आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कैलालीबाट आयो आरजु राणाका लागि अत्यान्तै नमिठो खबर

प्रकाशित
826
SHARES

काठमाडौ। नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाका लागि अत्यन्तै दुःखद खबर प्राप्त भएको छ। कैलालीमा जनता समाजवादी पार्टी जसपाले कांग्रेससँग गठबन्धन नगर्ने भएपछि राणालाई झट्का लागेको छ।

जसपाले केन्द्रमा भएको सहमतिविपरीत सत्ता गठबन्धनमा नरहेका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। राणाले कांग्रेस जित्नका लागि गठबन्धन आवश्यक भएको बताउँदै आएकी थिइन्।

उनी कैलालीबाटै प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत चैत २९ गते गठबन्धनका शीर्ष नेताबीच भएको बैठकले ‘गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्न पाउने’ निर्णय गरेको छ।

पाँच दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन्।

तर कैलालीमा जसपाले केन्द्रको सहमति उल्लंघन गर्दै सत्ता गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग चुनावी तालमेल गर्ने घोषणा गरेको हो।

कैलालीको सदरमुकाम धनगढीमा शनिबार पत्रकार सम्मेलन गरेर चार दलले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आपसमा सहकार्य गर्ने जानकारी दिएका हुन्।

उनीहरुले वैशाख १ गते बसेको चार दलको बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक, वैचारिक र कार्यनीतिक सहमति भएको जनाएका छन्।

चार दलबीच नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा आाआफ्ना दलको चुनाव चिह्न प्रयोग गर्ने र वडाध्यक्षको हकमा अध्यक्षले प्रयोग गर्ने चुनाव चिह्न वडाको प्यानलमा प्रयोग गर्ने सहमति भएको छ।

गठबन्धनको नीति, निर्देशन इमान्दारिताका साथ सबै दलका नेता–कार्यकर्ताले पालना गर्ने÷गराउने उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, गठबन्धन कांग्रेसका लागि गलपासो भएको छ।

आन्तरिक दन्दका कारण सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन भन्दा अगाडि नै फुट्ने भएको छ। कुन पालिका कसले लिने भन्ने विषयमा सहमति नभएपछि गठबन्धन चुनाव अघिनै फुट्ने भएको हो।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरु एकतावद्ध हुने अवस्था नभएको बताएपछि यसको रहस्य खुलेको हो।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको उनको तर्क छ।

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको जिकिर गरे ।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफैं असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्न नसकिने बताए।

सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दवाव सिर्जना गर्न खोज्याछन। त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरुलाई आग्रह गर्दछु’ उनले भने ।

उपमहासचिव ज्ञवालीले भने, उनीहरुले जतिसुकै प्रयास गरेपनि गठबन्धन तलसम्म एकतावद्ध गरेर लैजाने अवस्था छैन। यही कारणले उनीहरु अत्तालिएका छन्।

तर जतिसुकै गरेपनि उनीहरुले यो गठबन्धनलाई तलसम्म एकतावद्ध बनाएर लैजाने अवस्था छैन। गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ।

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ