आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफैलाई गोली हानेकी सैनिक महिलाको मृत्यु

प्रकाशित
579
SHARES

कपिलवस्तु। ब्यारेकभित्रै गोली लागेर घाइते सैनिक जवानको उपचारको क्रममा मृत्यु भएको छ। आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको हो।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको छ। आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो।

सूचना अधिकृत जेसी शाहले जानकारी दिए। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो।

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन्। ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ राइफलले गोली हानेको डीएसपी शाहले जानकारी दिए।

बुधबार साँझ ७ बजेतिर घटना भएको थियो। उनको छाती र पेटमा दुईवटा गोली लागेको बताइएको छ। के कति कारण उनले आफैंलाई गोली हानिन् भन्ने खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।

त्यस्तै, चीनसँग सीमा जोडिएको टिंकर नाका अहिले सुरक्षाकर्मीविहीन बनेको छ। हिउँदमा भारी हिमपात हुने यो नाका र आसपासमा कार्तिक पहिलो सातादेखि सुरक्षाकर्मी छैनन्।

हिउँ पर्न थालेपछि यहाँका प्रहरी १२ किलोमिटर तल छाङरु झरेका थिए। तर, उनीहरू हालसम्म उक्त क्षेत्रमा नखटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

टिंकरका बासिन्दाहरू पनि हिउँद छल्न गत असोजमै दार्चुला सदरमुकाम खलंगा झरेका थिए। उनीहरू पनि फर्किएका छैनन्। यो क्षेत्र अहिले मानवविहीन छ। चैत महिनाबाट यस क्षेत्रमा हिउँ पग्लिने गर्छ।

टिंकरमा सशस्त्र प्रहरीको बिओपी राख्न गाउँबाट दुई किलोमिटर माथिल्लो क्षेत्रमा भवनको निर्माण गरिएको छ । गत भदौ महिनामा निर्माण सम्पन्न भएको भवनमा सशस्त्र प्रहरी बस्न भने सकेको छैन।

बिओपीको दुइ भवन ब्लकसँगै भान्सा र शौचालय निर्माण गरिएको छ । टिंकर सीमा प्रहरी चौकीनजिकै बनाइएको बिओपीको भवन टिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा छ ।

यहाँबाट चार पाँच घण्टा उकालो पैदल यात्रा गरेपछि नेपाल र चीन सीमाना छुट्याउने टिंकर भञ्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ।

टिंकरमा निर्माण भएको बिओपीमा सुरक्षाकर्मी राख्न माथिबाट कुनै निर्देशन प्राप्त नभएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए।

यद्यपि, निर्वाचनका बेला टिंकर क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोली खटिन्छ, स्थायी रुपमा बस्नका निर्देशन आएपछि बस्छौँ’ एसपी विष्टले भने।

व्यास गाउँपालिका-१ को टिंकरसहित दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापना तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

मौषम प्रतिकुलताले हालसम्म तिंकरमा बिओपी बस्न नसकेको र स्थानीय तह निर्वाचनपछि स्थापनाको हुने उनले बताए । कोरोना प्रभावले चीनसँगको सीमा नाकामा आवत जावत बन्द रहेकाले हाल तिंकर क्षेत्रमा सुरक्षाकर्मी बस्नु आवश्यक देखिएन।

छाङरुमा सशस्त्र प्रहरीको गुल्म छ, निर्वाचनको समयमा सुरक्षा जनशक्ति विभिन्न ठाउँमा खटिने भएकाले त्यसपछि बिओपी बस्छ, प्रजिअ उपाध्यायले भने।

व्यास गाउँपालिकाको वडा नम्बर १ कौवा, वडा नम्बर ४ सुन्सेरा र लेकम गाउँपालिकाको रतौडामा पनि बिओपी सञ्चालन तयारी भइरहेको उपाध्यायले बताए।

व्यास गाउँपालिकाको सुन्सेरामा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेकोले त्यसको सुरक्षाका लागि सुन्सेरामा छिट्टै बिओपी सञ्चालन तयारी भइरहेको उनले बताए। सुन्सेरामा बिओपीको भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया भइरहेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ