आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड धनगढी विमानस्थलमै भएका बेला घट्यो अनौठो घटना

प्रकाशित
1.1K
SHARES

काठमाडौं। धनगढी विमानस्थलको विशिष्ट कक्षमा अनौठो घटना घटेको छ। धनगढी विमानस्थलको विशिष्ट कक्षमा बिहीबार नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व मा‌ओवादी नेता हाल नेकपा एमालेका सचिव लेखराज भट्ट सँगै थिए।

अध्यक्ष प्रचण्ड काठमाडौँबाट पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थल पुगेका थिए भने एमाले सचिव भट्ट गृहक्षेत्रबाट संघीय राजधानी फर्कनका लागि विमानस्थल पुगेका थिए।

संयोगले दुवैको समय एउटै पर्‍यो र विमानस्थलको विशिष्ट कक्षमा भेट भयो। तर, न त सामान्य शिष्टाचार भयो, न त बोलचाल नै। लेखराज भट्ट झण्डै आधा घण्टा पहिले विमानस्थलको विशिष्ट कक्षमा प्रवेश गरेका थिए।

उनीसँगै अर्का एमालेका नेता कर्ण थापासहित केही कार्यकर्ता थिए। लगत्तै माओवादी अध्यक्ष प्रचण्ड काठमाडौँबाट आइपुगे र समर्थकसहित विशिष्ट कक्षभित्र प्रवेश गरे।

एमाले सचिव भट्टसहितका नेता विशिष्ट कक्षको एक क्षेउमा बसिरहेका थिए। प्रचण्ड लगायतका नेताहरू आएर अर्को छेउमा बसे। दुवैबीच देखादेखसम्म भयो तर कोही कसैसँग एक शब्द पनि बोलेनन्। प्रचण्डको पत्रकार सम्मेलन सुरु भएपछि उनी आफ्ना कुरा राख्न थाले।

लेखराजसहितका नेताहरूले उनका कुरा सुनिरहे।१५ मिनेटपछि प्रचण्ड सम्मेलनमा बोलिरहेकै बखत लेखराज भट्ट लगायतका नेताको प्लेन उड्ने समय भएपछि एक छेउबाट विशिष्ट कक्षबाट बाहिरिए।

जनयुद्धको सुरुवातदेखि नै सँगै रहेका र प्रचण्डको विश्वासपात्र समेत रहेका लेखराज भट्ट हाल नेकपा एमालेमा गएपछि उनीहरूबीच न त बोलचाल छ, न त भेटघाट।

त्यहाँको दृष्य देखेर विशिष्ट कक्षभित्र रहेका अन्य नेता र पत्रकार आश्चर्यचकित भएका थिए। त्यस्तै,पुर्व माओवादीबाट एमालेमा आएका नेता लेखराज भट्टसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको खुलेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उद्योगमन्त्री रहेका भट्टले विभिन्न उद्योगलाई एक अर्ब २५ करोड रुपैयाँ नातिराएको र सोबापत लाभ लिएको भन्दै उजुरी परेको थियो।

नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २५ करोड रुपैयाँ बराबरको जरिवाना मिनाहा गराएको घटनामा तत्कालिन उद्योगमन्त्री भट्ट र सचिव यामकुमार खतिवडासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको खुलेको छ।

नेता भट्टले मुद्दा रोकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई दवाव दिइरहेको बताइएको छ।अख्तियार स्रोतका अनुसार नेता भट्ट जोडिएको मुद्दा रफादफा गर्न ओलीले निरन्तर दवाव दिइरहेका छन्।

अख्तियारले उनलाई बयान लिएपछि यो घटना लुकाउन भट्टले भएभरको शक्ति प्रयोग गरिरहेको समेत बताइएको छ।

मन्त्री भट्टको कार्यकालमा खानी दोहन गर्ने नौ वटा उद्योगलाई एक अर्ब २६ करोड क्षतीपुर्ती भराउनुपर्ने प्रतिवेदन खानी तथा भूगर्भ विभागले दिएको थियो । त्यो प्रतिवेदन कार्यान्वायन नगरी तत्कालिन मन्त्री भत्ताको टिमले छुट दिएको थियो।

सिन्धुली र उदयपुरको सीमामा रहेको मारुती सिमेन्ट, उदयपुरस्थित उदयपुर मिनरल्स, धादिङको अन्नपूर्ण क्वारिज, रोल्पाको सोनापुर आयल एन्ड मिनरल्स, ललितपुरमा रहेको युनाइटेड सिमेन्टले अधिक उत्खनन गरेका थिए।

त्यस्तै, पाल्पामा रहेका चार उद्योग सर्वोच्च सिमेन्ट, कञ्चन क्वारेज, डोलामोइट चुनढुंगा प्रालि र सिद्धार्थ सिमेन्टले त्यसरी छुट पाएका थिए । यसरी उनीहरुलाई छुट दिदा नेता र कर्मचारीको मिलेमतोमा गरिएको भेटिएको थियो।

सर्वोच्च अदालतले तत्कालिन नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्वावस्थामा फर्काएपछि नेता भट्टले ओलीलाई साथ दिएर एमालेमै बसेका थिए । त्यतिखेर पनि नेता भट्टले केहि अनियमितता लुकाउन ओलीलाई साथ दिएको चर्चा चलेको थियो।

त्यस्तै, नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् । एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उनले आफ्ना पूर्व अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका हुन् ।

नेकपा एमाले कैलालीको ८औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भने, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिएन। उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिएन । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यवाद दिन चाहन्छ ।

प्रचण्डको स्वार्थका कारण माओवादी र एमालेको पार्टी एकता हुन नसकेको उनको आरोप छ । ओलीले देशलाई संवृद्ध बनाउने योजना बनाएपछि त्यसलाई सफल हुन नदिन प्रचण्डले पार्टी भित्रै गुट गर्दै एकता प्रक्रिया तोडेको भट्टले बताए ।

एमाले र माओवादीलाई अदालतले अलग गरेको होइन । अदालतले नेकपा नाम परिवर्तन गर्न मात्रै भनेको हो,’ सचिव भट्टले भने, ‘तर प्रचण्डले पार्टी एकता गर्न चाहेनन्, अदालतको निर्णय पछि ओलीले पार्टीको नाम सोचौं भन्दा भन्दा प्रचण्डले त्यसलाई मजाक बनाए, एकता प्रक्रिया भाड्ने व्यक्ति प्रचण्ड नै हुन् ।

प्रचण्डले जनआन्दोलनका मुद्दालाई बिर्सेर पुँजीपति बाटो अँगालेपछि आफूहरू ओलीतर्फ लागेको उनले बताए ।उनले ओली जति देशभक्त र विकास प्रतिको कटिबद्ध नेता नेपालमा अरू कोही नभएको बताए । ‘कांग्रेस पुँजीबादी पार्टी हो,’ उनले भने, ‘माओवादी र अन्य दल अहिले उसैको पछाडि लागेका छन्, ओली बाहेक अरूमा देश विकासको चिन्ता नै छैन ।

अहिलेको गठबन्धन सरकार आयात मुखी अर्थतन्त्रमा रमाएर कमिसनको चक्करमा फसेको उनले बताए । एमालेको नेतृत्वमा सरकार हुँदा देशमा हुने उत्पादनको निर्यात दर बढेको थियो । जसका कारण डलरको सञ्चित घटेको थियो, उनले भने, तर अहिले निर्यात ठप्प छ।

गठबन्धनका नेता तथा मन्त्री बढी भन्दा बढी आयतबाट गरेर कसरी कमिसन खाने भन्ने चक्करमा रुमलिएका छन्, जसका कारण डलरको सञ्चित बढेको छ ।’गठबन्धन सरकार कमिसनको चक्करमा पर्दा देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको उनले बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ