आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनको सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण, हतियार बनाउने प्लान्ट पूर्ण रुपमा ध्वस्त

प्रकाशित
780
SHARES

किभ। युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण भएको छ। राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामासो हमला भएको हो।

किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए। रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ। ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ।

रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ। गत महिना किभ वरपरका क्षेत्रहरूबाट रुसी सेनाहरू फिर्ता भएपछि राजधानीमा भएको यो पहिलो हमला हो। रुसले आफ्नो सम्पूर्ण शक्ति पूर्वी दोनाबास क्षेत्रमा केन्द्रित गर्ने जनाएको छ।

रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ। उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ।

रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ। ब्ल्याक सिमा आफ्नो युद्धपोत जहाजमा ठूलो क्षति बेहोरोपछि रुसले ठूलो झड्का महसुस गरेको छ। समुद्री युद्धपोतलाई युक्रेनी सेनाले ध्वस्त बनाएको युक्रेनले दाबी गरेको छ।

युक्रेनले युद्धपोतलाई मिसाइल आक्रमणको निशानामा परेको बताए पनि रुसले जहाजमा रहेको गोलाबारुद विस्फोटका कारण आगलागी भएको दाबी गरेको छ।सोही हमलालाई लिएर रुसी सरकारी टेलिभिजनले तेस्रो विश्वयुद्ध सुरु भएको चेतावनी दिएको थियो।

त्यस्तै,पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले जानकारी दिएको छ।

प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा अवरुद्ध गरिएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले एक ब्रीफिंगमा बताएका छन्।

उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताएका छन्।आजोभ सागरको एक प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस(युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ।

यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रबार उसको सेनाले शहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारियुपोलमा रुसीहरूसँग लडिरहेको जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारियुपोलमा रहेका युक्रेनी सेनालाई हटाएमा रुससँग जारी कुनै पनि प्रकारको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका छन्।

त्यस्तै, बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन्। नेदरल्याण्ड्समा इन्भिक्टस खेलको उद्घाटन समारोहमा बोल्दै, राजकुमार ह्यारीले भने, ‘संसार युक्रेनसँग एकजुट छ ।

‘तपाईलाई थाहा छ हामी तपाइँको साथमा छौँ । संसार तपाइँसँग एकताबद्ध छ । अझै पनि तपाइँ धेरै योग्य हुनुहुन्छ, उद्धघाटन समारोहलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी टिमलाई सो प्रतियोगितामा प्रतिस्पर्धा गर्न विशेष अनुमति दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ