आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको ५४ औँ दिन रुसका रक्षामन्त्रीले गरे डरलाग्दो घोषणा, विश्वभर तरङ्ग

प्रकाशित
4.7K
SHARES

मस्को। युद्धको ५४ औँ दिन रुसका रक्षामन्त्रीले गरे डरलाग्दो घोषणा गरका छ। रुसका रक्षामन्त्रीले मङ्गलबार मस्कोले पूर्वी युक्रेनलाई मुक्तू गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्।

हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं’, सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन्।

तर,वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्।रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् । रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरूवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका छन् ।

युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणको युद्ध सुरु भएको बताएका छन्। पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन् ।

यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताएका थिए।  ‘हाम्रो सेनामा विश्वास गर्नुहोस् । यो धेरै बलियो छ’ चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने ।

युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताए। रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो । ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कही घाइते भएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्।टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै उनले “डोन्बासका लागि युद्ध” शुरू भएको बताएका हुन्।

डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन्। “रुसले जतिसुकै सेना ल्याए पनि केही छैन, हामी लडिरहनेछौँ। हामी आफ्नो प्रतिरक्षा गर्छौँ,” उनले भने।

रुसले आक्रमणहरू तीव्र पारिरहेका विवरणबीच युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ आएको हो।डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही शहरहरूमा “लगातार” भइरहेका आक्रमणबीच स्थिति “नर्क” जस्तै भएको बताएका छन्।

जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले “दोस्रो चरणको युद्धको शुरूवात” गरेको बताएका छन्।यसअघि युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्‌का सचिवले डोन्बास,

लुहान्स्क र खार्किभ क्षेत्रका लगभग सबै अग्रपङ्क्तिलाई तोड्न रुसी फौजले प्रयत्न गरेको बताएका थिए।सोमवार युक्रेनका विभिन्न शहरमा रुसी फौजका बमबारीमा परी नौजना मारिएका थिए। रुसले सैन्य बन्दोबस्ती केन्द्रमाथि हमला गरेको बताएको छ।

यसैबीच युक्रेनका अधिकारीहरूले घेराबन्दीमा परेको बन्दरगाह शहर मारिऊपोलस्थित एउटा स्टील प्लान्टमा बाँकी रहेका युक्रेनी फौजमाथि रुसले तथाकथित बङ्कर विध्वंसक बमहरूको प्रयोग गरिरहेको आरोप लगाएका छन्।

नगर परिषद्‌का अनुसार भूमिगत आश्रयस्थलहरूमा एक हजार सर्वसाधारणले शरण लिइरहेका छन्। मारिऊपोलमा बाँकी रहेको युक्रेनी सेनाको अन्तिम जत्थाका प्रमुखले सर्वसाधारण तथा घाइते सैनिकलाई निस्कनका लागि सुरक्षित मार्ग दिन एउटा भिडिओमार्फत् अपील गरेका छन्।

फसेका मानिसहरूलाई बाहिरिन दिने विषयमा युक्रेनी र रुसी फौजबीच दुई दिनदेखि सहमति हुन सकिरहेको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ