आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खुमलटारमा ओलीको ईन्ट्री, बोल्ड निर्णय लिने तयारी

प्रकाशित
1.8K
SHARES

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी भित्रको तिब्र असन्तुष्टि पोखिन थालेको छ। विप्लव नेकपाका दुई नेताहरुले बिहीबार नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन्। चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन।

स्रोतका अनुसार वली र धर्मेन्द्रले निर्मम निर्णय लिने तयारी समेत गरेका छन्। नयाँ बर्ष २०७९को शुभकामना सहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छलफल, भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन।

लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसंग भेट सुस्वास्थ्यको कामना। वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन्। उक्त भेटबारे प्रचण्ड पनि बोलेका छन्। मलाई खुसी लागेको छ।

आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु, आफ्नै निवासमा आयोजित माओवादी ध्रुवीकरण कार्यक्रममा उनले भने, र, मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ। सिंगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ।

’प्रचण्डले नेकपाका मूल नेतृत्वसँग एकताबारे छलफल गरे पनि पुनः माओवादीमै फर्किन लाज मानेको बताए। केही समयअघि मुख्य नेतृत्वसँग पनि ध्रुवीकरणबारे निकै गम्भीर कुरा गरिएको थियो। उनले भने,

‘तर हिजो अलि छिटै ठूलो हुने सपना, प्रचण्ड हुने सपना बोकेर हिँड्नु भएको केही साथीलाई अलिकति लाज भएको छ–फेरि त्यही जाने त भन्ने। क्रान्तिकारीहरुलाई त के लाजको कुरा हुन्छ र क्रान्तिकारी ध्रुवीकरण हुने कुरा । खुसीकै कुरा हुन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेकपा एमाले कब्जा गर्ने प्लान बाहिरिएको छ। प्रचण्डको एमाले कब्जा गर्ने प्लान बाहिरिएपछि एमाले अध्यक्ष ओलीले संसद विघटन गरेर ठिक गरेको र पार्टी बचाएको टिप्पणी हुन थालेको छ।

प्रचण्डले समाजवादी आन्दोलनलाई अघि बढाउन नेकपा एमालेसँग एकता प्रस्ताव आफैंले लगेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

आन्दोलनलाई बचाउने र यसलाई परिवर्तनको बाहक बनाउन कम्युनिष्ट आन्दोलनलाई एक ठाउँ लैजान मेरो नै प्रस्तावमा एमालेसँग एकता भएको थियो, उनले भने, ’तर एकता कतिबेला त्यो दुर्घटनामा पर्यो म व्याख्या गर्दिनँ।

एमालेको ठूलो तप्का माओवादी आन्दोलन स्वीकार्ने पक्षमा गएको थियो। माओवादीले नै देशमा जागरण ल्याएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको भन्ने भइसकेको थियो।

उनले एमालेसँग एकतापछि बनेको नेकपाको दोस्रो बैठकमा तत्कालीन एमालेका अधिकांश नेताहरु आफ्नो पक्षमा आएपछि षड्यन्त्र सुरु भएको बताएका छन्।

मेरै अध्यक्षतामा नेकपाको दोस्रो बैठकमा एमालेका नेताहरुले पनि अबको हाम्रो नेतृत्व प्रचण्ड नै हो भन्नेमा पुगेपछि षड्यन्त्र सुरु भएको हो’, उनले भने, ’एमाले नेताहरुले अहिले भन्ने गर्छन् नि, केही समय रोकेको भए त प्रचण्डले पार्टी खाइसक्थ्यो।

उनले आफूहरु समाजवादी क्रान्तिको यात्रामा रहेको पनि बताएका छन्। ’हामी समाजवादी क्रान्तिमा छौँ । लेनिनले भने जस्तो एकता, क्रान्ति, विभाजन हुँदै समाजवादमा पुगिने हो’, उनले भने, ’घण्टी मात्रै बजाएर क्रान्ति हुँदैन, बांगोटिंगो बाटो नै हिँड्नुपर्छ।

उनले एमालेसँग एकता गरेर नेकपा बनाएपछि माओवादीमा विभाजन नआएको भए आफूहरुको हैसियत त्यहाँ ६० प्रतिशत हुने पनि बताए। हामीले एकता गर्दा माओवादी नफुटेको भए सायद हाम्रो ६० प्रतिशत र एमालेको ४० प्रतिशत हुँदा पार्टी पनि हाम्रै हुन्थ्यो।

नेकपा पनि फुट्दैनथ्यो। यदि त्यसो भएको भए साँच्चिकै समाजवादी क्रान्तिमा जान सहज हुने पनि उनले बताए। ’अनि साँच्चिकै समाजवादतिर जान्थ्यौँ हामी। एमालेभित्र तीन वर्ष हामीले हेर्यौँ। त्यहाँका ८० प्रतिशत इमान्दार छन्।

नेतृत्वले उनीहरुलाई बन्दी बनाएर राखेको छ’, उनले भने, ’हामीले तिनलाई पनि मुक्त गर्नुपर्छ। तिनको पनि हामीले नेतृत्व गर्नुछ।’उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै त्यहाँका प्रतिक्रान्तिकारी र प्रतिगामीहरुसँग पनि वैचारिक संघर्ष जारी रहने बताए।

माओवादीमा एकता र ध्रुवीकरण चलिरहन्छ। यो एकता र ध्रुवीकरणले शक्ति पैदा हुन्छ’, उनले भने, ’प्रमाणित भएको कुरालाई भन्न हिचकिच्याउनु पर्दैन।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ