आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका शक्तिशाली लडाकु विमान सहित युक्रेन घुस्यो, तेस्रो विश्वयुद्ध सुरु

प्रकाशित
6.3K
SHARES

एजेन्सी। युद्धको ५५ औँ दिन अमेरिकी अत्याधुनिक लडाकु विमान युक्रेन पुगेपछि तेस्रो विश्वयुद्ध को संकेत सुरु भएको छ। यो संगै गर्मन र बेलायतले थप सैन्य सयोगको घोषणा गरेका छन, तर रुस भने पुर्बी युक्रेनमा ठुलो आक्रमण गरिरहेको छ।

रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो।

तर विमानको प्रकार र संख्या खुलाइएको छैन ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनसँग दुई साताअघिको तुलनामा अझै बढी ‘फिक्स्ड विङ फाइटर एयरक्राफ्ट’ भएको जनाएको छ ।

रुसी सेनासँग लड्न युक्रेनलाई थप सहयोग पठाउने युरोपले पनि घोषणा गरेको छ। रुसले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आफ्नो सेना केन्द्रित गरेको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विभिन्न देशसँग युद्धविमान र थप हतियारको माग गर्दै आएका छन्।

रुसमाथि दबाब बढाउन खोजिरहेका राष्ट्रपति बाइडेनले क्यानडा, जापानसहित युरोपेली नेताहरूसँग छलफल गरेका छन् । त्यस्तै,रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप हतियारहरु पठाउने प्रतिबद्धता जनाएका छन्।

पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत्‌ भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले गोलाबारुदसहित अतिरिक्त अस्त्रहरू दिने बताएका छन्।बाइडन प्रशासनले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको बताइएको छ।

यस्तै जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरेका छन्।

ब्रिटेनले पनि पानीजहाजभेदी क्षेप्यास्त्र किएभ पठाउँदैछ। रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गर्दै आएको छ।

रुसले जतिसुकै सेना ल्याए पनि आफूहरू अन्तिम समयसम्म लडिरहने र प्रतिरक्षा गर्ने युक्रेनको भनाइ छ। उता रुसले भने युक्रेनलाई सहयोग गर्ने मुलुकहरूले युद्धलाई लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ।

त्यस्तै, रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गरेको छ।तर रुसले किएभस्थित सरकारलाई सहयोग गर्ने मुलुकहरूले युद्धलाई लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ।

युक्रेनी अधिकारीहरूले डोन्बास क्षेत्रमा रुसले थालेको आक्रमणसँगै जारी युद्ध अर्को चरणमा प्रवेश गरेका बताएका छन्। रुसले पछिल्लो समय आफ्नो ध्यान केन्द्रित गरेको पूर्वी डोन्बास क्षेत्रभित्रै लुहान्स्क र डोनेत्स्क पर्छ।

युक्रेनका अनुसार सोमवारयता रुसी फौजले ४८० किलोमिटर क्षेत्रमा रहेका युक्रेनी अखडाहरूलाई निशाना बनाइरहेका छन्। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको बताएका थिए।

तर रुसले जतिसुकै सेना ल्याए पनि आफूहरू अन्तिम समयसम्म लडिरहने र प्रतिरक्षा गर्ने प्रतिबद्धता उनले जनाए। त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन्।

उनले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन्।

यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका गर्न नहुने उनको भनाइ रहेको छ।

प्रतिक्रिया