आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड पुत्री रेनु दाहालले दिइन एकाएक राजिनामा, नेता कार्यकर्ता चकित

प्रकाशित
580
SHARES

चितवन। चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन्। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाएकी हुन्।

उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन्। निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन्।

पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ। ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

यस्तै पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।

भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।

यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत: सर्वसम्मत सिफारिस भएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादी पार्टीहरू एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विभाजित माओवादीहरू मुल पार्टीमै फर्किन आह्वान गरे ।

‘मैले साथीहरुले मार्मिक ढंगले बहस गर्न थालेको सुनेको छु । किन माओवादी र प्रचण्डलाई गाली गरियो? हामीले पश्चाताप गर्नु पर्छ। हामी माओवादी र प्रचण्ड भएको ठाउँमा जानुपर्छ। भन्ने गरेको सुनेको छु’, उनले भने, ‘हामी सच्चा माओवादीको निम्ति खुसीको कुरा हो ।’

प्रचण्डले बिहीबारमात्रै कैलालीबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको पनि बताए । ‘पार्टी स्थापना दिवसका दिन फेरि अपिल गर्दछु ।

प्राप्त उपलब्धिको रक्षाका निम्ति एक हुनुपर्छ’, प्रचण्डले भने, ‘माओवादीले ल्याएका परिवर्तनका उपलब्धि उल्ट्याउन षड्यन्त्र भइरहेकाले विभाजित माओवादी एक हुनुको विकल्प छैन ।’

प्रचण्डले अगाडि भने, ‘सबै माओवादी धाराका माओवादीहरूलाई विशेष अपिल गर्दछु। देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरु मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइराखेको छ।

संघीय लोकतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेको छ। अहिले उत्पीडित समुदायको अधिकार खोस्ने प्रक्रिया रोकिएको छैन ।

त्यसलाई रोक्नका लागि माओवादी एक हुनैपर्छ ।’ समय धेरै घर्किसकेपछि एकतामा जोडिनुको अर्थ नहुने भन्दै प्रचण्डले त्यसैले समयमै एकतामा जोडिन आह्वान गरे ।​

प्रतिक्रिया

आजको ट्रेन्डिङ