आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले ताइवान माथि आक्रमण थाल्यो, के हो यथार्थ ? थप विवरण सहित

प्रकाशित
2.8K
SHARES

काठमाडौं। ताइवानको एक टेलिभिजनले चिनियाँ सेनाले ताइवानमा आक्रमण गरेको भन्दै समाचार प्रसारण गरेपछि विश्व भर तरङ्ग पैदा भएको छ। तर चीनले ताइवान आफ्नो हिस्सा भएको भन्दै बाह्य हस्तछेप स्वीकार्य नहुने घोषणा गरेको छ।

युक्रेनमाथि रुसले आक्रमण गरिरहेको समयमा चीनले पनि ताइवानमा आक्रमण गर्नसक्छ भन्ने आशंकाबीच बुधबार बिहानै ताइवानको एक टेलिभिजनले चिनियाँ सेनाले ताइवानमा आक्रमण गरेको भन्दै समाचार प्रसारण गरेको छ।

तर उक्त समाचार गलत थियो। एनडीटीभीका अनुसार चाइनिज टेलिभिजन सिस्टम टिभीले समाचार गलत प्रसारण भएको भन्दै माफी मागेको छ। बुधबार बिहानै सरकारको समर्थन प्राप्त यस टेलिभिजनले चीनले आक्रमण गरेको भन्दै समाचार प्रसारण गरेपछि ताइवानका सर्वसाधारण आतंकित बनेका थिए।

सो टिभीले चिनियाँ सेनाले मिसाइल प्रहार गरेको दृश्यहरु पनि देखाएको थियो। यद्यपी प्राविधिक गडबडीका कारण गलत खबर प्रसारण भएको बताइएको छ।चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दछ। यद्यपी ताइवानले चिनियाँ नीति ताइवानमा लागू नहुने भन्दै अमेरिकाबाट हतियार खरिद गरिरहेको छ।

त्यस्तै, चीनले ७ लाख जनसंख्या भएको सोलोमन आइल्यान्डसँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकाले चिन्ता व्यक्त गरेका छन्।बीबीसीका अनुसार यसैहप्ता सोलोमन आइल्यान्ड र चीनबीच सम्झौता भएको हो।

यससँगै प्रशान्त सागरमा चीनले सैन्य अड्डा खडा गर्नसक्ने भन्दै अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डले चिन्ता व्यक्त गरिरहेका हुन्।यस सानो राष्ट्रलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र अस्ट्रेलियाले अन्तिमसम्म पनि चीनसँगको सम्झौता हुन नदिने प्रयास गरेको थियो तर सोलोमन आइल्यान्डले नै नमानेपछि सो प्रयास असफल भयो।

त्यहाँका प्रधानमन्त्री मानासे सोगोवारेले चीनसँगको सुरक्षा सम्झौताले सो क्षेत्रको शान्ति र सद्भावमा कुनै असर नगर्ने बताएका छन्। उनले सम्झौताका शर्तहरु नखुलाउने उल्लेख गर्दै सम्झौता आफ्नै राष्ट्रको हितमा रहेको दाबी गरेका छन्।

यद्यपी चुहावट भएको जानकारीअनुसार सम्झौतामा चिनियाँ युद्धपोतलाई सोलोमन टापुमा बस्न दिइनेछ र बेइजिङले तनावको स्थितिमा सामाजिक व्यवस्था कायम गर्न त्यहाँ सुरक्षा बल पठाउन सक्नेछ।

अष्ट्रेलिया सम्झौतामा यी विषय उल्लेख भएको बताउँछ। यसअघि यही राष्ट्रले ताइवानसँगको ३६ वर्ष लामो कूटनीतिक सम्बन्ध तोडेर चीनको पक्ष लिएको थियो। चीन र ताइवान: दुई देशबीच कसरी बढ्यो तनाव? युद्ध भयो भने के हुन्छ ?

गत वर्ष अभूतपूर्व सङ्ख्यामा चिनियाँ लडाकु विमानहरूको लर्को ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा देखा परेपछि चीन र ताइवानबीच तनाव बढ्दै गएको छ।
>यस तनावको केन्द्रमा “पुनरेकीकरण” को विषय छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँग “पुनरेकीकरण सम्पन्न गर्नुपर्ने” बताउँदै त्यो लक्ष्य हासिल गर्न शक्ति प्रयोगको सम्भावित अवस्थालाई अस्वीकार गरेका छैनन्।

>चीनले स्वायत्त शासन भएको ताइवानलाई चोइटिएर गएको प्रान्तका रूपमा हेर्छ र अन्ततः त्यो फेरि आफ्नै देशको भाग हुने ठान्छ। तर ताइवानले आफूलाई अलग्गै संविधान भएको र प्रजातान्त्रिक विधिबाट निर्वाचित नेता रहेको स्वतन्त्र राष्ट्रका रूपमा हेर्छ।

ताइवान दक्षिणपूर्वी चीनको तटीय क्षेत्रबाट करिब १०० माइल टाढा अवस्थित टापु हो।उसको अवस्थिति फर्स्ट आइल्यान्ड चेन भनिने अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध रहेका भूभागहरू रहेको स्थानमा छ र उक्त क्षेत्र अमेरिकी विदेशनीतिका लागि महत्त्वपूर्ण मानिन्छ।

कतिपय पश्चिमा विज्ञका अनुसार चीनले ताइवानमाथि कब्जा गर्‍यो भने पश्चिम प्रशान्त क्षेत्रमा आफू शक्तिशाली रहेको देखाउन ऊ अझ स्वतन्त्र हुने तथा ग्वाम र हवाईसम्म रहेका अमेरिकी सैनिक शिविरहरूमा जोखिम बढ्न सक्छ।

तर चीनले आफ्नो उद्देश्य सम्पूर्ण रूपमा शान्ति रहेको अडान राख्ने गरेको छ।दोस्रो विश्वयुद्ध पछि ताइवान र चीनको विभाजन भयो। त्यस बेला चिनियाँ मूलभूमिमा राष्ट्रवादी सरकारी सेना र चिनियाँ कम्युनिस्ट पार्टीबीच लडाइँ भइरहेको थियो।

कम्युनिस्टहरूले सन् १९४९ मा विजय हात पारे र उनीहरूका नेता माओ त्सेतुङले बेइजिङलाई आफ्नो नियन्त्रणमा लिए। त्यसयता क्वोमिन्ताङ ताइवानको सबैभन्दा प्रभावशाली दल बनेको छ र उसले विगतका अधिकांश समय उक्त टापुमा शासन गर्दै आएको छ।

अहिलेसम्म जम्मा १३ देश र भ्याटिकनले मात्रै ताइवानलाई सार्वभौमसत्ता सम्पन्न देशका रूपमा स्वीकार गर्छन्। चीनले अरू देशहरूलाई ताइवानलाई मान्यता नदिन वा मान्यता दिएको जस्तो देखिने कुनै काम नगर्न उल्लेख्य मात्रामा कूटनीतिक दबाव दिने गर्छ।

ताइवानका विदेशमन्त्रीले चीनसँगको सम्बन्ध ४० वर्षयताकै सबैभन्दा नराम्रो अवस्थामा रहेको बताएका छन्।के ताइवानले आफ्नो सुरक्षा गर्न सक्छ?चीनले आर्थिक सम्बन्ध बलियो पार्ने जस्ता गैरसैनिक विधिबाट पुनरेकीकरण अघि बढाउने प्रयास गर्न सक्छ।

तर सैनिक सङ्घर्षका लागि चीनका सशस्त्र बलहरू ताइवानका भन्दा निक्कै शक्तिशाली छन्।चीनले अमेरिकापछि सबैभन्दा धेरै पैसा प्रतिरक्षाका लागि खर्च गर्छ। उससँग जलसेनादेखि क्षेप्यास्त्र प्रविधि, विमानहरू र साइबर आक्रमण गर्ने ठूलो सामर्थ्य छ।

चीनको अधिकांश सैन्य शक्ति अरू ठाउँमा केन्द्रित छ। तर सुरक्षामा परिचालित जनशक्तिका हिसाबले दुई देशबीच ठूलो भिन्नता छ।खुल्ला द्वन्द्वमा कतिपय पश्चिमा विज्ञको भविष्यवाणी अनुसार ताइवानले चिनियाँ आक्रमणलाई सुस्त बनाउने लक्ष्य राख्न सक्छ।

त्यस्ता विज्ञका धारणामा उसले समुद्रबाट प्रवेश गर्ने फौजहरूलाई किनारामा ओर्लिनबाट रोक्ने प्रयास गर्न सक्छ र बाहिरको सहयोगको अपेक्षा गर्दै गुरिल्ला आक्रमण गर्न सक्छ त्यस्तो सहयोग अमेरिकाबाट आउन सक्छ जसले ताइवानलाई हतियार विक्री गर्छ।

यद्यपि वाशिङ्टनले रणनीतिक अस्पष्टताको औपचारिक नीति लिँदै आएको छ।अर्को शब्दमा भन्नुपर्दा अमेरिका आक्रमण भएको सन्दर्भमा उसले ताइवानको प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा नियोजित रूपमा नै अस्पष्ट छ।कूटनीतिक रूपमा अमेरिका अहिले ‘एक-चीन’ नीतिप्रति प्रतिबद्ध छ।

जसले बेइजिङमा रहेको एउटा मात्रै चिनियाँ सरकारलाई मान्यता दिन्छ। ताइवानसँग भन्दा चीनसँग उसको औपचारिक सम्बन्ध छ। सन् २०२१ मा चीनले ताइवानको हवाई क्षेत्रमा सैनिक विमान पठाएर दबाव बढाउने प्रयास गरेको पाइएको थियो।

हवाई प्रतिरक्षा क्षेत्र भनेको एउटा स्वघोषित क्षेत्र हो जहाँ राष्ट्रिय सुरक्षाका दृष्टिकोणले विदेशी विमानलाई पहिचान, निगरानी र नियन्त्रण गरिन्छ।ताइवानले विमानहरू त्यसरी आफ्नो क्षेत्रमा प्रवेश गरेको तथ्याङ्क सन् २०२० मा सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ