आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्वी युक्रेनमा रुसको बृहत हमला, दोस्रो चरणको युद्ध सुरु

प्रकाशित
323
SHARES

किभ। रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन्।

रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ। दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरूवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका छन्।

युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणको युद्ध सुरु भएको बताएका छन्। पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन् ।

यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताएका थिए ।हाम्रो सेनामा विश्वास गर्नुहोस्।

यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने। युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताए । रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो।

ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कही घाइते भएका छन्। त्यस्तै, क्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ।

ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन।

घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ। ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ। त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ।

रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ शहरमा आएका थिए। खार्किभ, कीभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए।

मार्च १३ मा पश्चिमी युक्रेनी शहर ल्भिभमा रुसी सेनाले कुनै पूर्व जानकारीविना त्यस शहरमा एक्कासि आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको थियो।

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो। उक्त आक्रमण पछि रुसले अहिले अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया

आजको ट्रेन्डिङ