आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं मेयरमा एमालेबाट पाँचजनाको नाम सिफारिस, को हुन् उनि ?

प्रकाशित
284
SHARES

काठमाडौ। एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा संघीय सांसद रामवीर मानन्धरसहित पाँचजना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

महानगर कमिटीको बैठकले मानन्धरसहित वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम मेयरमा सिफारिस गरेको हो ।मानन्धर पूर्वराज्यमन्त्रीसमेत हुन् ।

शाक्य एमाले काठमाडौंका पूर्वअध्यक्ष, स्थापित पूर्वमेयर तथा प्रदेश सभा सांसद देउला महानगर कमिटीका अध्यक्ष हुन् । पन्त प्रदेश कमिटी सदस्य तथा उद्यमी महिला नेत्री हुन् ।

बैठकले उपमेयरमा सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्लेलगायतको नाम सिफारिस गरेको छ । एमालेले ३२ वटै वडामा वडाध्यक्ष र सदस्यहरूको नाम पनि सिफारिस गरेको छ ।

वडाको उम्मेदवार जिल्ला कमिटी र महानगरको मेयर र उपमेयरको नाम केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउनेछ । महानगर कमिटीका अध्यक्ष देउलाले जिल्ला कमिटीले सिफारिस गरेका नाम प्रदेशमा पठाउने तयारी गरिरहेको बताए ।

एमालेले ललितपुर महानगरको मेयरमा भने हरिकृष्ण व्यञ्जनकार र उममेयरमा मञ्जली शाक्यको नाम सर्वसम्मत टुंगो लगाइसकेको छ । एमालेले काठमाडौंको दशओटै नगरपालिकामा मेयर र उपमेयर तथा वडाका उम्मेदवारहरूको छनोट प्रक्रिया अगाडि बढाइरहेको छ ।

राप्रपा नेपालसँगको तालमेलप्रति रावल असन्तुष्ट: एमाले नेता भीम रावलले पार्टीले राप्रपा नेपालसँग गरेको चुनावी तालमेल सम्झौताप्रति असन्तुष्टि जनाएका छन्।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल र राष्ट्रिय परिवार दलले सूर्य चिह्न लिएर निर्वाचन लड्ने विषयमा एमालेसँग बुधबार भएको सम्झौताप्रति नेता रावलले असन्तुष्टि जनाएका हुन् ।

विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनुनपर्ने रे ! के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ?

नेता रावलले बिहीबार ट्विटमार्फत भनेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिए जस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !

बुधबार एमालेले राप्रपा नेपाल र राष्ट्रिय परिवार दललाई सूर्य चिह्न दिएर आसन्न निर्वाचनमा तालमेल गर्ने सम्झौता गरेको थियो । सम्झौताअनुसार दुवै दलका उम्मेदवार एमालेको सूर्य चिह्नबाट स्थानीय निर्वाचनमा सहभागी हुनेछन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ