आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल

प्रकाशित
360
SHARES

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ। फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो।

फेसबुक ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु। यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु। उनले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याएका हुन्।

पोष्टमा लेखिएको छ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु। यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद।

त्यस्तै, प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भनेका हुन् ।

मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’

एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो ।

त्यसको भोलिपल्ट थपलियाले भनेका छन्, ‘निर्वाचन हुने÷नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं ।

त्यस्तै, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन्। उनले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारणा राखेका छन् ।

नेविसंघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बताए ।

‘यो गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्‍यो भनेको हो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन ।

कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ,’ उनले भने, ‘गठबन्धन भन्दाखेरि ‘गिभ एन्ड टेक’ त हुन्छ । कांग्रेस ठूलो पार्टी छ तर सानो पार्टी हामी पनि हुन पाउँ भन्नुभएको छ ।’

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा स्मरण गराए ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मादेखि महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेका बेला देउवाले भने, ‘हामी संसदीय चुनावमा हारेको हो ।

अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारेँ मैले ? मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ। धन्यवाद र बधाई दिनुपर्नेमा !

प्रतिक्रिया

आजको ट्रेन्डिङ