आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केबलकारमा आइतबारदेखि फसेकाको उद्धार सकियो, ४ जनाको मृत्यु, हेलिकप्टरबाट पनि खसे

प्रकाशित
533
SHARES

काठमाडौं। भारतको झारखण्डको देवघरस्थित त्रिकुट पर्वतमा रोपवे दुर्घटना भएको ४५ घण्टापछि उद्धार कार्य पूरा भएको छ। रोपवेको ट्रलीमा फसेका ४८ जनामध्ये ४६ जनाको उद्धार गरिएको छ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२ भन्दा बढी घाइते भएका छन्। उद्धारका क्रममा दोस्रो दिन पनि एक महिला ट्रलीबाट खसेकी थिइन्। उनको मृत्यु भयो। सोमबार पनि हेलिकप्टर चढ्ने क्रममा लडेर एक युवकको ज्यान गएको थियो।

मंगलबार तेस्रो दिन पनि ७ घण्टा अपरेशन चलेको थियो। वायुसेना र आइटीबीपीका कर्मचारीहरूले हेलिकप्टरबाट २५ सय फिटको उचाइमा पुगेर रोपवेको तीन ट्रलीमा फसेका १५ जनालाई उद्धार गरे।

उच्च उचाइ र तीव्र हावाको कारण, यो सबैभन्दा कठिन उद्धार थियो। उद्धारका क्रममा एक जवानको खुट्टामा चोट लागेको छ। एक दिन अघि सोमबार सेना, वायुसेना, आईटीबीपी र एनडीआरएफको टोलीले १२ घण्टासम्म उद्धार कार्य गरेक थिए।

जसमा ३३ जनाको हेलिकप्टर र डोरीको सहयोगमा उद्धार गरिएको थियो। उद्धारका क्रममा सेफ्टी बेल्ट भाँचिएर हेलिकप्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। अन्धकार र कुहिरोका कारण अपरेशन स्थगित गरिएको थियो।

वायुसेना, सेना र एनडीआरएफ टोलीहरूले अतिरिक्त सतर्कता अपनाएका थिए। तीनवटा ट्रली अग्लो उचाइमा रहेकाले रोपवेको तारले मानिससम्म पुग्न कठिन भएको टोलीका एक अधिकारीले बताए।

यस कार्यमा वायुसेनाका तीन वटा हेलिकप्टर परिचालन गरिएको थियो। शीर्ष अधिकारीहरू लगातार घटनास्थलमा क्याम्पमा बसेका थिए। उक्त दुर्घटनामा उद्धार गरिएका १२ जनाभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ।

जसमा महिला र बालबालिकाहरू छन्। केही घाइतेलाई आईसीयूमा पनि राखिएको छ।उद्धार कार्य सकिएपछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले भने, उद्धार कार्य पूरा भएको छ ।

दुर्भाग्यवश हामीले यस दुर्घटनामा केही व्यक्तिहरू गुमायौं। म वायुसेना, सेना, एनडीआरएफ र आईटीबीपीका जवानहरू र प्रशासनलाई सलाम गर्दछु।

जसले मानिसहरूलाई मद्दत गर्न आफ्नो जीवन जोखिममा राखेका छन्। घटनाको छिट्टै उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा कारबाही गरिने छ र घाइतेलाई सहयोग गर्ने निर्णय गरिनेछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ