आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौ विमानस्थल बाट आयो नमिठो खबर, देश-विदेशमा समेत तरङ्ग

प्रकाशित
1K
SHARES

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट आएको खबरले सबै नेपालीको शिर निहुरिने काम भएको छ। प्रवृधिमा तेस्रो विश्वमा रहेको नेपालले अन्राृष्ट्रिय जगतमै नेपालको छवि धुमिल्याउने कदम चालिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नेपाल आउने तर अनअराइभल भिसा लिनुपर्ने विदेशी राहदानी वाहकलाई विदेशी मुद्रा नगदै बोकेर आउन सूचित गरेको छ।

विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगद बोकेर आउन आग्रह गरिएको हो। यो खबरपछि अहिले पछिल्लो समय विमानस्थलमा सटलबस लगायत सुधारका काम गरेका पर्यटनमन्त्री प्रेम आलेको खोजी सुरु भएको छ।

अनअराइभल भिसा लिने विदेशीलाई भिसा शुल्क बुझाउन सजिलो होस् भन्दै कार्यालयले दुई सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो।

कार्यालयले कम्प्युटरको सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेकाले सजिलोको निम्ति नगद ल्याउन सूचित गरेको बताइन्छ।

अध्यागमन कार्यालयमा हाल एउटा मात्र एटीएम छ। तर, आफ्नो सजिलोको लागि नगद बोकेर आउन सूचित गरेको कार्यालयले त्यसको पछाडिको पाटोलाई बिर्सेको छ।

विशेषगरी अमेरिकी डलरमा नक्कली हुनसक्ने सम्भावना धेरै भएकाले विद्युतीय कारोबार सुरक्षित हुने बैंकहरुको भनाइ छ।

यता नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकहरुले तरकारी पसलदेखि सामान्य चिया खाजा पसलसम्म डिजिटल पेमेण्टको व्यवस्था गरेका छन्।

विश्वका अधिकांश देशमा नगद कारोबारको प्रचलन अत्यन्त कम भइसकेको अवस्थामा नगद बोकेर आउन गरिएको सूचना आफैँमा उल्टो मति भएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।

त्यस्तै, सरकारले विश्व बैंकसँग १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर अर्थात्,

करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उहाँले बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएक हुन् । अनुदान सहयोगसँगै मुलुकको विदेशी विनिमय सञ्चितिमा सघाउ पुग्ने अनुमान गरिएको छ।

त्यसैगरी बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उनले बताए।

त्यसैगरी मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ।

यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको थियो।

सरकारले कपिलवस्तुको मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल र गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ।

साथै, कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए।

यस्तै, बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ