आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा घट्यो डरलाग्दो घटना, विश्वभर बढ्यो त्राश

प्रकाशित
7.1K
SHARES

अमेरिका। अरुलाई सदाचारको पाठ पढाउने अमेरिका उसको आफ्नै देशमा डरलाग्दो घटना घटेको छ। करिब १३ करोड ७० लाख अमेरिकी नागरिक एकदमै खराब अवस्था रहेको हावा अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ।

बिहीबार यहाँ सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ। उक्त रिपोर्ट अनुसार यहाँका करिब १३ करोड ७० लाख अमेरिकी नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ।

अमेरिकी लङ एसोसिएसनले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको समाचारमा जनाइएको छ। यहाँ खराब वायुको मात्रा बढ्दै गएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख भन्दा केही बढी रहेको भए पनि यो मात्रा बढेको पाइएको सो प्रतिवेदनमा जनाइएको छ।

सन् २००० देखि उक्त संस्थाले यहाँको वायुको गुणस्तरीयता मापन गर्ने गर्दै आएको छ। पछिल्लो समयमा सो एसोसिएसनले यस्तो खराब  वायुमा बस्न बाध्य भएका नागरिकको संख्याका बारेमा पनि अनुसन्धान गर्ने गरेको छ।

त्यस्तै, रुसले युक्रेनमा आक्रमण थालेको दुई महिना पुगिसक्दा युक्रेनलाई हालसम्म ६० अर्ब अमेरिकी डलर नोक्सान भएको विश्व बैंकले जनाएको छ। रुसले आक्रमण गरेपछि युक्रेनका अनगिन्ती भवन, पूर्वाधार नष्ट भएका छन्।

रुसी सेनाले युक्रेनी नागरिकको सम्पत्ती लुटपाट गरेको खबर पनि आएको छ। यी सबै विषयलाई मध्यनजर गर्दै विश्व बैंकले प्रारम्भिक अनुमानमा युक्रेनलाई ६० अर्ब अमेरिकी डलर नोक्सान भएको जनाएको छ।

युद्ध अझै जारी रहेकाले युक्रेनलाई झनै बढी नोक्सानी हुने पनि जनाइएको छ। यो विचमा अमेरिकाको होस् हवास उड्ने गरि रुसले कसैसँग नभएकाे र विश्वका जुनसुकै स्थानमा आणविक हमला गर्न सक्ने क्षेप्यास्त्र परीक्षण गर्याे।

रुसले एउटा नयाँ र शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफल परीक्षण गरेको छ। युक्रेनमा सैन्य कारवाही सुरु गरेको दुई महिना पुग्नैलाग्दा रुसले नयाँ आणविक क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरेको हो।

रुसी अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले एकै पटक १० भन्दा धेरै परमाणु ब म बोकेर मार हान्न सक्छ। यसले १० हजार किलोमिटरसम्म मार हान्न सक्ने बताइएको छ।

क्षेप्यास्त्र उत्तरपश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो भने करिब ६००० किलोमिटर टाढा खसेको थियो। यसले अमेरिकाका जुनसुकै शहरमा पनि आणविक हमला गर्न सक्ने बताइएको छ। यसले १८ हजार किमि टाढासम्म मार हान्न सक्छ।

क्षेप्यास्त्रको सफल परीक्षणपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसविरुद्ध लाग्नेहरुले आफ्नो बारेमा दुई पटक सोचेर मात्रै लाग्न चेतावनी दिएका छन्। शत्रुहरुले रुसविरुद्ध लाग्नुभन्दा पहिले अब दुई पटक सोच्नुपर्ने हुन्छ पुटिनले भने।

पुटिनले यस्तो क्षेप्यास्त्र कुनै पनि देशसँग नभएको बताउँदै विश्वमै पहिलो पटक परीक्षण गरिएको बताए। उनले क्षेप्यास्त्रद्वारा एकैपटकमा १० वा सोभन्दा धेरै परमाणु ब म प्रहार गर्न सकिने बताए।

उनका अनुसार उक्त क्षेप्यास्त्र एन्टी मिसाइल रहेकोले अन्य हतियार वा मिसाइलले त्यसमा कुनै क्षति गर्न सक्दैन। याे मिसाइल १६ हजार किलाेमिटर प्रतिघण्टा र ध्वानीभन्दा १० गुणा बढी मार हान्न सक्छ।

अमेरिका सहित पश्चिमा देशहरुले रुसविरुद्ध युक्रेनलाई हतियार दिइरहेको बेला रुसले कसैसँग नभएको क्षेप्यास्त्र सफल परीक्षणलाई अर्थपूर्ण हेरिएको छ। रुसले युक्रेनका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ।

तर, पश्चिमा देशहरुले हतियार सहयोग गरेका कारण ठूलो मानवीय क्षति हुने भन्दै रुसले घेराबन्दी गर्दै युक्रेनी जस्थालाई गलाउँदै लगेको छ। यसै बीच रुसले युक्रेनको महत्वपूर्ण मरियोपोल आफो नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया