हजार सेनाले एकै पटक आत्मसमर्पण गरेका थिए।

रुसी सेनाले मारियोपोलमा १० घण्टे युद्धबिराम गरेको छ। एकतर्फी रुपमा गरिएको युद्धविराम गरेर फसेका नागरिकलाई बाहिर जान समय दिएको बताएको छ। युद्धविराम गरेपछि मारियोपोलको स्टील उद्योगमा बंकरमा लुकेको युक्रेनी सेनाहरु बाहिर निस्केर आत्मसमर्पण गरिरहेका छन्।

घाइते अवस्थामा रहेका युक्रेनी सेनाकाे रूसी सेनाले उपचार गरेकाे छ। केही दिनदेखि खाना नपाएर भाेकभाेकै लडिरहेका उनीहरूलाइ रूसी सेनाले खाना समेत खुवाएकाे छ ।रुसी रक्षा मन्त्रालयले जारी गरेको भिडियोमा युक्रेनी सेनाले हात उठाएर आत्मसमर्पण गरिरहेको देखिएको छ। उनीहरुको शरीरका विभिन्न भागमा गोली तथा छर्रा लागेर घाइते भएका छन्।

घाइते उनीहरुको रुसी सेनाले उपचार समेत गरेको रुसी रक्षा मन्त्रालयले बताएको छ। मारियोपोलमा रुसी सेनाले पछिल्लो पाँच घण्टामा भिषण हमला गरेको छ। ब्ल्यक सीमा पाँचवटा युद्धपोत तैनाथ गरेर रुसले मारियोपोललाई घेराउ गरिरहेको छ।

समुद्रमा तैनाथ जहाजबाट पाँच वटा मिसाइल एकै साथ प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्। आत्मसमर्पणको लागि दिएको समय सीमा भित्र केही युक्रेनी सेनाले प्रतिरोध गरिरहेका छन्।

मारियोपोलको स्टील उद्योगमा रहेको सेना विदेशी नागरिक भएको रुसले जनाएको छ। यसले नेटो देशका सेनाले युक्रेन आएर लडाइँ लडिरहेको बताएको छ। युक्रेनी सेनाले थप क्षति हुन नदिने आत्मसमर्पण गरेपनि विदेशी सेनाले भने रुसविरुद्ध लडिरहेको छ।

आत्मसमर्पण गरेपछि परिचय खुल्ने गरले विदेशी सेना अन्तिम अबस्थासम्म पनि लड्न सक्ने बताइएको छ। रुसले डोनबास, ओडिसालगायत क्षेत्रमा हमला तेज पारिदिएको छ ।आजै अमेरिकालगायत नेटो देशहरुले दिएको हतियार युक्रेन पुगेको छ।

रुसले यसअघि हतियार ल्याउँदै गरेको विमान खसालिदिएको थियो। अमेरिकासहित पश्चिमा देशहरुले हतियार दिएर युक्रेनको थप क्षति पुर्याउने लागेको रुसले बताएको छ। उनले हतियार दिन देशविरुद्ध कारवाही गर्न सक्ने चेतावनी पनि दिएको थियो।

आज रुसले युक्रेनमाथि सैन्य कारवाही गरेको ५६ दिन पुगेको छ। युक्रेनले विदेशी देशसँग थप हतियार मागेका छन्। रुसले मे ९ सम्म लडाइँ जित्न चाहन्छ। उक्त दिनमा तत्कालिन सोभियत संघले जर्मनलाई हराएको थियो।

सोही दिनको सम्झनामा रुसले विजय उत्सव मनाउँदै आएको छ। यो बर्ष युक्रेनमाथि विजयसहित उत्सव मनाउने रुसको तयारी छ। भारतीय संचारमाध्यमहरुले अनुसार सोही दिनसम्म लडाइँ जित्न रुसले न्यूक्लियर हमला गर्न सक्ने बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ