आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गठबन्धनबाट बाहिरिएको एकीकृत समाजवादीको घोषणा, नेताहरु सबै चकित

प्रकाशित
383
SHARES

काठमाडौं। झापामा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ। नेपाली कांग्रेसले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको भन्दै एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो।

एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले विगतमा भएको सहमतिबाट कांग्रेसपछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको बताए । ‘अस्ति जे सहमति भएको थियो, त्यो उल्ट्याउने काम भयो, उनले भने।

अरुलाई जिताउन मात्र किन गठबन्धन गर्नु? एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिने घोषणासँगै झापाका सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम पनि सार्वजनिक गरेको छ।

एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले गठबन्धनबाट बाहिरिएपछि आवश्यकताका आधारमा छुट्टै गठबन्धनका लागि वार्ता थालिएको बताए। उनले भने, राप्रपा र जसपासँग पनि छलफल गरिरहेका छौं।

समाजवादीले झापामा एक प्रमुख, ६ उपप्रमुख र १५ वडाध्यक्ष माग गरेको थियो। तर कांग्रेसले समाजवादीलाई अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाको उपप्रमुख मात्रै दिने भनेको थिए।

हामीले उपप्रमुख दिँदा पनि कम्तिमा ४ वटा चाहिन्छ भनेका थियौं, रेग्मी भन्छन्। कांग्रेसका नेताहरु समाजवादीले अस्वभाविकरुपमा भाग खोजेको दाबी गर्छन्। कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले भागबन्डाबारे सैद्धान्तिक,

सहमति भएको र हस्ताक्षरको तयारी भइरहेको बताए।स्रोतका अनुसार झापामा कांग्रेसले १४ वटा स्थानीय तहको प्रमुखमा दाबी गरेको छ, भने माओवादीलाई एउटा स्थानीय तहको प्रमुख दिने सहमति भएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी सोमप्रसाद पाण्डेले पाएका छन्। उनले पाल्पा जिल्ला इन्चार्जको समेत गरी दोहोरो जिम्मेवारी पाएका हुन्।

पाल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डे नाताले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन्। नेपालकी छोरी पाण्डेका छोराले विवाह गरेका छन्।पाण्डे माधव नेपालका विश्वासपात्र समेत मानिन्छन्।

नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा पाण्डेको हस्ताक्षर थिएन। पछि मात्र पाण्डेले हस्ताक्षर गरेका थिए। यो मुद्दा अदालतमा विचाराधीन छ।

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘पहिलो कुरा त संविधान बचाउनको लागि यो सरकार र पाँच दलीय गठबन्धन सफल भयो।

बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार ससफल भएको छ, यो कुरा दुनियाँलाई थाहा छ। यो गठबन्धन बाध्यतावश बनेको हो।

संविधान नै समाप्त हुने अवस्थामा, व्यवस्थापनि के हुने हो भनेर मान्छेले चिन्ता गर्ने अवस्थामा, त्यो बचाउनको लागि यो गठबन्धन बनेको हो। यो कुरा सबै जनतालाई थाहा छ।

उनले पाँच दलीय गठबन्धन बन्नु बाध्यता रहेको पनि उल्लेख गरे। उनले भने,यो सरकार आएपछि संविधान बचेको छ। दुई तिहाई प्राप्त नेकपाको सरकार बहिर्गमन भयो ।संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरियो।

प्रदेश सरकार छिन्नभिन्न र लथालिङ भयो। कसको कारण यो हुन गयो रु यो कुरा छर्लङ भएको छ, म नाम लिन चाहन्नँ। मुख्य कुरा त देशको बागडोर सम्हाल्नेले नै यो सबै बिगारे।उनले अहिले सदनमा अवरोध कायम रहेकोबारे पनि आक्रोश पोखे।

पाण्डेले भने, बिना ईस्युमा सदन अवरोध छ। बालहठको लागि एमालेले अवरोध गर्यो। संवैधानिक व्यवस्था बचाउने काम यो सरकारले गरेको छ। संसद् अवरोध गरेर कसैले जितेको छैन्। संसद् खुल्नुपर्छ।

माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले बालहठ देखाएको पनि उनको आरोप छ। उक्त विषय अहिले अदालतमा रहेको सुनाउँदै उनले एमालेले यो विषयमा संसद् अवरोध गर्नु गलत रहेको टिप्प्णी गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ