आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु, थप विवरण सहित

प्रकाशित
1.2K
SHARES

पोखरा। गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ। अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो।

पोखरा महानगरपालिका– ३२ खुदीमा दुर्घटना भएको थियो। गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए। उनकी श्रीमतिको भने अवस्था सामान्य छ। गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

अर्थमन्त्री जनार्दनको छहारी पाएका पृथ्वीबहादुर त ठग पो रहेछन्, अर्को धन्दा भयो छताछुल्ल:अर्थमन्त्री जनार्दन शर्माले सहयोग गर्दै आएका अछामका पृथ्वीबहादुर शाह ठग भएको खुलासा भएको छ।

शाहले नेपाल भित्र्याएको करिब ४० करोड रुपैयाँमध्ये ९ करोड रुपैयाँ प्रत्यक्ष रुपमा अपराधबाट सिर्जित लाभ भएको खुलेको हो। उनको अर्को धन्दा छताछुल्ल भएको छ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ एफआईयुले तयार पारेको विवरणपत्र अनुसार, उनले नेपाल भित्र्याएकोमध्ये ९ करोड रुपैयाँ ठगी, अपराध, राजस्व चुहावट र आपराधिक लाभबाट आर्जन गरी पठाएको देखिन्छ।

सो विवरणपत्र अनुसार पृथ्वीबहादुर शाह, उनका भाइ र अरु केही व्यक्तिका नाममा आएको र भुक्तानी भएको रकम आपराधिक क्रियाकलापबाट आर्जन भएको विवरणमा उल्लेख छ।

१९ चैत २०७७ मा एफआईयुले तयार पारेको प्रतिवेदनमा पृथ्वीबहादुरले त्यतिबेला करिब ३५ करोड रुपैयाँ नेपाल भित्र्याइसकेको उल्लेख छ। केही रकम उनी र सेरोफेरोका व्यक्तिले भुक्तानी लिए भने केही राष्ट्र बैंकको पत्रबाट रोक्का छ।

त्यतिबेला नै ३५ करोड रुपैया नेपाल ल्याएकाले त्यसपछि ल्याइएको अरु रकम जोड्दा ४० करोड हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। विवरणमा नेपाल भित्रिएको ३५ मध्ये करिव ९ करोड रुपैयाँ आपराधिक क्रियाकलापबाट आर्जन भएको भन्ने उल्लेख छ।

इकाइले तयार पारेको ५ पेजको प्रतिवेदन त्यतिबेला राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको थियो। त्यही पत्रका आधारमा पृथ्वीबहादुर लगायत उनका दर्जनभन्दा बढी कम्पनीको खाता अहिले रोक्का छ।

यस इकाइलाई पृथ्वीबहादुर शाह, विजय विक्रम शाह, देवेन्द्र ढुंगाना लगायत सम्वद्ध कम्पनीहरुको खातामा अस्वाभाविक कारोबार भएको जानकारी प्राप्त भएको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले तयार पारेको विवरणपत्रमा भनिएको छ।

सो खातामा विभिन्न कारण देखाई विदेशबाट रकम जम्मा भएको र उक्त रकम ठगीबाट कमाइ भएको उल्लेख भई फिर्ता माग गरेको देखियो। यसबारे संयुक्त राज्य अमेरिकाको फिनसेनले समेत इकाइलाई जानकारी गराएको।

नेपाल राष्ट्र बैंक उच्च स्रोतबाट हामीलाई प्राप्त विवरण अनुसार, पृथ्वीबहादुर शाह र उनीसम्वद्ध कम्पनीहरुले १७ पटकको कारोबारमा भित्र्याएको करिब ९ करोड रुपैयाँ आपराधिक लाभबापतको भन्ने उल्लेख छ।

अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क फिन्सेनले उक्त रकम भुक्तानी रोक्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो। भने रकम फिर्ता दिनसमेत माग गरेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ