आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी सेनाले मारियुपोलको सबै भूभाग कब्जा गर्यो, युक्रेनी सेनालाई दिउसो १ बजे सम्म आत्मसमर्पण गर्न समय दियो

प्रकाशित
2K
SHARES

एजेन्सी। युक्रेनी सैनिकले आइतबारसम्म आफ्नो हतियार बिसाए युक्रेनी सैनिकको जीवन दान दिने बताएको छ। युक्रेनको प्रमुख बन्दरगाह शहर मारियुपोलको विषयमा कुरा गर्दै रुसले यस्तो भनेको हो। रुसी सरकारले युक्रेनी सैनिक र भाडामा लिइएका विदेशी सैनिक मारियुपोलमा अहिलेसम्म पनि लडिरहेको बताएको छ।

आफूले मारियुपोलको धेरैजसो हिस्सा आफ्नो कब्जामा लिएको र यदि युक्रेनी सैनिकले मस्कोको समयानुसार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म हतियार बिसाउँछन् भने उनीहरुको सुरक्षाको ग्यारेन्टी दिइने बताएको छ।

रुसले यस्तो गर्नेहरुलाई जेनेभा कन्भेन्सनको युद्धबन्दीलाई झैँ व्यवहार गरिने पनि रुसले बताएको छ। रुसका अनुसार शहरमा युक्रेनी सुरक्षाबल अजोफ्स्तल स्टिलवर्क्स इलाकासम्म मात्रै सिमित छन्।

यो बयानमा रुसी सुरक्षाबललले त्यहाँ उपस्थित सैनिकले प्रस्ताव पाउन् भन्नका लागि यो जानकारी लगातार प्रसारित गर्ने र यसलाई रातभरी हरेक आधा घण्टामा प्रसारण गरिने बताइएको छ। साथै, सुरक्षाबलले किभको अनुमतिको प्रतीक्षा नगरीकन आफैंले निर्णय लिएर आत्मसमर्पण गर्नसमेत भनिएको छ।

यस्तै, युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मारियुपोलको एउटा सानो हिस्सामा मात्रै युक्रेनी सुरक्षाबलको कब्जा भएको स्वीकार गरे र उनको सरकार रक्षा गरिरहेको सैनिकसँग लगातार सम्पर्कमा भएको बताएको छ।

रोयटर्स समाचार एजेन्सीका अनुसार राष्ट्रपतिले स्थिति निकै गम्भीर भएको बताएका छन्। मारियुपोलबाट युक्रेनी सेना बाहिरिसकेको र उनीहरु अजोफ्स्तलसम्म मात्रै सिमित छन् भन्ने रुसी दाबीको कुनै जवाफ भने दिएका छैनन्।

रुसका अनुसार एउटा ठूलो स्टिल र फलामको प्लान्टमा यी सैनिक छन्। रुसको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार यो प्लान्टमा २५ सय युक्रेनी सैनिक छन् र बाहिर निस्कने बाटो रुसी सुरक्षाबलले बन्द गरिदिएको छ।

यता बीबीसीले भने यी रिपोर्टको पुष्टि गर्न नसकेको बताएको छ। त्यस्तै,स्वीडेन र नर्वेले नेटोको सदस्यता लिए आणविक हतियारको विकल्पबारे विचार गर्न बाध्य हुने रुसले चेतावनी दिएको छ।

रुसको सुरक्षा परिषदको वरिष्ठ सदस्य पूर्व राष्ट्रपति दिमित्री मेदभेदेबले नयाँ परिस्थितिमा बाल्टिक क्षेत्र वरपर तैनाथ रुसी फौजलाई थप सबल बनाउन आफूहरु बाध्य हुने बताए।

स्वीडेन र नर्वेले दशकौंको तठस्थताको नीति परित्याग गर्दै नेटोमा सहभागि हुने चाहना देखाएका छन्। यी दुई मुलुकले युक्रेनमाथिको रुसी आक्रमणपछि युरोपको ‘सुरक्षा परिदृश्य’ बदलिएको बताउन थालेका छन् ।

मेदभेदेभले स्वीडेन र नर्वे नेटोमा सहभागी भए भने नेटो सदस्यसँग जोडिने रुसको स्थल सीमाना दोब्बर हुने बताए। स्वभाविक रुपमा यी सिमा क्षेत्रमा हामीले सुरक्षा बढाउनुपर्ने हुन्छ। त्यस क्षेत्रमा हाम्रा स्थल, हवाई र नौसेनामा वृद्धि गर्नुपर्छ, मेद्भेदेवले भने।

भ्लादिमिर पुटिनका घनिष्ट मित्र मानिने मेदभेदेवले पछिल्लो समय आणविक धम्की धेरै दिइरहेका छन्। यसअघि पनि उनले युक्रेन युद्धमा पनि आवश्यक परे आणविक हतियार प्रयोग हुन सक्ने चेतावनी दिएका थिए।

स्वीडिस तथा फिनिस नेटो सदस्यताको अर्थ बाल्टिक क्षेत्र आणविक अस्त्र मुक्त हुने वहस अन्त्य हुनेछ–सन्तुलन पुनरवहाली गर्नैपर्छ, बिहिबार मेद्भेदेबको पुनः यस्तो भनाई आएको छ।

रुस र बाल्टिक राज्यहरु इस्टोनिया, लात्भियासँग रुसको सीमाना जोडिएको छ। रुसको सानो भूभाग कलिनिग्राद बाँकी रुससँग भूगोलबाट कटिएर बाल्टिक मुलुक लिथुआनिया र पोल्याण्डको बीचमा बसेको छ।

उता लिथुयानियाका रक्षा मन्त्री आरभीदास अनुसोस्कासले बिहिबार नै रुसले पहिलेदेखि बाल्टिक क्षेत्रको रुसी एनक्लेभ कलिनिनग्रादमा आणविक हितयार राखिसकेको दावी गरेका छन्।

स्वतन्त्र रुपमा पुष्टि नभए पनि सन् २०१८ मा फेडेरेसन अफ अमेरिकन साईन्टिस्ए फएएसले कलिनिनग्रादको आणविक अस्त्र भण्डारण गरिने बंकरको मर्मतसम्भार भएको सुचना पाएको बताएको थियो। ​

कलिनिनग्रादमा आणविक अस्त्र भण्डारण स्थल रहे पनि त्यहाँ आणविक अस्त्र राखिए नराखिएकोबारे विरोधाभाषी रिपोर्ट आएको एफएएसका आणविक सूचना परियोजनाका निर्देशक हान्स क्रिस्टेनसेनले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ