आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन घरमा बोलाएको एक घण्टा नबित्दै नयाँ बर्षको दिन शंकास्पद मृत्यु भएकी अमृता

प्रकाशित
388
SHARES

काठमाडौ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वर्ष २०७९ को पहिलो दिननै अशान्त बनेको छ। तिलोत्तमा–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन खत्रीको शंका स्पद मृ”त्यु भएपछि नाराबाजी चलेको छ।

अमृताको बुधबार राती आफ्नै घरमा मृ”त्यु भएको हो। बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृ”त्यु भएको माइती पक्षको दाबी छ।

घ”टनाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो। छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन्।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो। पटकपटक या”तना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो। मृतकका ५ वर्षीय छोरा छन्।

अमृतालाई परिवारकै सदस्यले ह ”त्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएको माइती पक्षको आरोप छ।

अस्पताल पुर्याउदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।

बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन्। माइती पक्षले भने ।

घ”टनाको निष्पक्ष छानबिन र दो षीमाथि का”रवाही को माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र ना राबाजी गरेका छन्। मृ”तकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

घटनाको सत्यतथ्य छानविन गरी दोषि माथि कडा कारबाहीको माग गर्दै माईती पक्ष जाहेरी लिएर ईलाका प्रहरी कार्यालय बुटवलमा पुगेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ