आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फुट्यो सत्ता गठबन्धन, जसपाको निणर्यले देशभर तरङ्ग

प्रकाशित
334
SHARES

काठमाडौ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा रुपन्देहीको एक नगरपालिकामा सत्ता गठबन्धन फुटेको छ। उम्मेदवार घोषणा गर्ने समय नजिकिँदै गर्दा सिद्धार्थनगर नगरपालिकामा चुनावि गठबन्धन नहुने भएको छ।

जनता समाजवादी पार्टी, नेपाल जसपा सिद्धार्थनगर नगर समितिले पाँचदलीय गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। सिद्धार्थनगर नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको चुनावमा जसपालाई कुनै उपलब्धि नदेखिएको।

त्यस्तै कार्यकर्ताहरूमा निराशा भई भविष्यमा पार्टीका लागि घातक हुने संकेत देखिएकाले उक्त निर्णय गरिएको पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले बताए।

जसपा नगर समितिको निर्णय बमोजिम पाँचदलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको जैसवालले जानकारी दिए। त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयलाई पत्र पठाइएको उनले बताए।

त्यस्तै, जनता समाजवादी पार्टी जसपाका सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी एमालेमा प्रवेश गरेका छन्। उनलाई शनिबार एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना, एमाले केन्द्रीय सदस्य एवं कैलाली सह-इन्चार्ज सन्तोष शर्मा, एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी, एमाले कैलाली अध्यक्ष रतन थापालगायतको समेत उपस्थिति रहेको थियो।

एमाले प्रवेश गर्दै आउजीले वर्तमान सन्दर्भमा एमालेले मात्रै देश र जनताको हितमा काम गर्ने भएकाले यो पार्टीमा प्रवेश गरेको बताए ।उनले आगामी दिनमा एमालेका नीति अनुरूप आफ्ना क्रियाकलापहरू अघि बढाउने प्रतिबद्धतासमेत जनाए।

यसअघि जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्ण चौधरी पनि पार्टीबाट राजीनामा दिँदै माओवादी प्रवेश गरेका छन्। त्यस्तै,नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनकोे नतिजा एमाले मय हुनुपर्ने बताएका छन्।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटिले आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले देशको ७ सय ५३ वटै स्थानीय तह एमालेको कब्जामा हुनुपर्ने जोड दिएका छन्।

एमालेलाई जित्न नदिनको लागि ५ दलले गठबन्धनमार्फत चुनावी माहोल तताइरहेको ओलीको भनाई छ।वैशाख ३० गते देशको सबै स्थानीय तहमा निर्वाचन हुदैछ तर एमालेको उम्मेदवारलाई हराउन गठबन्धन मार्फत सड्यन्त्रगरिरहेका छन्।

तर गठबन्धन जे सुकै होस् सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि एमालेको सूर्य चिन्हमा भोट हाल्नुहुन सबैलाई आग्रह गर्न चाहान्छु, अध्यक्ष ओलीले भने, एमालेले निर्वाचन जितेर कहिल्यै घमण्ड गर्दैन। झन् शालिन र बिनम्रताको साथ जनताको सेवामा तल्लिन हुनेछ।

अत्याधिक बहुमतको साथ आउँदो प्रदेश र संसदीय निर्वाचन जितेर बहुमतको साथ सरकार बनाउनेछ। आफ्नो पार्टीका कार्यकर्ताहरुलाई मत बढाउन तर्फ लाग्न समेत अध्यक्ष ओलीले निर्देशन दिएका छन्।

पार्टीले उम्मेदवार छनौट गरेपछि एक मन भएर एक सुरले चुनावी अभियानलाई अघि बढाउन समेत उनले नुवाकोटका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।आसन्न स्थानीय तह जित्नै पर्ने दोहोह्राउदै ओलीले भने।

भोट के मा भनेर प्रश्न गर्दा सबैको आँखा सूर्यमा पुग्ने गरेको छ। हामीलाई आएको मत कसरी जोगाउने त्यसतर्फ लाग्नु जरुरी छ। बत्ति निभाएर, मतपेटिका साट्नेदेखि मतपत्र चपाउनेसम्म छन्।

मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस्।साथै अध्यक्ष ओलीले नुवाकोट जिल्ला एमालेको किल्ला बन्ने उद्घोष समेत गरेका छन्। नेपाली कांग्रेसका नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र बहादुरसिंह तामाङलाई इंकित गर्दै भने,

नेता तथा कार्यकर्ताको साधमा अध्यक्ष केपी शर्मा ओलीले भने, दाइ शरण आउन् कि भाइ शरण आउन्, नरसिंङा आउन् कि अर्का सिंङा आउन्। नुवाकोट जिल्ला लाल किल्ला भएरै छाड्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ