आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भर्खरै रुसको बायु सेनाले अमेरिका- नेटो देशबाट हतियार ल्याइरहेको विमान खसाल्यो

प्रकाशित
5.3K
SHARES

एजेन्सी। रुसको हवाई रक्षा युनिटले पश्चिमी देशद्वारा पठाइएको हतियार ल्याइरहेको युक्रेनी सेनाको विमानलाई खसालेको दाबी गरेको छ।

तास समाचार एजेन्सीले रुसको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेनकोवलाई उद्धृत गर्दै दक्षिण–पश्चिमी युक्रेनमा ओडेसा शहर बाहिर यो हमला गरिएको जानकारी दिए।

बीबीसीले स्वतन्त्र रुपमा यो जानकारी पुष्टि गर्न नसकेको बताएको छ यो घटनामा कसैको ज्यान गए नगएको पनि स्पष्ट जानकारी दिएको छैन।

जनरल कोनाशेनकोवले विगत २४ घण्टामा रुसी वायु सेनाले युक्रेनी सैनिक वा तिनका उपकरण रहेको दर्जनभन्दा बढी ठाउँमा निशाना बनाएको दाबी गरेका छन्।

गएको २४ घण्टामा युक्रेनका एक दर्जनभन्दा बढी क्षेत्रमा आफूले कारवाही गरेको र त्यसमा युक्रेनी हतियार र सैनिकलाई ठूलो क्षति भएको रुसी भनाइ छ।

त्यस्तै, उत्तरद्वारा नयाँ आणविक क्षमताको क्षेप्यास्त्र परीक्षण, रुसबाट चिन्तित पश्चिमालाई थप झट्का:उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जानकारी दिएको छ।

नयाँ क्षेप्यास्त्रले आफ्नो सैन्य क्षमता थप वृद्धि भएको पनि प्योङयाङले आइतबार बताएको छ। जानकारहरुका अनुसार उत्तर कोरियाले पछिल्लो सयम परीक्षण गरेको क्षेप्यास्त्र साना परमाणु हतियार आफूसँगै लैजान सक्षम छ।

यो देखिन्छ कि उत्तर कोरियाले परमाणु हतियारको परीक्षणको तयारीलाई तिव्रता दिइरहेको छ। गत शुक्रबार उत्तर कोरियाका सवंस्थापक नेता किम इल–सङको जन्म जयन्तीको मौकामा क्षेप्यास्त्र परीक्षण भएको बताइएको छ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जङ उनले नयाँ क्षेप्यास्त्र प्रणालीको अवलोकन गरेका थिए। बयानमा उत्तर कोरियाले लामो दुरीको हतियार क्षमतामा अत्यधिक सुधार आएको पनि जनाइएको छ।

पछिल्लो समय रुसले युक्रेनलाई आक्रमण गरिरहँदा पश्चिमा राष्ट्रहरु चिन्तित छन्। रुसले आफ्नो अस्तित्वमाथि संकट उत्पन्न भएको आभास भएमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिइसकेको छ।

यस्तोमा उत्तर कोरियाको नयाँ क्षेप्यास्त्र परीक्षणले उनीहरुको चिन्तालाई थप बढाएको छ। रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्रि मेदभेदेवले यस्तो चेतावनी दिएका हुन्। रुससँग एक हजार ३०० किलोमिटर सीमा जोडिएको फिनल्यान्ड र अर्को युरोपेली देश स्वीडेनले नेटो गठबन्धनमा आबद्ध हुने योजनामा छन्।

रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्रि मेदभेदेवले स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध भएमा रुसले बाल्टिक सागरमा आफ्नो स्थल, नौसैनिक र वायु सेना बलियो बनाउने बताए।

सन् २००८ देखि २०१२ सम्म रुसी राष्ट्रपति रहेका मेदभेदेवले भने,आणविकमुक्त बाल्टिकबारे कुनै पनि वार्ता हुन सक्दैन। सन्तुलन पुनस्र्थापित गरिनुपर्छ।

मेदभेदेव सन् २००८ देखि सन् २०१२ सम्म रुसको राष्ट्रपति थिए। उनीहरूले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू घरनजिकै बाँच्नु पर्ने थियो। उनीहरूले घरनजिकै परमाणु हतियार र हाइपरसोनिक मिसाइलहरूसँग बाँच्नु पर्नेछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ