आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कटवाल प्रकरणबारे प्रचण्डले भने– ‘दायाँतिर बादल बायाँतिर बाबुरामले ठोक भने अन्तिममा मेरै पद गयो’

प्रकाशित
286
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउँदा पार्टीलाई धेरै ठूलो क्षति भएको बताएका छन्।

कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तीन महिनापछि आफै जाने प्रधानसेनापति कटवाल हटाउनु कमजोरी भएको स्वीकार गरे।

रुक्माङ्गत कटवाल तीन महिनापछि त्यसै जानेवाला थियो । दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्छन् जतिबेला पनि। एउटालाई रक्षामन्त्री बनाएको ठोक ठोक भन्छन्।

अर्को अर्थमन्त्रीले पनि यसलाई ठोकिहाल्ने हो भन्छन्’ प्रचण्डले भने, म अलि लाटो सोझो पनि छु क्या। यिनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि के हुन्थ्यो मेरै प्रधानमन्त्री पद गयो।

जनयुद्धमा जस्तै बाबुराम बादलले भनेको जस्तै हुन्न भनेको भए देशको स्थिति अर्कै अवस्था पुग्ने प्रचण्डले दाबी गरे ।हामीले ०६४ मा बहुमत ल्याएपछि साथीहरुले हामीले यत्रो जितेका छौ । राष्ट्रपति पनि हाम्रै चाहिन्छ प्रधानमन्त्री पनि हाम्रै चाहिन्छ।

उपराष्ट्रपति पनि हाम्रै चाहिन्छ भन्दा हुन्छ भन्दिए ’ प्रचण्डले भने, ‘विचरा बुढो गिरिजालाई जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भयो ।जसले जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए।

त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन। यदि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए शान्ति सम्झौता अझ राम्रो गरेर टुंगो लाग्नुका साथै संविधान अझ प्रगतिशील बन्ने उनले बताए।

पार्टीका नेताहरुको लहलहीमा लागेर पाँच वर्ष चल्ने सरकार बीचमै ढलेको प्रचण्डको भनाई थियो। त्यस्तै,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन्।

एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ। तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका हुन्।

माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ।

स्थानीय तह निर्वाचनको मुखमा प्रचण्डले रेशम निर्दोष रहेको भन्दै थारु मतदातालाई प्रभावित पार्न खोजेका हुन्। तर माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिना सम्म पनि सो विषयमा मौन छ।

अध्यक्ष प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए। ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्, अध्यक्ष प्रचण्डले भने।

दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिवेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु।

बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै प्रचण्डले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए।

उनले टिकापुर घटनाले ठूलो असर पारेको बताए।माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा,

टिकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको ‘लाल आयोग’ को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर अहिले सम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ