आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय सेना प्रमुख फेरीए, को भए नयाँ सेना प्रमुख ?

प्रकाशित
447
SHARES

नयाँ दिल्ली। भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन्। उनले १ वैशाखदेखि पदभार ग्रहण गर्नेछन् । कोर्पस अफ इन्जिनियर्सबाट प्रधानसेनापति बन्ने उनी पहिलो अधिकृत हुन्।

उनी जनरल मनोज मुकुन्द नरवणेको उत्तराधिकारी हुनेछन्। नरवणेको कार्यकाल ३० अप्रिलमा पूरा हुँदैछ। सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।

रक्षा अधिकारीहरूको भनाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। नेसनल डिफेन्स एकेडेमीका पूर्वछात्र लेफ्टिनेन्ट जनरल पाण्डे सन् १९८२ को डिसेम्बरमा कोर्पस अफ इन्जिनियर्समा भर्ती भएका थिए।

उनले जम्मु कश्मीरको नियन्त्रण रेखाको किनारमा पल्लनवाला सेक्टरमा अपरेसन पराक्रममा इन्जिनियर रेजिमेन्टको कमाण्ड गरेका थिए।

त्यस्तै, चीनले अमेरिकाबाट आफ्नो सुरक्षामा खतरा बढेको कारण देखाउँदै परमाणु हतियारको संख्या बढाउन खोजेको एक रिपोर्टले जनाएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले चिनियाँ सुरक्षामा धावा बोल्ने खतरा बढेको भन्दै चीनले आफ्ना परमाणु हतियारहरूको संख्या बढाउन खोजिरहेको छ।

खबरअनुसार चीनले अमेरिकी खतरासँग जुध्नको लागि आणविक हतियारलाई बलियो बनाइरहेको छ। चीनको पश्चिमी क्षेत्रहरुमा १०० भन्दा बढी मिसाइल साइलोहरूको निर्माण भएको देखिएको छ।

मिसाइल साइलो त्यस्तो ठाउँ हो जहाँ आणविक हतियार राखिन्छ। त्यहाँ त्यसलाई मर्मत गरिनुको साथै त्यहीँबाट मिसाइल प्रहार पनि गर्न सकिन्छ।

अमेरिकाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको भनिएको केहीदिनमै चीनले परमाणु हतियारको संख्या बढाइरहेको खबर आएको हो।हाल रुस–युक्रेन द्वन्द्वमा अमेरिका मस्कोप्रति ज्यादै आक्रामक देखिरहेको छ।

अमेरिका चीनको पनि कटु आलोचक हो।चीनले दाबी गर्ने ताइवानलाई अमेरिकाले उक्साइरहन्छ भने प्रविधि, व्यापारको विषयमा अमेरिकासँग चीनको सम्बन्ध राम्रो छैन।

त्यस्तै, भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ।आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको बताइएको छ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पु¥याएको थियो।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो।

यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन्।यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ।

शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ