आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शत्रुलाई दुई पटक सोच्न बाध्य बनाउने रुसको सरमत क्षेप्यास्त्र, अमेरिका समेत डरायो

प्रकाशित
444
SHARES

एजेन्सी। युक्रेनमा आक्रमण थालेको दुई महिना पुगेपछि रुसले शक्ति प्रदर्शन गर्न परमाणु सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ।

यो शक्तिशाली क्षेप्यास्त्रको परीक्षणसँगै राष्ट्रपति भ्लादमिर पुटिनले दुश्मनले रुसविरुद्ध कुनै पनि कदम चाल्न अगाडि अब दुईपटक सोच्न बाध्य हुने बताएका छन्।

रोयटर्सका अनुसार यो ‘सरमत अन्तरमहादेशीय क्षेप्यास्त्र’को परीक्षण रुसले पहिलोपटक गरेको हो।यो क्षेप्यास्त्र उत्तर पश्चिमी रुसको प्लेसेत्स्कबाट छाडिएको थियो। ६ हजार किलोमिटरको दुरी पार गर्दै यो क्षेप्यास्त्र लक्ष्यमा पुगेको थियो।

युक्रेनमा आक्रमण सुरु भएयता पुटिनले परमाणु हतियारसहितको डिटरेन्ट फोर्सलाई तयार रहन निर्देशन दिएका थिए।रुसले विदेशी सेनाहरु युक्रेनको भूमिमा पुगेको खण्डमा आफूले परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिँदै आएको छ।

यसबीचमा परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण गरेपछि रुसले साँच्चै यो हतियार प्रयोग गर्नसक्छ भन्ने संकेत दिएको छ।यद्यपी युक्रेन मामिलामा पश्चिमा राष्ट्रहरुको हस्तक्षेप नभएसम्म रुसले यस्ता हतियार प्रयोगमा नल्याउने पनि बताउँदै आएको छ।

सरमत क्षेप्यास्त्रको बारेम: रुसका अनुसार सरमत अन्तरमहादेशीय क्षेप्यास्त्र विश्वकै शक्तिशाली क्षेप्यास्त्र हो। यो क्षेप्यास्त्र एक महादेशदेखि अर्को महादेश पुग्नसक्छ। यसले दुश्मनको प्रतिरक्षा प्रणालीलाई पनि मात खुवाउँछ।

यो क्षेप्यास्त्रको वजन २ सय टन हो। यसले १० भन्दा बढी विस्फोटक पदार्थ बोक्छ। यसमा परमाणु हतियार राख्न सकिन्छ। यो क्षेप्यास्त्रले १८ हजार किलोमिटरको दुरी पार गर्नसक्छ। यसको लम्बाई ३५.३ मिटर छ भने यसको व्यास ३ मिटर छ।

मेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका सेनाहरु बहादुर र निडर भएको बताएका छन्।आफू युक्रेनी सेनाको बहादुरी देखेर अचम्ममा परेको पनि उनको भनाइ छ। उनले अमेरिकी रक्षा सल्लाहकारसँग भनेका छन्,‘युक्रेनी सेनाहरु मेरो सोचभन्दा बढी मजबुत र गर्व गर्न लायक छन्।’

युक्रेनी सेनाको बहादुरी देखेर रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि चकित भएको बाइडेनको भनाइ छ। यस्तै उनले नेटो समूहले एकजुट भएर युक्रेनलाई सहयोग गरिरहँदा रुस हैरान भइसकेको पनि उनले उल्लेख गरे।

उनले युक्रेनलाई थप हतियार पठाउने पनि प्रतिवद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ। उनले भनेका छन्,‘युक्रेनलाई हतियार तथा गोलाबारुदको सहयोग निरन्तर जारी छ।

हामी साझेदारीको महत्व अहिले बुझिरहेका छौं। गतहप्ता अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर सहयोग गर्ने जानकारी दिएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ