आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कसले माग्यो अर्थमन्त्री शर्माको राजिनामा, हाँजिर हुन पुगेका गभर्नरले दिए अनौठो प्रतिक्रिया

प्रकाशित
11.1K
SHARES

काठमाण्डौ। सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई घुमाउरो तरिका बाट राजिनामा मागेका छन।

गमभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल कारबाही नगर्न भनेपछि शर्माले अर्थमन्त्रीको राजिनामा मागेका हुन्।

योसँगै १२ दिनको विश्रामपछि गभर्नर अधिकारी कार्यालयमा फर्किंदै छन्। दुई दशकअघि आफूले हटाएका गभर्नर तिलक रावललाई सर्वोच्च अदालतले पुनर्बहाली गराएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको विश्वप्रकाशले उल्लेख गरेका छन।

त्यही नजिर स्मरण गराउँदै कांग्रेस महामन्त्री शर्माले अहिलेका अर्थमन्त्री शर्माले पनि त्यसो गर्नु उचित हुने संकेत गरेका हुन्। महेश आचार्यको तस्बिरसहित बुधबार बिहान शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्।

नैतिक मूल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति।उनले अगाडि लेखेका छन्, समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।

पुन जिम्मेवारी सम्हाल्दै के भन्छन् गभर्नर अधिकारीले: सरकारले उनलाई निलम्बन गरेको आदेशलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न भनेपछि बुधवारबाट नेपाल राष्ट्रब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यभार पुनस् सम्हाल्न लागेका छन्।

उनले बीबीसीसँग बुधवार बिहान सङ्क्षिप्त कुरा गर्दै आफूले आफ्नो जिम्मेवारी दत्तचित्त भई पूरा गर्ने बताएका छन् ूयो अन्तरकालीन आदेश हो। मेरो निवेदनमाथि अन्तिम फैसला हुन अझै बाँकी छ। त्यसैले अहिले मैले धेरै बोल्न भएन।

मेरा नियमित काम र प्राथमिकताका कुराहरूलाई अघि बढाउँछु, उनले भने। अब सरकारसँगको सम्बन्ध कस्तो होला ?सर्वोच्च अदालतमा यसै साता गभर्नर अधिकारीले आफूलाई पदबाट हटाउने कदमविरुद्ध दायर गरेको मुद्दा दर्ता भएको हो।

त्यसमा उनले सरकारलाई सहयोग पुग्ने गरी मौद्रिक नीति जारी गरेको, बजेट कार्यान्वयनमा राष्ट्र ब्याङ्कले गर्नुपर्ने सबै काम गरिरहेको भन्दै गभर्नरमाथिको कारबाहीले केन्द्रीय ब्याङ्कको स्वायत्ततामा गम्भीर असर पर्ने समेत जिकिर गरेका थिए।

साथै उनको निलम्बनको एउटा सम्भावित कारण अर्थमन्त्री जनार्दन शर्माले उनलाई सम्पत्ति शुद्धीकरण मामिलामा एक शङ्कास्पद व्यक्तिको कारोबार खाता फुकुवा गर्न भनेको र त्यो उनले नमानेका विवरण चर्चामा आएका थिए।

तिनलाई बल पुर्‍याउँदै गभर्नर अधिकारीले आफ्नो रिट निवेदनमा कसैको नाम उल्लेख नगरीकन सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका एक व्यक्तिको ब्याङ्क खाता फुकुवा गरिदिन मन्त्रीले पटकपटक आफूलाई दबाव दिँदै आएको र त्यस्ता खाता फुकुवा हुन सक्दैन।

तेसो भनेर  आफूले अडान राख्दै आएको उल्लेख गरेका थिए। मन्त्री शर्माले यो विषयमा प्रश्न गर्दा आफूसमक्ष विभिन्न व्यक्ति तथा संस्थाले विभिन्न अनुरोध गर्ने गरेको सन्दर्भमा के हो भनेर बुझ्न लगाएको प्रतिक्रिया दिने गरेका छन्।

यसरी अर्थमन्त्रीसँग एक किसिमको नमिठो सम्बन्ध बनेको बेला अब पुनस् सरकारको एक प्रमुख स्वायत्त आर्थिक सल्लाहकारको जिम्मामा फर्कँदा गभर्नर अधिकारीले के गर्लान् भन्ने धेरैमा चासो छ।

बुधवार बिहान यो प्रश्नको छोटकरीमा जबाफ दिँदै उनले भने, संस्थागत हिसाबबाट देशलाई आर्थिक रूपमा अप्ठेरो पर्ने सङ्केत मिल्दा वा आर्थिक स्थायित्वको विषयमा समन्वय भई नै हाल्छ।

नियमित रूपमा गर्नुपर्ने कामहरू वा संस्थागत रूपमा समन्वय गर्नुपर्ने कामहरूमा अन्यथा होला कि भनेर कसैले पनि सोच्नुपर्दैन, अधिकारीले बीबीसीलाई भने।

प्रतिक्रिया