आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शेखर कोइरालाले ‘भिलेन’ को रोल खेल्दा कांग्रेस पत्तासाप

प्रकाशित
668
SHARES

सुर्खेत। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भिलेनको रोल खेल्दा कांग्रेसले सुर्खेत उद्योग वाणिज्य संघको चुनाव हारेको छ। उनले आफ्नै उम्मेदवारलाई सहयोग नगर्दा अध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण कँडेल विजयी भएका छन् ।

कँडेलले ९११ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हर्षविक्रम खड्काले ८६३ मत ल्याए ।संघको १३ औं कार्यसमितिको नेतृत्व छान्नका लागि आइतबार मतदान भएको थियो ।

संघको नेतृत्वका लागि नेपाली कांग्रेसभित्रै दुई प्यानल चुनावी मैदानमा होमिएका थिए। हर्षविक्रमलाई अध्यक्षमा सत्तागठबन्धनले समर्थन गरेको थियो भने कँडेललाई कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमाले निकट व्यवसायीहरूले सहयोग गरेका थिए।

नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काको गृह जिल्ला समेत रहेको सुर्खेतमा खड्काको प्यानललाई कांग्रेसको संस्थापन पक्षसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट व्यववसायीको साथ थियो।

संघको वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत ९४१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन्।

वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी हुँदा दीपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजित भएका छन् । उद्योग उपाध्यक्षमा सिंहराज बमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन्।

महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन् ।

सदस्यहरुमा खड्का समूहबाट सबैभन्दा धेरै निर्वाचित भएका छन्। महिला सदस्यमा कृति शाक्य गुभाजु निर्वाचित भएकी छन्। एसोसियट सदस्य जनकबहादुर थापा र सन्तोषकुमार बराईली पनि खड्का समूहबाटै निर्वाचित भएका छन्।

खुला सदस्यमा पहलसिंह बस्याल, अर्जुनजंग शाही, लक्ष्मण खत्री देवकोटा, अजय गुरुङ, भुवन ज्ञवाली र बुद्ध तामाङ पनि खड्का समूहबाट नै निर्वाचित भएका छन्।

महिला सदस्यमा लक्ष्मीकुमारी तिवारी, खुला सदस्यमा गणेश खड्का, दीपक खड्का, विन्द्रप्रसाद जैसी, रमेश बराल, सागर भुषाल कँडेल समूहबाट निर्वाचित भएका छन्।

त्यस्तै, नेपाली कांग्रेसले ‘नो’ भनेपछि एमाले–माओवादीबीच चुनावि गठबन्धन बनेको छ । नुवाकोट जिल्लाको सूर्यगढी गाउपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावि तालमेल गर्ने गठबन्धन बनेको हो ।

बाह्र वटा पालिका रहेको नुवाकोट जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अघोषित रुपमा गठबन्धन निर्माणको भित्रीरुपमा तयारी गरिरहेका छन् ।

२०७४ सालको स्थानीय चुनावमा ३ वटा वडाको वडा अध्यक्ष सहित गाउपालिका अध्यक्ष, उपाध्यक्ष लगायत प्यानल नै जितेको नेपाली काग्रेस केन्द्र प्रदेश र जिल्लाले निर्देशन दिदासमेत गाउपालिका स्तरीय गठबन्धनको बैठकमा बस्न तयार नदेखिए पछि नेकपा एमालेले २०७४ मा पालिकमा तेस्रो रहेको माओवादी केन्द्रका कार्यकर्तालाई आफुतिर तान्दै अघोषित गठबन्धनको लागि चलखेल गरिरहेको छ ।

वडा नं १ मा वडा अध्यक्ष सहित प्यानलै जितेको तथा वडा नं ५ मा वडा अध्यक्ष मात्र जितेको माओवादी केन्द्रका केही नेता कार्यकर्ता एमालेको झुटो आश्वासन तथा प्रलोभनमा परि एमालेसित भित्रीरुपमा लहसिएका घटनाक्रमले पुष्टि गरेको पाईएको छ।

माओवादीका नेता १ नं वडाका वडा अध्यक्ष तथा माओवादी केन्द्र सूर्यगढीका अध्यक्ष इमानसिंह तामाङ एमालेसग गठबन्धन गरि काग्रेस हराउन तत्लिन रहेको स्थानिय माओवादी कार्यकर्ताहरु बताउछन् ।

कयौ पटक एमालेका नेताहरुसग इमानसिंहले वार्ता गरेको कुरा पार्टीको बैठकमा स्वयम इमानसिंहले बताउने गरेको छन् ।ईमानसिंहको एमालेसंगको उठबसलाई लिएर नुवाकोटको सूर्यगढी लगायतका स्थानहरुमा व्यापक चर्चा परिचर्चा हुने गरेको छ।

चिया पसल तथा गाउटोलमा ईमानसिंहको वामगठबन्धन भूमिकालाई लिएर राम्रै गफिक हुने गरेको नुवाकोट सूर्यगढीका जनताहरु बताउछन्। एमाले नेता तथा जिल्ला अध्यक्ष विवादास्पद प्रदेश सांसद बद्री मैनालीबाट वडा नं १ मा बिषेस रोल खेलेका छन।

केही बजेट समेत लगेका ईमानसिंह आपनै नेता तथा संघीय सांसद हितबहादुर तामाङलाई विकाश निर्माणमा केही नगरेको भन्ने आरोप लगाउदै हिड्ने ईमानंसहप्रति सिंङगो माओवादी कार्यकर्ता रुष्ट छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ