आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको ५६ औँ दिन युक्रेनको नाम लिदै अमेरिकाले गर्यो डरलाग्दो घोषणा, विश्वभर बढ्यो त्राश

प्रकाशित
3.7K
SHARES

एजेन्सी। युद्धको ५६ औँ दिन अमेरिकाले गर्यो डरलाग्दो घोषणा गरेपछि विश्वभर त्राश बढेको छ। युक्रेनलाई सपोर्ट गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्।

बाइडनका अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उनले रुस–युक्रेन युद्ध गम्भीर मोडमा पुगेकाले युक्रेनलाई हतियार चाहिएको उल्लेख गरे।

युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए। यसैहप्ता बाइडेनले त्यस्ता हतियार पनि यक्रेन पठाउने बताएका थिए।

गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ। बुधबार मात्र बाइडेनले युक्रेनका सेनाहरु बहादुर र निडर भएको बताएका थिए।

उनले अमेरिकी रक्षा सल्लाहकारसँग भनेका थिए, युक्रेनी सेनाहरु मेरो सोचभन्दा बढी मजबुत र गर्व गर्न लायक छन्। त्यस्तैयुक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन्।

“ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने।देशका अन्य ठाउँहरूमा पनि यस्तैगरी शवहरू छरिएको र सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ।

रुसले युक्रेनमाथि गत फेब्रअरी २३ मा आक्रमण गर्न थालेको हो। आक्रमणका कारण हजारौँको मृत्यु भएको, हजारौँ घाइते भएको र लाखौँ मानिस विस्थापित भएको दाबी गरिएको छ। त्यसैगरी धेरै भौतिक संरचनाहरूमा पनि क्षति भएको छ।

साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ।संयुक्त राष्ट्रसङ्घलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन्। भने दर्जनौँ देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन्।

आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ। आक्रमण भएको सुरुका केही दिनमा चरण चरणमा दुई पक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ।

रुस -युक्रेन युद्ध झन् गम्भीर मोडमा पुगेको छ। यो बिचमा अमेरिकि राष्ट्रपति पुटिनले रुसलाई चिढाउने निर्णय गरेका छन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका सेनाहरु बहादुर र निडर भएको बताएका छन्।

आफू युक्रेनी सेनाको बहादुरी देखेर अचम्ममा परेको पनि उनको भनाइ छ। उनले अमेरिकी रक्षा सल्लाहकारसँग भनेका छन्,‘युक्रेनी सेनाहरु मेरो सोचभन्दा बढी मजबुत र गर्व गर्न लायक छन्।’

युक्रेनी सेनाको बहादुरी देखेर रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि चकित भएको बाइडेनको भनाइ छ। यस्तै उनले नेटो समूहले एकजुट भएर युक्रेनलाई सहयोग गरिरहँदा रुस हैरान भइसकेको पनि उनले उल्लेख गरे।

उनले युक्रेनलाई थप हतियार पठाउने पनि प्रतिवद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ। उनले भनेका छन्,‘युक्रेनलाई हतियार तथा गोलाबारुदको सहयोग निरन्तर जारी छ। हामी साझेदारीको महत्व अहिले बुझिरहेका छौं।

त्यस्तै,युक्रेनमा आक्रमण थालेको दुई महिना पुगेपछि रुसले शक्ति प्रदर्शन गर्न परमाणु सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ।

यो शक्तिशाली क्षेप्यास्त्रको परीक्षणसँगै राष्ट्रपति भ्लादमिर पुटिनले दुश्मनले रुसविरुद्ध कुनै पनि कदम चाल्न अगाडि अब दुईपटक सोच्न बाध्य हुने बताएका छन्।

रोयटर्सका अनुसार यो ‘सरमत अन्तरमहादेशीय क्षेप्यास्त्र’को परीक्षण रुसले पहिलोपटक गरेको हो।यो क्षेप्यास्त्र उत्तर पश्चिमी रुसको प्लेसेत्स्कबाट छाडिएको थियो। ६ हजार किलोमिटरको दुरी पार गर्दै यो क्षेप्यास्त्र लक्ष्यमा पुगेको थियो।

युक्रेनमा आक्रमण सुरु भएयता पुटिनले परमाणु हतियारसहितको डिटरेन्ट फोर्सलाई तयार रहन निर्देशन दिएका थिए।रुसले विदेशी सेनाहरु युक्रेनको भूमिमा पुगेको खण्डमा आफूले परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिँदै आएको छ।

यसबीचमा परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण गरेपछि रुसले साँच्चै यो हतियार प्रयोग गर्नसक्छ भन्ने संकेत दिएको छ।यद्यपी युक्रेन मामिलामा पश्चिमा राष्ट्रहरुको हस्तक्षेप नभएसम्म रुसले यस्ता हतियार प्रयोगमा नल्याउने पनि बताउँदै आएको छ।

सरमत क्षेप्यास्त्रको बारेमा: रुसका अनुसार सरमत अन्तरमहादेशीय क्षेप्यास्त्र विश्वकै शक्तिशाली क्षेप्यास्त्र हो। यो क्षेप्यास्त्र एक महादेशदेखि अर्को महादेश पुग्नसक्छ। यसले दुश्मनको प्रतिरक्षा प्रणालीलाई पनि मात खुवाउँछ।

यो क्षेप्यास्त्रको वजन २ सय टन हो। यसले १० भन्दा बढी विस्फोटक पदार्थ बोक्छ। यसमा परमाणु हतियार राख्न सकिन्छ। यो क्षेप्यास्त्रले १८ हजार किलोमिटरको दुरी पार गर्नसक्छ। यसको लम्बाई ३५.३ मिटर छ भने यसको व्यास ३ मिटर छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ