आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने

प्रकाशित
258
SHARES
Ukraine Tensions

काठमाडौं। भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ। युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको क्षतिको समेत अध्ययन गरिरहेको एएनआईले जनाएको छ।

भारतीय सेना रुसी हतियारको महत्वपूर्ण प्रयोगकर्ता हो। रुसी शैलीका टी ९० एवम् टी ७२ ट्यांक तथा बीएमपी नामक बख्तरबन्द गाडीलगायतका सैनिक सवारी भारतीय सेनामा समावेश छन्।

विगतमा पाकिस्तानको सीमाक्षेत्रमा तैनाथ गरिएका यस्ता उपकरणलाई भारतले हाल चीनको सीमा क्षेत्रमा पनि तैनाथ गरिरहेको एएनआईले जनाएको छ।

त्यस्तै, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कार्यकाल सकिनै लागेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई धन्यवाद ज्ञापन गरेका छन्। उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले दुई नेताबीच पत्राचारका क्रममा सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई धन्यवाद ज्ञापन गरेको जनाएको हो ।

आफ्नो कार्यकालको अन्तिम दिनसम्म कोरियाली राष्ट्रका निम्ति महान् कामको प्रयासका लागि किम जोङ उनले मुन जाए इनको प्रशंसा गर्नु भएको छ। केसीएनएले जनाएको छ ।केसीएनएले दुई नेताबीचको पत्राचारले ‘गहिरो विश्वासको अभिव्यक्ती’ को रुपमा चित्रित गरेको छ।

मुन जाए इनले दक्षिण कोरियाली राष्ट्रपतिको पदबाट विदा लिन तीन साता रहेका बेला दुई नेताबीच पत्राचार भएको खुलासा भएको हो। मुन जाए इनको स्थानमा उत्तरप्रति अनुदार विचार राख्ने युन सुक इयोलले चाँडै दक्षिण कोरियाको नयाँ राष्ट्रपति जिम्मेवारी सम्हाल्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

किम जोङ उनले पत्राचार गरेको मुन जाए इनको कार्यालयले पनि पुष्टि गरेको जनाइएको छ । मुनले गत बुधबार उत्तर कोरियाली सर्वोच्च नेतालाई पत्र पठाएको जनाइएको छ ।

उक्त पत्रमा राष्ट्रपति मुनले सन् २०१८ मा भएको शिखर वार्ताका आधारमा कोरियाली एकताका लागि तयार रहेको प्रतिबद्धता प्रकट गरेको जनाएका थिए ।

पत्रमा मुनले वार्ताका माध्यमबाट ‘आक्रामक युग’ को अन्य हुनुपर्ने र अन्तर कोरियाली वार्ता अर्को प्रशासनको जिम्मेवारी रहेको उल्लेख गरेको रोयटर्सले जनाएको छ।

बिहीबार किमले मुनलाई जवाफी पत्र पठाएको र उक्त पत्रमा उनीहरुबीच भएको ‘ऐतिहासिक’ सम्मेलनहरुबाट जनताले  भविष्यको आशा’ गरेको बताए।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किम दक्षिण कोरियामा रहेका बेला दुई नेताबीच पत्राचार भएको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ