आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रविना देशराज श्रेष्ठ मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

प्रकाशित
240
SHARES

काठमाडौं। मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्।

विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्।उनी अभिनेत्री प्रियंका कर्कीकी सासु आमा पनि हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री चुतर्थबाट विभुषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छन्।

त्यस्तै,राष्ट्रिय चलचित्र पुरस्कारबाट दीपक राज गिरी उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मानित भएका छन्।

चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको पुरस्कारबाट उनीहरु सम्मानित भएका हुन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्ले पुरस्कार हस्तान्तरण गरेकी थिइन्।

चलचित्र विकास बोर्डले २०७६–२०७७ को राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो। कोरोनाका कारण त्यसबेला पुरस्कार वितरण गर्न सकिएको थिएन।

सुरक्षा पन्तले ‘आमा’ फिल्मबाट उत्कृष्ट अभिनेत्री र दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन्।

त्यस्तै, गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ (क) बमोजिम उहाँलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

डिआइजी अर्याल वरियतामा पहिला नम्बरमा हुनुहुन्छ । डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा हुनुहुन्छ ।

यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली थियो।

समितिले बढुवाउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी दिन सूचनामार्फत अनुरोध गरेको छ ।

पदोन्नति भएको खण्डमा अर्याललाई यही वैशाख १८ पछि सशस्त्र प्रहरी बलको नेतृत्व (महानिरीक्षक) सम्हाल्ने बाटो खुला हुनेछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ