आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको ५१ औँ दिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे दुखत: घोषणा, सबै स्तब्ध

प्रकाशित
10.8K
SHARES

काठमाडौं। युद्धको ५१ औँ दिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे दुखत: घोषणा गरेपछि सबैका आखा रसाएका छन्। भाबुक हुदै गरेको घोषणाले सबैलाई दुखि तुल्याएको छ। युक्रेनी सेना र जनताले देखाएको बहादुरीले आफु लाइ आत्मबल मिलेको बताएका छन्।

रुसले युक्रेनमाथि आक्रमण थालेको ५० दिन पूरा भएको छ। यसबारे सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ५० दिनसम्म रुसी आक्रमणबाट रक्षा गर्नु उपलब्धि भएको टिप्पणी गरेका छन्।

बीबीसीका अनुसार आक्रमणका बेला रुसले ५ दिनको समय दिएकोमा ५० दिनसम्म मुलुकको रक्षा गर्नु उपलब्धि भएको उनको टिप्पणी छ।तर उनीहरुलाई युक्रेनीहरु यतिसम्म बहादुर छन् भन्ने थाहा थिएन।

सन्देशमा जेलेन्स्कीले भने, स्वतन्त्रता र आफ्नो चाहनाअनुसार जीवन बाँच्ने सम्भावना हाम्रा लागि कति महत्वपूर्ण छ भन्ने उनीहरूलाई थाहा थिएन ।उनले युक्रेनी नागरिकलाई पनि बधाइ दिए। ५० दिनसम्म हाम्रो रक्षा उपलब्धि हो।

दशौँ लाख युक्रेनीको उपलब्धि हो। गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथिको आक्रमणलाई जारी राखेको छ। पछिल्लो समय रुसी आक्रमणको प्रमुख निशानामा पूर्वी एवम् दक्षिणी युक्रेन रहेको बताइएको छ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा हालसम्म ५ सय भन्दा धेरै गैरसैनिक मारिएका छन् ।सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभले रुसी आक्रमणका कारण हालसम्म सो क्षेत्रमा ५०३ जनाको मारिएको जनाएका हुन् ।

उनका अनुसार मारिनेमा २४ जना बालबालिका समेत छन् । ‘यो निर्दोष मानिसहरुको जनसंख्या हो, हामी कुनै पनि जीवनका लागि माफ गर्नेछैनौँ ।’ गभर्नर सनेगुबोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि उनको दाबीको स्वतन्त्र पुष्टि भने नभइसकेको जनाइएको छ । रुसको सीमाबाट केबल ४० किलोमिटरको दूरीमा रहेको खार्किभमा युद्ध शुरु हुनुअघि १५ लाख मानिसहरुको बसोबास रहेको बीबीसीले जनाएको छ।

त्यस्तै, युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ ।उत्तरपूर्वी युक्रेनमा गरिएको आक्रमणका क्रममा ३० पोलिश भाडाका सैनिक मारिएको रुसी रक्षामन्त्रलयले जनाएको हो ।

युक्रेनको दोश्रो ठूलो शहर खारकिभ नजिकै पर्ने इजियुम्स्कोये क्षेत्रमा गरिएको आक्रमणमा उनीहरु मारिएको रक्षा मन्त्रालयको भनाइ छ रुसका अनुसार सो गाउँमा रुसको रणनीतिक रकेट बलले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तेस्तै, पूर्वी युक्रेनका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका ती शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसी फौजका आठ आक्रमण असफल पारिएको युक्रेनी फौजको दाबी छ ।यसक्रममा युक्रेनी फौजले रुसका चार ट्यांक, ६ बख्तरबन्द गाडी, चार सैनिक सवारी साधन र एक आर्टिलरी प्रणाली ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

यद्यपि युक्रेनी फौजको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बताइएको छ। पछिल्ला केही दिनयता रुसले राजधानी किभ आसपासबाट आफ्ना सैनिक फिर्ता बोलाएर आक्रमणलाई पूर्वी तथा दक्षिण युक्रेनतर्फ केन्द्रित गर्दै आएको छ।

यसै बीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण नगर्ने भएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बाइडेनले युक्रेन भ्रमण गर्ने कुनै योजना नरहेको बताएकी हुन्।

यसअघि अमेरिकी सञ्चारमाध्यममा राष्ट्रपति बाइडेनको प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल त्यसतर्फ पठाउन लागेको समाचार सार्वजनिक भएको थियो ।

उक्त उच्चस्तीय प्रतिनिधिमण्डलमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको थियो।

होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौँ’ साकीलाई उद्धृत गर्दै अमेरिकी अनलाइन समाचार पोर्टल पोलिटिकोका लागि ह्वाइट हाउसका संवाददाता युजिन डानियल्सले जनाएका छन् ।

पोड सेभ अमेरिका’ नामक पोडकाष्टमा उनले यस्तो जानकारी दिएको ट्विटरमार्फत डानियल्सले जनाए ।रुसी आक्रमणका बावजुद विभिन्न मुलुकका शीर्ष नेताहरुले पछिल्लो समय युक्रेनको भ्रमणलाई तीव्र बनाएका छन् ।

बुधबारमात्र पोल्याण्ड, लिथुएनिया, इस्टोनिया र लात्भियाका राष्ट्रपतिहरुले युक्रेनको राजधानी किभको भ्रमण गरी युक्रेनी समकक्षी जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया