आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पल शाह प्रकरणमा नयाँ टुइस्ट, समिक्षाले बयान फेरेपछि न्यायाधिश समेत चकित

प्रकाशित
658
SHARES

काठमाडौं। पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ। बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ।

बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए।

हाल उनी तनहुँ कारागारमा छन्। अब के हुन्छ ? पीडित भनिएकी बालिकाले नै बयान फेरेपछि शाहलाई राहत पुग्ने देखिएको छ । पीडित पक्षले बयान फेरेसँगै मुद्दा कमजोर हुने छ ।

पीडितले नै आफूमाथि बलात्कार भएको होइन भनेर बयान दिएको खण्डमा भने पिडक भनिएको पक्षलाई राहत पुग्ने छ । तर यसरी बयान फेर्दा पीडित माथि नै कारबाही हुन सक्ने सम्भावना पनि रहन्छ ।

केही साता अघिमात्र जिल्ला अदालत अछामले बलात्कारकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ। त्यस्तै, बलात्कारको आरोप लागेर पुर्पक्षको लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्धामा पीडित नाबालिकाले बयान फेरेकि छिन्।

नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा उल्लेखीत विवरण सबै सत्य नभएको बताएको स्रोतले जनाएको छ।पीडितले आफू अरु कसैको उक्साहटमा परेर जाहेरी दिएको बताएको पल शाहको मुद्दामा वहस गरेका वकिलहरुले दाबी गरेका छन्।

पल शाहमाथि नाबालिका गायिकाले आफूमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए। यही विषयसँग सम्बन्धित अर्को उजुरी नवलपरासीमा दर्ता भएको थियो।

उनको बयानले पल शाहका शुभचिन्तकहरु खुशी भएका छन्। बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी प्रावधान छ।

समिक्षा अधिकारी मिडियामाथि खनिदै लेखिन लामो स्टाटस: गायिका समिक्षा अधिकारीले आफु र पल बिचको सम्बन्धको बिषयमा आएको समाचार प्रति आक्रोश व्यक्त गरेकी छिन। उनि र पल बिचको सम्बन्धलाइ लिएर मिडियामा अहिले अनेक हल्लाहहरु छन। पल र समिक्षा बीच अनैतिक सम्बन्ध रहेको र २ बर्ष भित्र बिहे गर्नु पर्ने भन्दै एक मिडियाबाट आएको समाचार पछि यी जोडीलाई लिएर दर्शकले बिभिन्न अड्कलबाजी गरिरहेका छन।

यता समीक्षाले भने आफुलाई मिडियाले बदनाम गर्न खोजेको र पल साह माथी झन् असर पर्ने काम गरेको भन्दै आक्रोशित भएकी छिन।उनले आफु र पल बीच कुनै अनैतिक सम्बन्ध न रहेको समेत फेसबुकको स्टाटसमा लेखेकी छिन।पल शाह मेरो अभिभाबक हुन् भन्दै समीक्षाले यस्ता गलत प्रचार गर्ने हरुको पछि नलाग्न आफ्नो दर्शकलाई अनुरोध पनि गरेकी छिन।

नमस्कार,मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ।

यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ ।

एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु।

र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन।

म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु।

अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला। सबैलाई धेरै धेरै माया धन्यबाद।

प्रतिक्रिया

आजको ट्रेन्डिङ